सहकारी संघहरुमा रहेको तरलतालाई तरलतामा गणना गरिनुपर्छ : भिम गुरुङ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी संघहरुमा रहेको तरलतालाई तरलतामा गणना गरिनुपर्छ : भिम गुरुङ

पोखरा । नेफ्स्कूनद्वारा प्रवर्द्धित राष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोवेसन (पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम) अन्तर्गत गण्डकी क्लष्टरको दोस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सोमबार पोखरामा  सम्पन्न भएको छ  । उक्त कार्यक्रममा २६ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ५२ जना साकोस प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष शेर बहादुर कार्कीको अध्यक्षता साथै प्रमुख आतिथ्यतामा कार्यक्रमको औपचारिक शुभारम्भ भएको थियो । कार्यक्रममा नेफ्स्कूनको पूर्व सञ्चालक एवं नेफ्स्कून साकोस म्यानेर्जस क्लबका अध्यक्ष भिम गुरुङको विशेष आतिथ्यता र जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदिप अधिकारीको आतिथ्यता रहेको थियो । 

संघका पूर्व सञ्चालक एवं नेफ्स्कून साकोस म्यानेर्जस क्लबका अध्यक्ष भिम गुरुङले कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रोवेसन कार्यक्रमले संस्थालाई दिगो बनाएको र संस्थाहरु यस कार्यक्रममा लागेर सुरक्षित बन्दै गएको जानकारी गराउनुभएको थियो । आज जति पनि सहकारीहरु प्रोवेसन कार्यक्रमको अभ्यासमा छन्, ती सहकारीहरु सुरक्षित, व्यवस्थित र सुशासित रहेको उहाँको भनाई थियो । 

म्यानेजर्स क्लबका अध्यक्ष गुरुङले सहकारी नियमन प्राधिकरणद्वारा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि जारी गरिएको मापदण्डको विषषमा आफ्ना विचारहरु प्रस्तुत गर्दै मापदण्डले समेटेका केही असहज र जटिल विषयहरुको संशोधन तथा परिमार्जनको आवश्यता रहेको स्पष्ट पार्नुभएको थियो । केन्द्रीय संघ, प्रदेश संघ र जिल्ला संघहरुमा रहेको तरलतालाई तरलतामा गणना नगरिने गरि मापदण्ड जारी भएकोले त्यसबाट समग्र बचत ऋण सहकारी अभियानमानै असर पुग्ने भन्दै यसको तत्काल परिमार्जनका लागि अभियानको ऐक्यबद्ध सुझाव पेश गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई सहकारी सुशासन तथा स्तरीकरण गर्ने कार्यमा संघको भुमिकाको बिषयमा कहि कतै सम्बोधन नगरेको हुँदा संघको भूमिका स्पष्ट हुने गरि जारी मापदण्ड संशोधन हुनेपर्ने अभियानको ऐक्यबद्ध आवाज रहेको उहाँको भनाई थियो । 

कार्यक्रममा प्रमुख अतिथि कास्की बचत संघका अध्यक्ष शेर बहादुर कार्कीले कोभिड १९ को अप्ठ्यारो परिस्थितिमा बैकले नगरेको काम सहकारी संस्थाले गरेको र सदस्यहरुलाई सहज वित्तीय पहुँच पुर्याएको सहकारी संस्थामाथि राज्यले संकूचित दृष्टिकोणले हेरेको हुँदा जारी मापदण्डप्रति अभियान सहमत नभएको धारणा राख्नुभयो । उहाँले बचत संघहरुले गर्दै आएको वित्तीय कारोबारलाई धरासायी बनाउने उद्देश्यले संघहरुमा राखिएको तरलतालाई तरलतामा गणना नगरिने भन्ने विषय अत्यन्त अस्वभाविक रहेको बताउनुभयो । संघहरुमा रहेको तरलतालाई तरलतामा गणना गरिनुपर्ने विषयमा अभियानको तर्फबाट ऐक्यवद्ध सुझाव संकलन गरि सम्बन्धित केन्द्रीय संघ मार्फत सरकारसमक्ष पेश गर्नुपर्ने सुझाव राख्नुभएको थियो । 

कार्यक्रममा चार्टड एकाउन्टेन्ट राजन अधिकारीले पुँजि पर्याप्तता अनुपात (capital Adequacy Ratio-CAR) र एन एफ आर एस (NFRS) बिषयमा सहजिकरण गर्नुभएको थियो । 

कार्यक्रममा संघका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले संघको भुमिका र सहकारी प्राधिकरणले जारी गरिएको मापदण्डको समसामयिक बिषयमा सहजीकरण गर्नुभएको थियो । 

संघका कार्यक्रम अधिकृत बिनोद ढकालले क्लस्टरमा सहभागी संस्थाहरुले पर्ल्स प्रणालीमा गरेका अभ्यासहरुका बिषयहरुमा छलफल गरि संस्थाले अगामी दिनमा गर्नुपर्ने कामहरु र संस्थाको समग्र सुचाङ्कहरुको अवस्थाबारे प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा संघको पोखरा सदस्य सेवा कार्यालयका इन्र्चाज सुरज चालिसे र व्यवसाय सहायक सुशिल सापकोटाको समेत उपस्थिति रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप