वीरगञ्जमा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वीरगञ्जमा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया

पर्सा । सहकारी क्षेत्रले वर्तमानमा भोगिरहेका समस्या तथा तिनको समाधानका सम्भावित उपायबारे गम्भीर छलफल गर्न शनिवार पर्सा, वीरगञ्जमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

को–अपरेटिभ म्यानेजर्स क्लब, पर्साको आयोजनामा गृह लक्ष्मी साकोसको सभाहलमा आयोजित “सहकारीको समसामयिक समस्या तथा समाधान सम्बन्धी अन्तक्रिया कार्यक्रम” मा सहकारीकर्मीहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रमको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कून) का अध्यक्ष तथा प्रमुख अतिथि चन्द्र प्रसाद ढकालले दीप प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता को–अपरेटिभ म्यानेजर्स क्लबका सभापति रवि भुषण श्रीवास्तवले गर्नुभएको थियो भने संस्थापक अध्यक्ष जिष्णु बराल र निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रमको सञ्चालन क्लबका सचिव प्रदीप कुमार लोहारले गर्नुभएको थियो । कार्यक्रममा क्लबका सञ्चालक समिति सदस्यहरु र विभिन्न संघसंस्थाका गरी करिब ४० जना प्रतिनिधिको सहभागिता थियो । सहभागीहरूले सहकारी क्षेत्रमा देखिएका वर्तमान समस्याहरू, नीति निर्माणमा सुधारको आवश्यकता, पारदर्शिता अभिवृद्धि र व्यवस्थापन सुधारका उपायहरूबारे खुलेर बहस गर्नुभएको थियो ।

छलफलले सहकारी क्षेत्रको दिगो विकासका लागि आवश्यक कदमहरुबारे महत्वपूर्ण निष्कर्ष निकालेको आयोजक साकोसले जनाएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप