प्राधिकरणद्वारा जारी मापदण्ड तत्काल संशोधनको विकल्प छैन : अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्राधिकरणद्वारा जारी मापदण्ड तत्काल संशोधनको विकल्प छैन : अध्यक्ष ढकाल

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राधिकरणद्वारा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि ल्याइएको मापदण्ड संशोधनको विकल्प नभएको बताउनुभएको छ । संघको आयोजनामा नगरकोटमा सञ्चालित सहकारीका व्यवस्थापकहरुको क्षमता विकास तालिम कार्यक्रमका अवसरमा पुग्नुभएका अध्यक्ष ढकालले मापदण्ड संशोधनको लागि सहज रुपमा व्यक्त आवाज नसुनेको हुँदा देशभरका बचत तथा ऋण सहकारी अभियानकर्मीहरुको सामुहिक ऐक्यबद्धता सहित साझा धारणा निर्माण गर्न जेठ २३ गते अभियानद्वारा राष्ट्रिय भेला आयोजना गरिएको बताउनुभयो ।

व्यवस्थापकको क्षमता विकास तालिम साकोसको कार्यशैली र कार्यपद्दतिमा सकारात्मक परिवर्तन ल्याउने ध्येयले सञ्चालन भएको हुनाले तालिमबाट आफूले नेतृत्व गरेको संस्थालाई व्यवस्थित र सुशासित बनाउन योगदान दिनका लागि अध्यक्ष ढकालले अनुरोध गर्नुभयो । कार्यक्रमका अवसरमा सहकारीका समसामयिक विषयमा सहभागीहरुले राखेका जिज्ञासाहरुको समेत अध्यक्ष ढकालले सम्बोधन गर्नुभएको थियो । 

जेठ १७ देखि १९ सम्म सञ्चालन हुने उक्त तालिममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट २८ जना प्रमुख कार्यकारी अधिकृत/व्यवस्थापकहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण नेफ्स्कूनका प्राचार्य बल्लभ तिमिल्सीना, तालिम अधिकृत द्वाय श्याम राजा तिमल्सिना र रविन्द्र श्रेष्ठले गर्नुभएको छ । 

तालिमका अवसरमा प्राचार्य तिमिल्सीनाले सहकारीको परिवर्तित नियामकीय वातावरण र अनुपालना रणनीति विषयमा प्रशिक्षित गर्दै सहकारीमा नियमनको विषय उचित रहेको तर नियमनको नाममा नियन्त्रण उचित नहुने बताउनुभएको थियो । उहाँले जेठ ९ गते जारी मापदण्डले समेटेका धेरै विषयहरु बचत तथा ऋण सहकारी संस्था र संघ सञ्चालनमा असहज रहेको विषय प्रस्तुत गर्दै तत्काल संशोधन गरिनुको विकल्प नभएको बताउनुभयो । बचत तथा ऋण सहकारी संघहरु मार्फत भएको १ खर्बको वित्तीय कारोबारले बैंकिङ क्षेत्रको ६५ खर्बको बजारलाई सन्तुलनमा राखेको छ, उहाँले भन्नुभयो, “यदि वित्तीय सन्तुलन विग्रियो भने व्याजदरमा  'carteling' शुरु हुन्छ ।”

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप