धितो मूल्यांकन प्रविधि प्रशिक्षण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धितो मूल्यांकन प्रविधि प्रशिक्षण तालिम सम्पन्न

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) रुपन्देही सदस्य सेवा कार्यालयको आयोजनामा सञ्चालित सहकारीहरुका लागि धितो मूल्यांकन प्रविधि प्रशिक्षण तालिम शुक्रबार सम्पन्न भएको छ ।

नेफ्स्कूनकी सञ्चालक एवं रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य ज्ञानु पौड्यालको अध्यक्षतामा आयोजित तालिममा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र अर्घाखाची जिल्लाका बचत तथा ऋण सहकारी संस्थाबाट ४० जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्रशिक्षक इञ्जिनियर जिवन अर्यालले गर्नुभएको थियो ।

सञ्चालक ज्ञानु पौड्यालले बचत तथा ऋण सहकारी संस्थाको प्रमुख आम्दानीको स्रोत नै ऋण सेवा भएकोले संस्थाले सदस्यहरुलाई ऋण लगानी गर्दा सुरक्षित लगानीलाई ध्यान दिनुपर्ने बताउनुभयो । सदस्यलाई ऋण लगानी गर्दा ठूलो लगानी एकसाथ गर्नु, ऋण उपसमितिबाट निर्णय नगराई लगानी गर्नु, ऋण नीति अनुरुप सम्बद्ध प्रक्रियाहरु पुरा नगरि ऋण लगानी गर्नुले सुरक्षित लगानी हुन नसकेको विषयवस्तु प्रति सहभागीहरुको ध्यानाकर्षण गराउनुभएको थियो । ऋण लगानी प्रक्रियामा भएको असावधानीका कारणले लगानी भएको ऋण सुरक्षित हुन नसकेको भन्दै उहाँले यस्ता तालिमबाट ऋण लगानी सम्बन्धी विषयहरुमा आधारभूत सीप तथा ज्ञान आर्जन गरेर सुरक्षित लगानी गर्न अनुरोध गर्नुभएको थियो । 

कार्यक्रम संचालक रुपन्देही सदस्य सेवा कार्यालयका इन्चार्ज पवनजंग मल्लले गर्नुभएको थियो । तालिमको व्यवस्थापन कार्यालयका कर्मचारीहरु नेत्र प्रसाद सापकोटा, कल्पना भण्डारी र प्रकाश लुहारले गर्नुभएको थियो । 

तालिमका सहभागीहरुले तालिम अत्यन्त उत्कृष्ट, समय सान्दर्भिक र व्यवहारिक ज्ञानमा आधारित रहेको बताउनुभएको थियो । तालिम पश्चात साकोसबाट अवका दिनमा गरिने ऋण लगानीका सम्पूर्ण प्रक्रिया पुरा गरेर मात्र लगानी गरिने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप