काठमाडौं । साकोसको सम्पूर्ण कारोबारका लागि एकीकृत प्रविधि विकासको उद्देश्यले जन्म भएको मिरा ईआरपी सफ्टवेयरले आज ५०० सदस्यहरुमा सेवा विस्तार गर्दै दोस्रो वार्षिकोत्सव मनाउन सफल भएको छ । बचत तथा ऋण सहकारी अभियानमा प्रविधिगत एकरुपताका लागि पहिलो पाइलाका रुपमा आजभन्दा २ बर्ष अगाडि सुरु भएको मिरा ईआरपी सफ्टवेयरले ५०० सहकारीहरुलाई प्राविधिकीकरण गर्न सफल भएको हो । साकोस अभियानको मार्गदर्शकको रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र प्रविधिको क्षेत्रमा अब्बल कम्पनीको रुपमा परिचित रारा डिजिटल ल्याब्स प्रा.लि.को सहकार्य साथै नियोसिस टेक्नोलोजी प्रा.लि.को सक्रियतामा निर्माण भएको मिरा ईआरपी सफेटवेयरले आज दोस्रो वार्षिकोत्सव मनाएको छ ।
आज Second Myra ERP Launch Anniversary & 500+ Clint Celebration कार्यक्रम आयोजना गर्दै नियोसिस टेक्नोलोजि प्रा.लि.ले रेमिट्यान्स सव मोड्यूल सेवा समेत लन्च गरेको छ । नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीको अध्यक्षतामा शुरु भएको सेलिव्रेसन कार्यक्रममा संघका अध्यक्ष चन्द्र प्रसाद ढकाललको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार परितोष पौड्याल, पूर्व अध्यक्ष एवं सल्लाहकार मिनराज कंडेल, संघका पदाधिकारी, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, नेफ्स्कूनका पूर्व सञ्चालक एवं लुम्बिनी प्रोस्कूनका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, रारा डिजिटल ल्याबका प्रमुख कार्यकारी अधिकृत, नियोसिस टेक्नोलोजि प्रा.लि.का व्यवस्थापन कर्मचारी, नेफ्स्कून कर्मचारी परिवार, पत्रकारहरु, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका प्राविधिक कर्मचारीहरु लगायत मिरा ईआरपी सफ्टवयेर प्रयोगकर्ता साकोसका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सीनाले गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापाकोटाले साकोस अभियानको क्षेत्रमा मिरा ईआरपी ए वान सफ्टवेयरको रुपमा विकास भएको बताउनुभयो । नेफ्स्कून आफैमा मिरा ईआरपी सफ्टवेयरको सबैभन्दा ठूलो प्रयोगकर्ता हो, समग्र साकोस अभियानलाई प्रविधिमार्फत एकाकार गर्ने विषयमा अब मिरा ईआरपी भन्दा अर्को विकल्प अभियानमा नभएको सिईओ सापकोटाले स्पष्ट पार्नुभयो । सन् २००५ मा नेफ्स्कूनलाई प्रविधि प्रयोगमा जोड्नुपर्छ भनेर पहिलोपटक 'सिसिए' ले आर्थिक सहयोग गरेको स्मरण गर्दै सुरुमा संघले नेपाली सफेटवयेर निर्माण गरेको र तत्कालिन सञ्चालक यज्ञराज ढुंगेलले नेकोस नामाकरण गर्नुभएको जानकारी गराउनुभयो । डेक्सटप वेसबाट इन्टरनेट वेसमा जाने अभ्यासमा संघले नेकोस प्लस वेव वेस सफ्टवयेर निर्माण गरेको र साकोसहरुमा प्रविधि विकासमा प्रभावकारी सोलुसनको आवश्यकता महसुस गर्दै नयाँ अवधारणा मार्फत आज मिरा ईआरपी सफ्टवेयर निर्माण भएको बताउनुभयो । प्रविधि विकासमा विश्व अभ्यासलाई पछ्याउँदै नेफ्स्कूनले 'ओकू च्यालेन्ज २०२५' मा प्रविधिको क्षेत्रमा प्रभावकारी फड्को मार्न सकेकोमा अभियानले गर्व गर्नुपर्ने बताउनुभयो ।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रविधि विना विकासको परिकल्पना असम्भव भएको वताउँदै ६० लाख सदस्यसँग सहयात्रा गरिरहेको संघले मिरा ईआरपीलाई साकोसको सफेटवेयरको रुपमा स्वामित्व ग्रहण गर्न अनुरोध गर्नुभयो । प्रविधि प्रयोगमा नविनता र त्यसमा सुधार निरन्तर प्रक्रिया रहने भएकोले मिरा ईआरपीलाई संघ र साकोस अभियानले पहिलो प्राथमिकता बनाएर जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
संघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार परितोष पौड्यालले प्रविधि विकास विश्वव्यापी निर्विकल्प मुद्दा रहेको प्रशंग उल्लेख गर्दै विश्व क्रेडिट युनियनले २०२० लाई डिजिटलाइजेसन च्यालेञ्जको रुपमा राखेको थियो, त्यसलाई पुरा गर्न असमर्थ भएसँगै च्यालेन्ज २०२५ घोषणा गरेको बताउनुभयो । आज हामी ५०० प्लस सदस्यहरुमा एकीकृत प्रविधि सेवाको पहुँच पुर्याउन सफल भएका छौं, उहाँले भन्नुभयो, “अभियानको एकीकृत प्रविधि विकास निर्विकल्प हो, जसरी पानीको गन्तव्य समुन्द्र हो भने साकोसको गन्तव्य नेफ्स्कून हो, यसमा क्लियर भिजन राखेर काम गर्नुहोस्, देशको आकांक्षा र प्रविधि विकासको सपना एक दिन पुरा हुन्छ ।”
संघका सल्लाहकार मिनराज कंडेलले साकोस अभियानमाझ प्रविधि विकासको एक मात्र सोलुसनको रुपमा रहेको मिरा ईआरपी सफ्टवेयरले गति लिएको देख्दा अत्यन्त खुसी लागेको बताउनुभयो । एकै ठाउँबाट सम्पूर्ण सुविधा प्राप्त गर्न सक्ने गरि विकास भएको यो सफ्टवेयर सेवाले धेरै भन्दा धेरै सदस्यहरुलाई समेट्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले मिरा ईआरपी एकाउन्टीङ सफ्टवेयरको रुपमा मात्र नभएर क्लिएरिङ को काममा समेत जोडन सकिने गरि विकास हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले पारदर्शि र सुरक्षित साकोस निर्माणका लागि प्रभावकारी प्रविधिको अपरिहार्यताबारे प्रष्ट पार्नुभएको थियो । उहाँले प्रतिनिधित्व गर्नुभएको प्रारम्भिक संस्था सिको साकोसले डेढ बर्ष अगाडिदेखि मिरा ईआरपी सफ्टवेयर शुरु गरेको बताउँदै उहाँले भन्नुभयो, “सिकोमा हाल २५ वटा यूजर प्रयोगमा आइरहेको छ, डे इण्ड राम्रो छ, रिपोटिङ सिस्टम प्रभावकारी र कोपोमिसमा प्रतिवेदन पठाउन समेत सहज भएको छ ।” प्रविधि आफैमा पूर्ण कहिल्यै नहुने र यसमा सुधारको प्रयास निरन्तर आवश्यकता रहने उहाँको भनाई थियो । साथै प्रविधिको प्रभावकारीतामा प्रयोगकर्ताको दक्षता पनि निर्भर हुने भएकोले मिराले बजरीकरण सँगै कर्मचारीलाई समेत दक्ष बनाउनुपर्ने आवश्यकता उहाँले औल्याउनुभएको थियो ।
रारा डिजिटल ल्याब्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले सफ्वेयर विकासका चरणहरु बारे स्पष्ट पार्दै मिरा ईआरपी सफ्टवेयर ५ सय सहकारीमा प्रयोगमा आउनु आफैमा सफल रहेको बताउनुभयो । प्रोडक्ट राम्रो भएपछि बृद्धि स्वभाविक ढंगले अगाडि बढ्छ, विश्व इतिहासमै इरर लेस सफ्टवेयर आजसम्म कसैले बनाएको छैन, हामी प्रयोगकर्ताको आवश्यकताका आधारमा निरन्तर सुधार र विकास गर्दै अगाडि बढ्छौं, उहाँले भन्नुभयो । आजभन्दा एक बर्ष अगाडिको मिरा सफ्टवेयर, आजको मिरा सफ्टवेयर र अवको एक वर्षपछिको मिरा सफ्टवेयरमा प्रयोगकर्ताले पर्याप्त भिन्नता पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नियोसिस टेक्नोलोजिका नि.कार्यकारी प्रमुख मनोज तिवारीले मिरा ईआरपी सफ्टवेयका मोड्यूलहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । मिरा सफ्टवेयरमा हाल सदस्य तथा शेयर व्यवस्थापन, बैंकिङ व्यवस्थापन प्रणाली, लेखा प्रणाली, मोबाइल बैंकिङ तथा ईबैंकिङ व्यवस्थापन, मौज्दात व्यवस्थापन प्रणाली लगायत सुविधाहरु उपलब्ध रहेको उहाँले प्रस्तुतीकरण मार्फत राख्नुभएको थियो । कम्पनीले सहकारी संस्थाका लागि आवश्यक अन्य सुविधाहरु पनि थप गर्दै लगेको साथै छिटो र सरल ग्राहक सहयताका लागि हप्ताको सातै दिन डेडिकेटेड कल सेन्टरको व्यवस्था कम्पनीले गरेको उहाँले जानकारी गराउनुभयो । मिरा इआरपीले विभिन्न चरणमा इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमको अडिट गरी आईएसओ २७००१ः२०२२ सर्टिफिकेट समेत प्राप्त गरेको छ भने निरन्तर प्रविधि प्रयोगकर्ताहरुसँग सन्तुष्टी सर्वेक्षण गरि बार्षिक रुपमा सिस्टम अडिट समेत गर्ने गरेको जनाएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल, नेफ्स्कूनकी सञ्चालक ज्ञानु पौड्याल लगायतले मिरा ईआरपी सफ्टवेयरको बजारीकरणका लागि आ आफ्नो क्षेत्रबाट साथ सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष घनश्याम अधिकारीले अविछिन्न उत्तराधिकारवाला संस्थाको रुपमा रहेको केन्द्रीय संघ नेफ्स्कूनले निर्माण गरेको मिरा ईआरपी सफ्टवेयरले सहकारीको सेवालाई पूर्ण प्रविधिमैत्री बनाउने र आवश्यक सबै सेवाहरु एकीकृत रुपमा दिने जुन सोचमा साथ काम शुरु गरेको थियो, त्यसले आज एक चरणको सफलता प्राप्त गरेको विचार व्यक्त गर्नुभयो ।
सदस्यहरुको आवश्यकता र चाहनालाई सम्बोधन गर्दै प्राविधिकीकरणको रणनीति मार्फत साकोसहरुमा प्रविधिको सहज पहुँच पुर्याउने उद्देश्यसहित विकास गरिएको मिरा इआरपी २०८० जेठ १३ गतेबाट कार्यान्वयन चरणमा प्रवेश गरेको थियो । नेफ्स्कून, रारा डिजिटल ल्याव र नियोसिस टेक्नोलोजि प्रा.लि.को संयुक्त पहलमा शुरु गरिएको मिरा ईआरपी सफ्टवेयर ७ वटै प्रदेश अन्तर्गत ६५ जिल्लामा विस्तार भएको छ भने हालसम्म संघमा आबद्ध ४ सय ५० बचत तथा ऋण सहकारी संघ/संस्था र ५० बहुउद्देश्यीय र कृषि सहकारी संस्थाहरुमा प्रभावकारी रुपमा प्रयोगमा आइरहेको कम्पनीले जनाएको छ ।
१५ घण्टा अगाडि
१६ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
१५ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
१४ दिन अगाडि