डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त

काठमाडौं । नेपाल सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा नियुक्त गरेको छ ।

डा. पौडेललाई आज बसेको मन्त्रीपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको अठारौँ गभर्नरमा नियुक्त गरेको हो । 

आजै बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।

डा. पौडेलसँग लामो समयदेखि आर्थिक नीतिनिर्माण, योजना तथा अनुसन्धानको क्षेत्रमा कार्य अनुभव छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रहिसकेका डा. पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), एसियाली विकास बैंक (एडिबी), मिलेनियम च्यालेन्ज नेपाल एमसीए नेपाल, नेपाल उद्योग परिसंघ (सीएनआई) जस्ता निकायहरूमा अर्थशास्त्री, आर्थिक सल्लाहकार, अनुसन्धानकर्ताका रुपमा योगदान पुर्याउनुभएको छ ।

काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत उहाँले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेबाट कृषि तथा स्रोत अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गर्नुभएको छ भने कम्प्युटर विज्ञान तथा सफ्टवेयर इन्जिनियरिङमा मास्टर्स डिग्री समेत हासिल गर्नुभएको छ । 

शिक्षण क्षेत्रमा पनि उहाँले काठमाडौं विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टमा प्राध्यापकका रूपमा योगदान दिनुभएको छ । सन् २०१२ देखि निरन्तर शिक्षण, अनुसन्धान र नीति निर्माणमा सक्रिय रहनुभएका पौडेल अर्थमन्त्री डा. प्रकाशशरण महतका प्रमुख आर्थिक सल्लाहकारको भूमिकामा समेत रहनुभएको थियो ।

उहाँका २० भन्दा बढी अनुसन्धानपत्र तथा पुस्तक अध्यायहरू प्रकाशित भएका छन्, जसमा लघुवित्त, सामाजिक हिंसा, कोभिड–१९ को भू–आर्थिक प्रभाव, लैङ्गिक व्यापार नीति, श्रम बजार विश्लेषण, वातावरणीय अर्थशास्त्र जस्ता विषयहरू समेटिएका छन् । उनका विश्लेषण र लेखहरू नेपालका प्रमुख सञ्चारमाध्यमहरूमा समेत प्रकाशित हुने गरेका छन् । 
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२१ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप