सहकारी अभियानलाई कमजोर बनाउने गरि जारी गरिएको मापदण्ड तत्काल परिमार्जन गरियोस् : भक्तपुर बचत संघ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानलाई कमजोर बनाउने गरि जारी गरिएको मापदण्ड तत्काल परिमार्जन गरियोस् : भक्तपुर बचत संघ

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरकमा अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी अभियान कमजोर र धरासायी बनाउने गरि जारी गरिएको मापदण्ड तथा निर्देशन तत्काल परिमार्जन हुनुपर्ने जोडदार माग राख्नुभएको छ । 

आइतबार संघको अन्तरलगानी तथा वित्तीय सेवा प्रवर्द्धन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक साझेदारीमा सम्पन्न दुई दिवसीय सहकारीमा पूँजी कोष पर्याप्तता (CAR) र पर्ल्स अनुगमन प्रणाली तालिम कार्यक्रमका अवसरमा बोल्दै अध्यक्ष लाखाजुले बचत तथा ऋणको एकल उद्देश्य बमोजिम बचत तथा ऋण सहकारी संघहरुले सदस्य संस्थाको बचत स्विकार्ने र ऋण लगानी कार्य सहकारी ऐनमा व्यवस्था भए बमोजिम नै गरी रहेको दाबि गर्नुभयो । 

उहाँले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संघ तथा संस्थाहरुको बृद्धि विकासमा संकुचन हुने गरी र बैंक तथा वित्तीय संस्थालाई पोषण गर्ने उद्देश्यले जारी भएको मापदण्ड तथा निर्देशन सहकारी अभियानलाई कमजोर र धरासायी बनाउने नियतले ल्याइएको हुँदा त्यसमा तत्काल परिमार्जन गरिनुपर्ने विचार राख्नुभएको थियो । उहाँले जारी मापदण्डमा तरलता सम्बन्धी व्यवस्था लगायतका विषय तत्काल सच्याउनु पर्ने अन्यथा कानुनी उपचारमा सहकारी अभियान लाग्नु पर्ने बताउनुभयो । 

सहकारीका सदस्यको बचत सुरक्षा तथा जोखिम न्युनिकारणका मापदण्डहरु पालना गरी संस्था सुरक्षित राख्न कर्मचारीहरुले सदैब नयाँ ज्ञान सिप सिक्नका लागि जागरुक हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले संस्थाको अवस्था बुझ्न CAR र पर्ल्स आवश्यक रहेको बताउनुभयो ।

संघका कोषाध्यक्ष एवं अन्तरलगानी तथा वित्तिय सेवा प्रवर्द्धन उपसमितिका संयोजक कान्छा भक्त घजुले संस्थाले CAR र पर्ल्सको अनुपात हेरेर मात्र सदस्यको बचत लिने र जोखिम कति लिन सकिन्छ भन्ने कुरा थाहा पाउने बताउनुभयो । उहाँले सिकेका ज्ञान सिप कार्यरत संस्थामा प्रयोग गरी दक्षता हासिल गर्नुपर्ने विचार राख्नुभयो ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले वित्तीय कारोबार गरेकै आधारमा बचत तथा ऋण सहकारीलाई बैंक भयो भन्नु गलत भएको बताउनुभयो । उहाँले बचत तथा ऋण कारोबारको सिमाको आधारमा बर्गीकरण गरी नेपाल राष्ट्र बैंकबाट बैकिङ इजाजत लिने व्यवस्था गर्नुपर्ने बताउनुुभयो । उहाँले सहकारीमा देखिएको समस्या समाधान सहकारीलाई नियोजन गर्ने निर्देशन तथा मापदण्ड मात्र जारी गर्दैमा नहुने भन्दै व्यवहारिक तथा प्रगतिशिल कानुनको आवश्यकता रहेको बताउनुभयो । संघको उपसमितिका सदस्य राजकुमार लघुुले सहकारीमा पूँजी कोष पर्याप्तता CAR र पर्ल्स अनुगमन प्रणाली तालिम प्राविधिक विषय भएकोले यसको निरन्तर प्रयोग र सिकाई गर्नुपर्ने विचार राख्दै स्वागत मन्तव्य दिनुभयो । 

नेफस्कूनका प्रार्चाय बल्लभ तिमल्सिनाले सहकारीमा पूँजी कोष पर्याप्तता CAR को बारेमा र नेफस्कूनकै प्रशिक्षक उमेश कोईरालाले पर्ल्स अनुगमन प्रणालीको विषयमा ज्ञान दिनुभयो । तालिममा सहभागीहरुले सहकारीले सहकारीमा पूँजी कोष पर्याप्तता CAR र पर्ल्स अनुगमन प्रणालीको विषयमा प्रयोगात्मक सिकाई भएकोले खुशी व्यक्त गर्नुभयो । तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा लेखासम्बन्धीत कर्मचारीहरु ३८ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको संचालन संघका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप