मधेश प्रदेशमा सञ्चालित सहकारीहरूका लागि मिरा सफ्टवेयर सम्बन्धी अभिमुखिकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मधेश प्रदेशमा सञ्चालित सहकारीहरूका लागि मिरा सफ्टवेयर सम्बन्धी अभिमुखिकरण 

महोत्तरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) मा आवद्ध संस्थाहरुलाई नविनतम साझा प्रविधिसँग जोड्ने उद्देश्य सहित आज मधेश प्रदेश अन्तर्गत महोत्तरीको बर्दिबासमा मिरा सफ्टवेयर सम्बन्धी अभिमुखिकरण गरिएको छ । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिन्धुली जिल्लामा सञ्चालित विभिन्न ४५ वटा बचत तथा ऋण सहकारी संस्थाबाट अध्यक्ष र व्यवस्थापक गरि कुल ५६ जना अभिमुखिकरण कार्यक्रममा सहभागी हुनुभएको थियो । 

नेफ्स्कून र रारा डिजिटल ल्याबको साझेदारीमा नियोसिस टेक्नोलोजी प्रा. लि.द्वारा प्रवर्द्धित मिरा ईआरपी सफ्टवेयर सहकारीलाई प्रविधिसँग जोड्ने एक सरल, सुरक्षित र विश्वासिलो साझा डिजिटल प्लेटफर्म हो । विगत २ बर्षदेखि प्रयोगमा आइरहेको मिरा सफ्टवेयर ७ वटै प्रदेश अन्तर्गत ६६ जिल्लामा विस्तार भई हालसम्म ५१८ सहकारीमा एकीकृत प्रविधि सेवाको पहुँच पुर्याउन सफल भएको छ ।

अभिमुखिकरण कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सिना र नियोसिस प्रा.लि.का सिईओ मनोज तिवारीले मिरा सफ्टवेयरका विशेषता, सबलता, पुराना प्रविधि र मिरा बीचको फरक पक्ष साथै Saas Model (software as a service) को रुपमा नेपालकै पहिलो र उच्चतम सुरक्षा प्रणाली प्रयोग गरिएको मिरा क्याउड सफट्वेयरको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप