'साकोसमा महिला सशक्तिकरण' तालिम : महिला सहभागिता ५० प्रतिशत पुग्नुपर्ने माग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'साकोसमा महिला सशक्तिकरण' तालिम : महिला सहभागिता ५० प्रतिशत पुग्नुपर्ने माग

रुपन्देही । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(लुस्कून) को आयोजन र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा बुटवलमा एक दिवसीय 'साकोसमा महिला सशक्तिकरण' तालिम सम्पन्न भएको छ । तालिममा रुपन्देहीबाट ३२ जना, नवलपरासीबाट ८ जना, कपिलबस्तुबाट ३ जना, दाङबाट २ जना, गुल्मीबाट १ जना र बाँकेबाट एक जना गरि ४७ जना साकोसका महिला सञ्चालकहरुको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा आयोजित उक्त तालिममा प्रोस्कूनका महासचिव बसन्त प्रसाद ढकाल, कोषाध्यक्ष  प्रेम गुरुङ, सञ्चालक निर्मला अधिकारी र उमा पोखरेलको उपस्थिति रहेको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनकी सञ्चालक ज्ञानु पौड्यालले गर्नुभएको थियो । उहाँले महिलाबिरुद्धका सबै प्रकारका बिभेद र हिंसाको अन्त्यगरी महिलाहरूको हक तथा अधिकारको सुरक्षा र प्रवर्दनको लागि राज्यद्वारा प्रदत्त अधिकार प्राप्तीका लागि अब हरेक महिला स्वयं जागरुक हुनुपर्नेमा जोड दिनुभएको थियो । महिला अधिकारका लागि सशक्त रुपमा अगाडि बढ्न अब महिलाहरुले आफूमा अन्तरनिहित क्षमताको विकासमा समेत ध्यानदिनुपर्ने उहाँको भनाई थियो । 

सहकारी संस्थाहरुमा महिलाको उपथिति पुरुषको भन्दा बढी छ, उहाँले भन्नुभयो, “अव ३३ प्रतिशत मात्र होइन, सहकारी क्षेत्र अर्थात अन्य निर्णायक तहमा अब महिलाको सहभागिता ५० प्रतिशत पुर्याउन पहल गर्नुपर्ने समय भएको छ ।” 

महिला सशक्तिकरणका लागि सर्वप्रथम महिलाहरुमा सचेतना जरुरी रहेको भन्दै उहाँले अव महिलाहरु उपस्थितिमा मात्र नभएर निर्णायक तहमा क्रियाशिल सहभागिताका लागि तयार रहन अनुरोध गर्नुभएको थियो ।  

शिक्षा उपसमिति संयोजक निर्मला अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा महासचिव बसन्त ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने व्यवस्थापक तारा अर्यालले तालिमको व्यवस्थापन गर्नुभएको थियो । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१४ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप