काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. को तेश्रो रणनीतिक योजना कार्यशाला सम्पन्न भएको छ । जेठ २२ देखि २४ गते सम्म सञ्चालित कार्यशालाको प्राविधिक सहजीकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले गरेको थियो ।
संघको सहजीकरणमा साकोसका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार परिषद, विभिन्न उपसमिति र उच्च व्यवस्थापन सम्मिलित समूहले संस्थाको आगामी ४ वर्षको रणनीतिक मार्गचित्र तय गरेको हो ।
धुलिखेलको होटल सारथीमा सम्पन्न उक्त कार्यशालाले आगामी ४ वर्षमा थप १० हजार व्यक्तिहरु सहित जम्मा ३२ हजार सदस्यहरुमा संस्थाको सेवा विस्तार गर्ने, कुल ५ अर्बको सम्पत्ति मार्फत सदस्यहरुमा आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय सशक्तिकरणको कार्यहरु गर्ने, नयाँ ऐन, कानून र नियामकीय कार्यढाँचामा संस्थालाई अनुकलन सहित सदस्यहरुको सुखी र समृद्ध जीवनको परिकल्पना गरेको साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी गराउनुभयो ।
कार्यशालाको दौरान संस्थाले काभ्रे बनेपा स्थित संस्थाको भगिनी सम्बन्ध कायम भएको नेपालको नमुना संस्था विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण गरी असल अभ्यास र अनुभवहरु साटासाट समेत गरेको थियो ।
रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशालाको प्राविधिक सहजकर्तामा नेफ्स्कूनका प्राचार्य बल्लभ तिमिल्सीना र बरिष्ठ अधिकृत प्रेम वाग्ले रहनुभएको थियो ।
११ घण्टा अगाडि
१२ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
८ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ घण्टा अगाडि
२७ दिन अगाडि
१६ दिन अगाडि
१९ दिन अगाडि
१९ दिन अगाडि
१७ दिन अगाडि
१९ दिन अगाडि
२५ दिन अगाडि