बुढीगंगा गाउँपालिकामा सहकारीहरुका लागि कानुन परिपालना सम्बन्धी अभिमुखिकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बुढीगंगा गाउँपालिकामा सहकारीहरुका लागि कानुन परिपालना सम्बन्धी अभिमुखिकरण 

मोरङ । बुढीगंगा गाउँपालिकाको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को साझेदारी तथा समन्वयमा गाउँपालिका भित्र सञ्चालित सहकारीहरुका लागि कानुन परिपालना सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । सहकारी संस्था सञ्चालन गर्दा लागु हुने ऐन, नियम, निर्देशिका तथा नीतिहरूको बारेमा सदस्य, सञ्चालक समिति तथा कर्मचारीहरूलाई जानकारी गराउने उद्देश्यसहित गाउँपालिकाभित्र सञ्चालित सहकारीहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको थियो । 

जेठ ५ र ६ गते सञ्चालित सहकारीमा कानुन सम्बन्धी अनुशिक्षण कार्यक्रममा गाउँपालिकाका विभिन्न २५ वटा सहकारीबाट २७ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा १४ वटा बचत तथा ऋण सहकारी संस्था, ७ वटा बहुउद्देश्यीय सहकारी संस्था र ४ वटा कृषि सहकारी संस्था सहभागी थिए । 

कार्यक्रमका बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जिब न्यौपाने, सहकारी शाखा प्रमुख रामकाजी खत्री, विराटनगर महानगरपालिकाकी सहकारी शाखा प्रमुख चाँदनी राई, नेफ्स्कूनका सञ्चालक लक्ष्मी सापकोटा, नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहाल, कार्यक्रम अधिकृत रिता सुवेदी, नेफ्स्कून विराटनगर सेवा केन्द्र प्रमुख विन्दा भट्टराई र सहकारी शाखा कर्मचारी गिता घिमिरे उपस्थित हुनुहुथ्यो । 

नेफ्स्कूनको बुढीगंगा गाउँपालिकासँगको आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता बमोजिम गाउँपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूको सबलीकरण र क्षमता विकासका लागि कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहालले गर्नुभएको थियो । उहाँले सहकारीहरुमा कानुनी परिपालन सुनिश्चित गर्न सहकारी ऐन तथा नियमावलीको पालना, सहकारीको नियमित वार्षिक साधारणसभा, लेखापरीक्षण, वार्षिक प्रतिवेदन तथा विवरणहरु अद्यावधिक गर्न र सम्बन्धित निकायमा बुझाउनुपर्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।  

त्यसैगरि आधारशिला कार्यक्रम अन्तर्गत नेफ्स्कूनको समन्वयमा गरिएको बुढीगंगा गाउँपालिका भित्र सञ्चालित सहकारीहरुको वर्तमान अवस्था अध्ययन सहितको प्रतिवेदन नेफ्स्कूनका सञ्चालक लक्ष्मी सापकोटाद्वारा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर, उपाध्यक्ष अमृता कुमारी गच्छदार र कर्मचारीहरुलाई हस्तान्तरण गरिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप