डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त

काठमाडौं । नेपाल सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा नियुक्त गरेको छ ।

डा. पौडेललाई आज बसेको मन्त्रीपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको अठारौँ गभर्नरमा नियुक्त गरेको हो । 

आजै बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।

डा. पौडेलसँग लामो समयदेखि आर्थिक नीतिनिर्माण, योजना तथा अनुसन्धानको क्षेत्रमा कार्य अनुभव छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रहिसकेका डा. पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), एसियाली विकास बैंक (एडिबी), मिलेनियम च्यालेन्ज नेपाल एमसीए नेपाल, नेपाल उद्योग परिसंघ (सीएनआई) जस्ता निकायहरूमा अर्थशास्त्री, आर्थिक सल्लाहकार, अनुसन्धानकर्ताका रुपमा योगदान पुर्याउनुभएको छ ।

काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत उहाँले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेबाट कृषि तथा स्रोत अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गर्नुभएको छ भने कम्प्युटर विज्ञान तथा सफ्टवेयर इन्जिनियरिङमा मास्टर्स डिग्री समेत हासिल गर्नुभएको छ । 

शिक्षण क्षेत्रमा पनि उहाँले काठमाडौं विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टमा प्राध्यापकका रूपमा योगदान दिनुभएको छ । सन् २०१२ देखि निरन्तर शिक्षण, अनुसन्धान र नीति निर्माणमा सक्रिय रहनुभएका पौडेल अर्थमन्त्री डा. प्रकाशशरण महतका प्रमुख आर्थिक सल्लाहकारको भूमिकामा समेत रहनुभएको थियो ।

उहाँका २० भन्दा बढी अनुसन्धानपत्र तथा पुस्तक अध्यायहरू प्रकाशित भएका छन्, जसमा लघुवित्त, सामाजिक हिंसा, कोभिड–१९ को भू–आर्थिक प्रभाव, लैङ्गिक व्यापार नीति, श्रम बजार विश्लेषण, वातावरणीय अर्थशास्त्र जस्ता विषयहरू समेटिएका छन् । उनका विश्लेषण र लेखहरू नेपालका प्रमुख सञ्चारमाध्यमहरूमा समेत प्रकाशित हुने गरेका छन् । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप