प्राधिकरणद्वारा जारी मापदण्ड तत्काल परिमार्जन गर्न नेफ्स्कूनको माग 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्राधिकरणद्वारा जारी मापदण्ड तत्काल परिमार्जन गर्न नेफ्स्कूनको माग 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, २०८२’ तत्काल परिमार्जन गर्नुपर्ने माग गर्दै विज्ञप्ती जारी गरेको छ ।

प्राधिकरणले सहकारी ऐन, २०७४ र नियमावली, २०७५ का व्यवस्था मार्फत संघ/संस्थाहरुलाई प्रद्धत्त अधिकार कुण्ठित हुने गरी जारी गरेको मापदण्ड तत्काल परिमार्जन को माग गर्दै नेफ्स्कूनले समग्र बचत तथा ऋण सहकारी अभियानको तर्फबाट जारी मापदण्डप्रति गम्भिर ध्यानाकर्षण सहित विज्ञप्ती जारी गरेको हो । 

प्राधिकरणद्वारा जारी मापदण्डको भद्र अवज्ञा गर्दै नेफ्स्कूनले विज्ञप्ति मार्फत भनेको छ, ‘बचत तथा ऋण सहकारीको विश्वव्यापी मूल्य, मान्यता, सिद्धान्त र अन्तर्राष्ट्रिय अभ्यासको प्रतिकुल हुने गरी बचत तथा ऋण सहकारी अभियानको नेतृत्वदायी संघहरुमा प्रारम्भिक संस्थाहरुले राखेको तरलतालाई निर्देशन एवम् मापदण्ड मार्फत गणनालाई समयसीमा तोकी गणना हुने व्यवस्थाका साथ न्यूनिकरण गर्न जारी गरेको निर्देशन र प्रारम्भिक संस्थाहरुको बृद्धि र विकासलाई संकुचन हुने गरी जारी गरेको मापदण्डहरु समेतले समग्र अभियानलाई धरासायी बनाउने र बचत तथा ऋण सहकारीले आफ्नो तरलता एवम् बचत र ऋणको कारोबार आफ्नै संघहरु मार्फत परिचालन गर्ने पद्धतीलाई कमजोर बनाई सहकारीको पुँजी विचलित गराउने कार्यमा प्रसय गरेको देखिन्छ । सहकारी ऐन २०७४ र नियमावली २०७५ का व्यवस्थामार्फत संघ÷संस्थाहरुलाई प्रद्धत्त अधिकार कुण्ठित हुने गरी जारी भएको मापदण्ड तत्काल परिमार्जन गरी जारी गर्न जोडदार माग गर्दछ । केन्द्रीय संघ, बचत तथा ऋण सहकारी अभियानलाई भद्र अवज्ञा गरी दवाव सृजना गर्न सार्वजनिक आव्हान गर्ने साथै सम्पूर्ण संघ संस्थालाई विचलित नभई संयमित भई अभियानमा ऐक्यवद्धता कायम गर्दै नियमित कारोबारलाई सुचारु गर्न समेत अनुरोध गर्दछौं ।’ 

परिस्थितीको गाम्भीर्यतालाई समग्र बचत तथा ऋण सहकारी अभियानको साझा धारणाका साथ आगामी कार्यक्रमहरु सार्वजनिक गरिने समेत नेफ्स्कूनले जनाएको छ ।

प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शि र प्रभावकारी बनाउन भन्दै जेठ ९ गते शुक्रबार मापदण्ड जारी गरेको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४१ दिन अगाडि

पाठकबाट थप