'साकोसमा महिला सशक्तिकरण' तालिम : महिला सहभागिता ५० प्रतिशत पुग्नुपर्ने माग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'साकोसमा महिला सशक्तिकरण' तालिम : महिला सहभागिता ५० प्रतिशत पुग्नुपर्ने माग

रुपन्देही । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(लुस्कून) को आयोजन र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा बुटवलमा एक दिवसीय 'साकोसमा महिला सशक्तिकरण' तालिम सम्पन्न भएको छ । तालिममा रुपन्देहीबाट ३२ जना, नवलपरासीबाट ८ जना, कपिलबस्तुबाट ३ जना, दाङबाट २ जना, गुल्मीबाट १ जना र बाँकेबाट एक जना गरि ४७ जना साकोसका महिला सञ्चालकहरुको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा आयोजित उक्त तालिममा प्रोस्कूनका महासचिव बसन्त प्रसाद ढकाल, कोषाध्यक्ष  प्रेम गुरुङ, सञ्चालक निर्मला अधिकारी र उमा पोखरेलको उपस्थिति रहेको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनकी सञ्चालक ज्ञानु पौड्यालले गर्नुभएको थियो । उहाँले महिलाबिरुद्धका सबै प्रकारका बिभेद र हिंसाको अन्त्यगरी महिलाहरूको हक तथा अधिकारको सुरक्षा र प्रवर्दनको लागि राज्यद्वारा प्रदत्त अधिकार प्राप्तीका लागि अब हरेक महिला स्वयं जागरुक हुनुपर्नेमा जोड दिनुभएको थियो । महिला अधिकारका लागि सशक्त रुपमा अगाडि बढ्न अब महिलाहरुले आफूमा अन्तरनिहित क्षमताको विकासमा समेत ध्यानदिनुपर्ने उहाँको भनाई थियो । 

सहकारी संस्थाहरुमा महिलाको उपथिति पुरुषको भन्दा बढी छ, उहाँले भन्नुभयो, “अव ३३ प्रतिशत मात्र होइन, सहकारी क्षेत्र अर्थात अन्य निर्णायक तहमा अब महिलाको सहभागिता ५० प्रतिशत पुर्याउन पहल गर्नुपर्ने समय भएको छ ।” 

महिला सशक्तिकरणका लागि सर्वप्रथम महिलाहरुमा सचेतना जरुरी रहेको भन्दै उहाँले अव महिलाहरु उपस्थितिमा मात्र नभएर निर्णायक तहमा क्रियाशिल सहभागिताका लागि तयार रहन अनुरोध गर्नुभएको थियो ।  

शिक्षा उपसमिति संयोजक निर्मला अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा महासचिव बसन्त ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने व्यवस्थापक तारा अर्यालले तालिमको व्यवस्थापन गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप