प्राधिकरणद्वारा जारी मापदण्डको बचत तथा ऋण सहकारी अभियानबाट कठोर अवज्ञा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्राधिकरणद्वारा जारी मापदण्डको बचत तथा ऋण सहकारी अभियानबाट कठोर अवज्ञा 

काठमाडौं । बचत तथा ऋण सहकारी अभियानले सामुहिक ऐक्यबद्धता सहित राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी मापदण्ड, २०८२ को कठोर अवज्ञा गर्ने निर्णय गरेको छ । आज नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को कार्यालय नयाँ बानेश्वरमा भएको संयुक्त छलफलले बचत तथा ऋण सहकारी अभियानको राष्ट्रिय भेला आयोजना गरि चरणबद्ध रुपमा मापदण्ड परिमार्जनका लागि दबाबमुलक कार्यक्रम घोषणा गर्ने र जारी मापदण्डको कठोर अवज्ञा गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आयोजित छलफल तथा अन्तरक्रियामा नेफ्स्कूनका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु क्रमश परितोष पौड्याल, डी.बी. बस्नेत, ऋषिराज घिमिरे र मिनराज कंडेल सहित संघका पदाधिकारी, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, बागमती प्रोस्कूनका अध्यक्ष एवं पदाधिकारी, नेफ्स्कून, प्रोस्कून र भक्तपुर जिल्ला बचत संघका सिइओ लगायतको उपस्थितिले सरकारद्वारा सहकारी अभियानलाई संकूचन गर्ने उद्देश्यले नियोजित रुपमा ल्याइएको मापदण्ड बचत तथा ऋण सहकारी अभियानको प्रवद्धन र विकासको बाधक भएको भन्दै त्यसको कठोर प्रतिवादमा उत्रने चेतावनी दिएको छ । 

छलफल कार्यक्रमको उद्देश्य र औचित्यतामाथि प्रकाश पार्दै संघका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सिएफएफआई (Central Financing Facility cum Interlending -CFFI) कार्यक्रमको ऐतिहासिकता, संघ संस्थाको तरलता व्यवस्थापनमा गरेको योगदान, अन्तर्राष्ट्रिय अभ्यासहरु, हिजोको विषम परिस्थितिमा आवश्यक केन्द्रीय संघको ऐतिहासिक पृष्ठभूमि र तत्काल जारी मापदण्डले सृजना गरेको अन्यौलता र  यसको दुरगामी प्रभावको बारेमा प्रष्ट पार्नुभएको थियो ।

एशियाली ऋण महासंघ (अकू) मा अध्यक्षको नेतृत्व समेत सम्हालिसक्नुभएका नेफ्स्कूनका पूर्व अध्यक्ष एवं सल्लाहकार ऋषिराज घिमिरेले लामो इतिहास बोकेको अभियानको विरासत भत्काउन धावा बोल्ने सरकार र सरोकारवाला निकायका व्यक्तिहरुको कुनै अधिकार नभएको भन्दै यसको खुलेर प्रतिबाद गर्न देशभरका बचत तथा ऋण सहकारी अभियानकर्मीहरुलाई आव्हान गर्नुभएको छ । बचत तथा ऋण सहकारी अभियानको विरासत यदि तलमाथि मात्रै भयो भने यसले भोलिका दिनमा देशको वित्तीय क्षेत्रमै ठूलो विचलन ल्याउनसक्ने तर्क प्रस्तुत गर्नुभयो । 

त्यसैगरि संघका सल्लाहकार एवं महासंघका निवर्तमान अध्यक्ष मिनराज कंडेलले हिजोका दिनमा जथाभावी दर्ता र कार्यक्षेत्र विस्तारको स्वीकृति दिँदा नियमन गर्न कानमा तेल हालेर रमिते बनेको सरकार आज ३८ बर्ष लामो अभियानको विरासत भत्काउन लागि पर्नु लज्जास्पद निर्णय भएको बताउनुभयो । अभियानसँग चिप्ला कुरा मात्र गरेर कुनै छलफल विना अभियानको सुझावलाई कुल्चेर मापदण्ड जारी गरिनु गलत भएको भन्दै यसको पूर्ण अवज्ञा गर्न देशव्यापी अभियान एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

संघका सल्लाहकार डी.बी. बस्नेतले अभियानलाई आश देखाउँदा देखाउँदै अभियान सिद्ध्याउने नियतले मापदण्ड जारी गर्नु घोर अन्याय भएको भन्दै यसको डटेर सामान गर्नमा र विरोधमा उत्रनुको विकल्प नभएको बताउनुभयो । राज्यले कुनैपनि हालतमा मापदण्ड परिमार्ज गर्नुपर्छ, उहाँले भन्नुभयो, “मापदण्ड परिमार्जन नहुँदासम्म र अभियानको माग सम्बोधन नभएसम्म कुनै पनि बचत तथा ऋण सहकारी संस्था र संघहरु प्राधिकरणको दर्ता प्रक्रियामा नजाने गरि देशव्यापी आव्हान गर्नुपर्छ ।” हामी जम्मदेखि मृत्यु पर्यन्त बचत तथा ऋण सहकारी अभियानमै हौं  भनेर होमिएका छौं, समाज परिवर्तका लागि जन्मेदेखि आजसम्म यसैमा हाड घोडिरहेका छौं, उहाँले भावुक हुँदै भन्नुभयो, “लामो विरासत बोकेको बचत ऋण सहकारी अभियान र राष्ट्रका लागि यसले गरेको योगदानलाई राज्यले कदापी भुल्न पाउने छैन ।” सबै एकजुट भएर अभियानको हित हुने काममा एकताबद्ध हुन उहाँले आव्हान गर्नुभयो । 

निवर्तमान अध्यक्ष परितोष पौड्यालले जारी मापदण्ड बचत तथा ऋण सहकारी संस्था र संघ सबैका लागि अहित हुने दिशामा निर्दिष्ट भएर आएको छ, यसमा तत्काल प्रतिक्रियात्मक पहलकदमी जरुरी रहेको चरणबद्ध रणनीतिक आन्दोलनमा उत्रनुको विकल्प नभएको बताउनुभयो ।  

अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राधिकरणले मापदण्ड जारी गरेपछि त्यसमा संघको गम्भिर ध्यानाकर्षण भएको र सञ्चालक समितिसँगको वृहत छलफलपछि आइतबार साँझ नै प्रेस विज्ञप्ती जारी गरिएको बताउनुभयो । संघको विज्ञप्तीमा अभियानबाट देशव्यापी समर्थन छ, अभियानको ऐक्यवद्धताबाटै अव राज्यको ध्यानाकर्षण गराउने र तत्काल मापदण्ड परिमार्जनका पक्षमा वहश पैरवी थाल्ने संघको योजना रहेको उहाँले स्पष्ट पार्नुभयो । 

संघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सञ्चालक समितिका सदस्यहरु र त्यसैगरि बागमती प्रोस्कूनका अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, भक्तपुर जिल्ला बचत संघका अध्यक्ष लगायतले प्राधिकरणद्वारा जारी मापदण्ड सहकारी अभियानलाई कमजोर र धरासायी बनाउन नियतबश ल्याइएको र कुनै पनि हालतमा यसमा परिमार्जनको विकल्प नभएको बताउनुभएको थियो । 

प्राधिकरणले जेठ ९ गते बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, प्रभावकारी र पारदर्शि बनाउन भन्दै नियामकीय मापदण्ड, २०८२ जारी गरेको छ । बचत तथा ऋण सहकारी अभियानले दिएको सुझावहरुलाई अवज्ञा गर्दै प्राधिकरणले हुवहु नेपाल राष्ट्र बैंकदरा जारी निर्देशन जस्ताको तस्तै कपि गरेर मापदण्ड जारी गरेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप