सिवाईसी साकोसद्वारा कर्मचारीहरुका लागि बचत खेल तालिम  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिवाईसी साकोसद्वारा कर्मचारीहरुका लागि बचत खेल तालिम  

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि., बागलुङको आयोजना, जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग (German Sparkassenstiftung) को सहयोग तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा दुई दिवसीय बचत खेल (Savings Game) तालिम जेठ १८ र १९ गते सञ्चालन भएको थियो ।  

संस्थाको केन्द्रीय कार्यालय लगायत विभिन्न सेवाकेन्द्रमा कार्यरत कर्मचारीहरु सहभागी रहेको तालिमको मुख्य उद्देश्य कर्मचारीहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै उनीहरुलाई व्यवहारिक रूपमा बचत र खर्च व्यवस्थापनका सिप बारे प्रशिक्षण गराई सदस्यहरुलाई सिप हस्तान्तरण गर्न सक्ने बनाउनु हो । 

बचत खेल तालिम एक नविन अभ्यासात्मक पद्धति हो, जसअन्तर्गत सहभागीहरुले खेल माध्यमबाट वित्तीय निर्णय, जोखिम मूल्याङ्कन, बजेट निर्माण, बचत रणनीति, ऋण व्यवस्थापन लगायतका विषयहरुमा ज्ञान हासिल गर्न सक्नेछन् । प्रशिक्षकहरुका अनुसार यस्तो प्रकारको तालिमले कर्मचारीहरुको सेवा क्षमतामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

तालिमको उद्घाटन सत्रमा सिवाईसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सहकारीका कर्मचारीहरूलाई वित्तीय रूपमा सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिम संस्थाको दीर्घकालीन रणनीतिसँग जोडिएको बताउनु भएको थियो । उहाँले यस्ता तालिमहरुले सहकारी संस्था र सेवाग्राही दुवैको हितमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । 

तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिपराज ढकाल र व्यवसाय अधिकृत प्रकाश अधिकारील गर्नुभएको थियो । 

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, सचिव ज्ञानेन्द्रराज पन्तको स्वागत र संस्थाका सहायक प्रवन्धक सालिकराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप