ऋण असुलीको कानूनी प्रक्रिया तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋण असुलीको कानूनी प्रक्रिया तालिम सम्पन्न

ललितपुर । बचत तथा ऋण सहकारी संस्थाहरुमा ऋण लगानी सम्बन्धी कानूनी जानकारी प्रदान गर्ने साथै ऋण असुलीको प्रक्रिया र रणनीतिहरू बुझाउने उद्देश्यले सञ्चालित एक दिवसीय ऋण असुलीको कानूनी प्रक्रिया तालिम आइतबार सम्पन्न भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ललितपुर सदस्य सेवा कार्यालयको आयोजनामा ललितपुरका सहकारीहरुलाई लक्षित गरि बडीलेखमा सञ्चालित तालिमको प्रशिक्षण नेफ्स्कूनका कानुनी सल्लाहकार एवं अधिवक्ता शिव कुमार अधिकारीले गर्नुभएको थियो । तालिममा ललितपुरका विभिन्न १७ बचत तथा ऋण सहकारी संस्थाबाट २४ जनाको सहभागिता रहेको थियो । 

प्रशिक्षक अधिकारीले सहकारीका व्यवस्थापक अथवा ऋण असुली शाखामा कार्यरत कर्मचारीहरुमा ऋण असुलीका कानूनी प्रक्रियाहरूबारे गहन जानकारी प्रदान गर्ने उद्देश्य सहित तालिमको आयोजना भएको बताउनुभएको थियो । 

ऋण असुली सम्बन्धी सम्पूर्ण प्रक्रियागत जानकारी प्राप्त नहुँदा असुली प्रक्रियामा त्रुटि हुने सम्भावना रहेकोले कर्मचारीहरुमा प्रचलित ऐन, कानुन र प्रक्रियाको बारेमा स्पष्ट ज्ञान हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । 

कर्मचारीहरुमा ऋणसम्बन्धी कानूनी जानकारी प्रदान गर्न,  ऋण असुलीको प्रक्रिया र रणनीतिहरूबारे बुझ्न, ऋण लगानी र असुली सम्बन्धी व्यवहारिक ज्ञान सीप विकास गर्न र ऋण लगानी देखि असुली सम्मका सम्पूर्ण प्रक्रियागत चरणहरुबारे जानकारी प्रदान गर्न तालिम वहुउपयोगी रहेको थियो । 

तालिम समापनका अवसरमा संघका प्राचार्य बल्लभ तिमिल्सीनाको पनि उपस्थिति रहेको थियो । ऋण असुलीको कानूनी प्रक्रिया तालिम एक अत्यावश्यक तालिम रहेको बताउँदै उहाँले ऋणसम्बन्धी जोखिम घटाउन, असुली प्रक्रियामा पारदर्शिता ल्याउन, र वित्तीय संस्थाको दीगो विकास सुनिश्चित गर्न महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभएको थियो । संस्थाले ऋण लगानीको चरणदेखि असुलीसम्मको चरणलाई नै उत्तिकै महत्व दिनुपर्ने उहाँको भनाई थियो । 

तालिम कार्यक्रमको सञ्चालन सदस्य सेवा कार्यालय प्रमुख कल्पना पराजुलीले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप