कोशी प्रदेशमा “सहकारी संघीकरणको अवस्था र आगामी गन्तव्य” विषयक अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोशी प्रदेशमा “सहकारी संघीकरणको अवस्था र आगामी गन्तव्य” विषयक अन्तरक्रिया

सुनसरी । कोशी प्रदेश, प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण केन्द्र, इनरुवाले “कोशी प्रदेशमा सहकारी संघीकरणको अवस्था र आगामी गन्तव्य विषयक अन्तरक्रिया–२०८२” सम्पन्न गरेको छ । प्रदेश कार्यालयका रजिष्ट्रार हरि बहादुर खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल रहनुभएको थियो ।

कार्यक्रममा संघका महासचिव घनश्याम अधिकारी, सञ्चालक शालिकराम ढकाल, राष्ट्रिय सहकारी महासंघका सञ्चालक योगमाया सुवेदी, कोशी प्रदेश बचत संघका अध्यक्ष हरि प्रसाद सुवेदी, सचिव एकराज निरौला, झापा जिल्ला बचत संघका अध्यक्ष तुलाराम न्यौपाने, मोरङ जिल्ला बचत संघका अध्यक्ष प्रेम प्रकाश कोइराला, शंखुवासभा जिल्ला बचत संघका उपाध्यक्ष कोपिला तामाङ लगायत विविभन्न बचत संघका पदाधिकारी, बरिष्टतम कर्मचारी, स्थानीय जनप्रतिनिधि लगायत अन्य विषयगत संघ/ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । 

कार्यक्रम कोशी प्रदेशभित्र सञ्चालित सबै प्रकृतिका सहकारीहरुको संस्थागत सुदृढीकरणका लागि जोखिम वर्गिकरण साथै संस्थागत सवलता विकासका लागि नीतिगत सवलता साथै संघीकरणमा जोड दिने विषयमा केन्द्रीत रहेको थियो ।  

अन्तरक्रियाले सहकारीका समसामयिक विषयहरु सँग सम्बन्धित रहेर सहकारी संस्थाहरूलाई एकीकृत गर्ने तथा कमजोर संस्थालाई समायोजन गर्ने नीति कार्यान्वयनका लागि एकीकरण प्रयासका साथै वित्तीय र व्यवस्थापकीय सुदृढीकरणका लागि नियामकीय संरचना निर्माण साथै सोको प्रतिवेदन तयारीका विषयमा निर्णय गरेको थियो । 

त्यसैगरि बचत तथा ऋण सहकारीको केन्द्रीय संघ नेफ्स्कूनले प्रवर्द्धन गरिरहेको गुणस्तर सुनिश्चितताको (स्तरीकरण) कार्यक्रमका बारेमा बुझ्ने र त्यसको अभ्यासमा लाग्न पहल गर्ने, सफ्टवेयर सूचिकरण कार्यान्वयन र प्रवर्धनमा केन्द्र, प्रदेश र जिल्ला संघहरुसँग समन्वय गर्ने लगायतका विषयमा छलफल केन्द्रीत रहेको संघका अध्यक्ष ढकालले साकोस आवाजलाई जानकारी गराउनुभयो । 

त्यसैगरि प्रदेशभित्रको स्रोत साधन प्रयोग, सहकारी संघ संस्थाहरुबीचको आपसी सहकार्य तथा समन्वय, सहकारीहरुको क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरुको प्रवर्द्धन, ऐन नियमको अनुपालन, अनुगमन, प्रतिवेदन लगायतका विविध विषयहरुमा छलफल साथै प्रभावकारी निर्णयहरु भएको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप