प्राधिकरणद्वारा जारी मापदण्ड तत्काल परिमार्जन गर्न नेफ्स्कूनको माग 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्राधिकरणद्वारा जारी मापदण्ड तत्काल परिमार्जन गर्न नेफ्स्कूनको माग 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, २०८२’ तत्काल परिमार्जन गर्नुपर्ने माग गर्दै विज्ञप्ती जारी गरेको छ ।

प्राधिकरणले सहकारी ऐन, २०७४ र नियमावली, २०७५ का व्यवस्था मार्फत संघ/संस्थाहरुलाई प्रद्धत्त अधिकार कुण्ठित हुने गरी जारी गरेको मापदण्ड तत्काल परिमार्जन को माग गर्दै नेफ्स्कूनले समग्र बचत तथा ऋण सहकारी अभियानको तर्फबाट जारी मापदण्डप्रति गम्भिर ध्यानाकर्षण सहित विज्ञप्ती जारी गरेको हो । 

प्राधिकरणद्वारा जारी मापदण्डको भद्र अवज्ञा गर्दै नेफ्स्कूनले विज्ञप्ति मार्फत भनेको छ, ‘बचत तथा ऋण सहकारीको विश्वव्यापी मूल्य, मान्यता, सिद्धान्त र अन्तर्राष्ट्रिय अभ्यासको प्रतिकुल हुने गरी बचत तथा ऋण सहकारी अभियानको नेतृत्वदायी संघहरुमा प्रारम्भिक संस्थाहरुले राखेको तरलतालाई निर्देशन एवम् मापदण्ड मार्फत गणनालाई समयसीमा तोकी गणना हुने व्यवस्थाका साथ न्यूनिकरण गर्न जारी गरेको निर्देशन र प्रारम्भिक संस्थाहरुको बृद्धि र विकासलाई संकुचन हुने गरी जारी गरेको मापदण्डहरु समेतले समग्र अभियानलाई धरासायी बनाउने र बचत तथा ऋण सहकारीले आफ्नो तरलता एवम् बचत र ऋणको कारोबार आफ्नै संघहरु मार्फत परिचालन गर्ने पद्धतीलाई कमजोर बनाई सहकारीको पुँजी विचलित गराउने कार्यमा प्रसय गरेको देखिन्छ । सहकारी ऐन २०७४ र नियमावली २०७५ का व्यवस्थामार्फत संघ÷संस्थाहरुलाई प्रद्धत्त अधिकार कुण्ठित हुने गरी जारी भएको मापदण्ड तत्काल परिमार्जन गरी जारी गर्न जोडदार माग गर्दछ । केन्द्रीय संघ, बचत तथा ऋण सहकारी अभियानलाई भद्र अवज्ञा गरी दवाव सृजना गर्न सार्वजनिक आव्हान गर्ने साथै सम्पूर्ण संघ संस्थालाई विचलित नभई संयमित भई अभियानमा ऐक्यवद्धता कायम गर्दै नियमित कारोबारलाई सुचारु गर्न समेत अनुरोध गर्दछौं ।’ 

परिस्थितीको गाम्भीर्यतालाई समग्र बचत तथा ऋण सहकारी अभियानको साझा धारणाका साथ आगामी कार्यक्रमहरु सार्वजनिक गरिने समेत नेफ्स्कूनले जनाएको छ ।

प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शि र प्रभावकारी बनाउन भन्दै जेठ ९ गते शुक्रबार मापदण्ड जारी गरेको थियो । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२२ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप