स्थिरीकरण कोषको योजना तथा बजेट तर्जुमा सम्बन्धी गोष्ठी सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोषको योजना तथा बजेट तर्जुमा सम्बन्धी गोष्ठी सञ्चालन 

काठमाडौं । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको योजना तथा बजेट तर्जुमा सम्बन्धी गोष्ठी सञ्चालन भएको छ । जेठ २५ र २६ गते, दुई दिन चल्ने गोष्ठीले कोषको आर्थिक बर्ष २०८२।०८३ को नीति, कार्यक्रम तथा बजेट विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । नेफ्स्कूनका अध्यक्ष एवं कोष सञ्चालन समितिका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आयोजित गोष्ठीको प्रमुख आतिथ्यता सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले गर्नुभएको थियो ।

कोष सञ्चालन समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, राष्ट्रिय सहकारी महासंघ र संघमा आबद्ध २ वटा सदस्य साकोस क्रमशः नारी संकल्प साकोस, मोरङ र विन्धवासिनी साकोस, काभ्रेको तर्फबाट प्रतिनिधित्व रहेको छ । 

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकत एवं कोष सञ्चालन समितिका सदस्य सचिव डा. शिवजी सापकोटाले स्वागत मन्तव्य सहित कोषको योगदान अभिबृद्धि र साकोस सुरक्षामा कोषको उपयोगिताका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । 

प्रमुख अतिथि रजिष्ट्रार ढुंगानाले स्थिरीकरण कोष साकोसको सुरक्षा कवजको रुपमा रहेको र कोषको नेतृत्व र अपनत्व नेफ्स्कूनमै रहनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । 

औपचारिक सत्रको समापन गर्दै अध्यक्ष ढकालले गोष्ठीको उद्देश्य कोषको दिगोपना र साकोस सुरक्षामा केन्द्रित रहेको बताउँदै नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा आबद्ध संस्थाहरुलाई कोषले प्राविधिक सहजीकरण गर्ने तथा कोषमा अनिवार्य आबद्ध गराउन थप परिष्कृत सहजीकरणका कार्यक्रमहरु ल्याउने धारणा राख्नुभयो । 

कार्यक्रमको सञ्चालन कोषका सञ्चालन समिति सदस्य गोमा नेपालले गर्नु भएको थियो ।

बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६ को दफा ९६० उपदफा ९२० को देहाय, ९१० बमोजिम अर्थ मन्त्रालयबाट सहमती प्राप्त भएसँगै तत्कालिन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीद्वारा २०७९ जेष्ठ २७ गते बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष शुभारम्भ घोषणा भएको थियो । सहकारी ऐन, २०७४ को दफा १०३ को उपदफा ३ ले स्थिरीकरण कोष बचत तथा ऋण विषयगत केन्द्रीय संघमा रहने व्यवस्था गरेको छ । सो बमोजिम कोषको कार्यालय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको कार्यालयसंगै नयाँ बानेश्वरमा रहेको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप