रौतहटमा सहकारीको अग्रभागमा कार्यरत कर्मचारीहरुका लागि क्षमता अभिबृद्धि तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रौतहटमा सहकारीको अग्रभागमा कार्यरत कर्मचारीहरुका लागि क्षमता अभिबृद्धि तालिम

चन्द्रनिगाहपुर, रौतहट । रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा सहकारीको अग्रभागमा कार्यरत कर्मचारी लक्षित बजार प्रतिनिधिहरुको क्षमता अभिवृद्धि तथा जाली नोट पहिचान सम्बन्धी तालिम सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहजीकरण रहेको उक्त तालिममा जिल्लाका विभिन्न ३१ बचत तथा ऋण सहकारी संस्थाबाट ६३ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।  

शनिबार सम्पन्न तालिमको उद्घाटन संघका अध्यक्ष विभू पोखरेलको प्रमुखत्वमा भएको थियो भने समापन सत्रमा चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । नगर प्रमुख काफ्ले ले सहकारीको विकास र विश्वासको वातावरण बनाउन महत्वपूर्ण भुमिका खेल्ने लक्षित कर्मचारीलाई तालिम प्रदान गरेकोमा संघलाई धन्यवाद प्रदान गर्नुको साथै यस्ता कार्यक्रममा पालिकाले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा सहभागीहरुले आ आफ्नो अनुभूति सुनाउँदै सहकारी शिक्षामा अग्र भागमा कार्यरत कर्मचारीहरुलाई उच्च प्राथमिकता दिन अनुरोध गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव देव बहादुर सापकोटाले गर्नुभएको थियो भने स्वागत सचिव वसन्त आचार्यले गर्नु भएको थियो ।

समापन कार्यक्रममा बचत संघका संस्थापक अध्यक्ष कालिन्दी घिमिरे, कोषाध्यक्ष नरेन्द्र राना, सञ्चालक दुर्गा आचार्य, दुर्गा दाहाल, कल्पना दाहाल, पदम पहाडीको उपस्थिति रहेको थियो ।

तालिमको सहजीकरण सहजकर्ता कृष्ण कान्त मिश्रले गर्नु भएको थियो । एक दिवसीय तालिम विहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भएको थियो । क्रियाशिल सहभागिताकाबीच सम्पन्न तालिम अत्यन्त उपयोगी, समयसान्दर्भिक र प्रभावकारी रहेको कर्मचारीहरुको अभिव्यक्ति रहेको थियो । तालिमका सहभागीहरुलाई संघद्वारा प्रमाणपत्र प्रदान गरिएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२१ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप