पर्सा जिल्ला बचत संघको आयोजनामा सहकारीका समसामयिक विषयमा छलफल 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पर्सा जिल्ला बचत संघको आयोजनामा सहकारीका समसामयिक विषयमा छलफल 

पर्सा । ‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने मूल नाराका साथ शनिबार वीरगञ्ज बचत तथा ऋण सहकारी संस्था लि. (बिस्को) को सभा हलमा सहकारीहरूको समसामयिक विषय, समस्या तथा समाधानसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साको आयोजनामा भएको यस कार्यक्रममा सहकारी क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायबारे विभिन्न सहकारी संस्थाका सञ्चालक अध्यक्ष तथा प्रबन्धकहरूसँग छलफल भएको थियो ।

संघका अध्यक्ष हरेराम प्रसादले वर्तमान आर्थिक र बैंकिङ क्षेत्र तथा सहकारीमा देखिएका समस्या पहिचान गर्ने उद्देश्यले यस्ता कार्यक्रमको आवश्यकतामा जोड दिनुभयो । छलफलमा सहकारीका समसामयिक समस्या र तिनको समाधान कसरी गर्न सकिन्छ भन्नेविषयमा गहन छलफल भएको अध्यक्ष हरेरामले जानकारी गराउनुभयो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । अध्यक्ष ढकालले सहकारी संस्थाका समस्या समाधानका लागि सबै सहकारी एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सहकारी संस्थालाई सुरक्षित राख्ने र बचतकर्ताहरूको बचत सुरक्षित राख्ने जिम्मेवारी नेफ्स्कूनको रहेको बताउनुभयो । 

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साका अध्यक्ष हरेराम प्रसादको अध्यक्षतामा सम्पन्न यस छलफल कार्यक्रममा जिल्ला बचत संघ पर्साका वरिष्ठ उपाध्यक्ष जिष्णु बरालले शुभकामना मन्तव्य राख्नुभएको थियो । विशिष्ट अतिथिको रूपमा जिल्ला बचत संघ पर्साका पूर्व अध्यक्ष राजेश पण्डित, बिस्कोका अध्यक्ष डिल्ली बिक्रम कार्की लगायतले आ–आफ्नो सुझाव एवम् धारणा राख्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप