इटहरीमा मिरा सफ्टवेयर सम्बन्धी अभिमुखिकरण : कोशी प्रदेश अन्तर्गत ५ जिल्लामा सञ्चालित सहकारीका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
इटहरीमा मिरा सफ्टवेयर सम्बन्धी अभिमुखिकरण : कोशी प्रदेश अन्तर्गत ५ जिल्लामा सञ्चालित सहकारीका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता

सुनसरी। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) सुनसरी सदस्य सेवा कार्यालयको आयोजनामा इटहरीमा सहकारीहरुका लागि मिरा सफ्टवेयर सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको छ । अभिमुखिकरण कार्यक्रममा कोशी प्रदेश अन्तर्गत तेह्रथुम, धनकुटा, झापा, मोरङ, सुनसरी जिल्लाबाट गरी विभिन्न सहकारीहरुको सहभागिता रहेको थियो । इटहरीमा असार ३ गते सम्पन्न कार्यक्रम नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक लक्ष्मी सापकोटा, शालिकराम ढकाल, नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सिना, नियोसिस प्रा. लि.का सिईओ मनोज तिवारी लगायत कोशी प्रदेश अन्तर्गत ५ जिल्लामा सञ्चालित सहकारीका प्रतिनिधिहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।  

नेफ्स्कूनका महासचिव अधिकारीले सहकारीको समसामयिक विषय, प्राधिकरणद्वारा जारी सहकारी मापदण्डको विषयमा जानकारी गराउँदै मापदण्डमा उल्लेखित असहज व्यवस्थाहरुको संशोधनको लागि संघ र समग्र अभियानको ऐक्यबद्धता सहित सम्बन्धित निकायसँग वहश तथा पैरवी साथै साकोसको हितमा अघि बढेको बताउनुभयो ।

साथै उहाँले मिरा इआरपी सफ्टवेयरको विशेषता, फिचरहरु अत्यन्त प्रभावकारी रहेको र सफ्टवेयरले सदस्यहरुमा उच्च प्रविधियुक्त सेवा विस्तार गर्न सकेकोले आज सफ्टवेयरको प्रयोगकर्ताहरु बढ्दो रुपमा रहेको बताउँदै मिरा सफ्टवयेर प्रयोग गरि एकीकृत प्रविधि प्रयोगको फाइदा लिन सम्पूर्ण साकोसहरुलाई अनुरोध गर्नुभयो । 

नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सिनाले कार्यक्रमको औचित्य तथा उद्देश्य, मिरा सफ्टवेयरका विशेषताहरुबारे बताउदै साकोस अभियानको सफट्वेयर सबैले प्रयोग गर्न अनुरोध गर्नु भयो । मिराको सबै भन्दा ठुलो प्रयोगकर्ता नेफ्स्कून रहेको र आवश्यक सबै कुराको एक मात्र सोलुसनको रुपमा मिराले काम गर्न सक्ने विषयलाई उहाँले जोड दिनुभएको थियो । 

नियोसिस प्रा. लि.का सिईओ मनोज तिवारीले प्रविधिको पुरानो ईतिहास देखि वर्तमान प्रविधिमा भएको फरकता, मिराका फायदा, Saas Model (software as a service) को रुपमा नेपालकै पहिलो र उच्चतम सुरक्षा प्रणाली सँगै Advance Architecture को प्रयोग गरिएको, मिरा क्याउड सफट्वेयर सबै भन्दा सस्तो रहेको बताउनुभयो ।

सहभागी वक्ताहरुले मिरा सफ्टवेयरका सबल पक्षहरु र यसको लागतलाई हेर्दा सफ्टवेयर प्रभावकारी र सरल रहेको पाइएको विचार व्यक्त गर्दै आगामी आर्थिक बर्षमा सफ्टवेयर परिवर्तन गर्न चाहनेहरुका लागि मिरा सफ्टवेयर उपयुक्त सोलुसन भएको विचार व्यक्त गर्नुभएको थियो । 

नेफ्स्कून सञ्चालक लक्ष्मी सापकोटा र  शालिकराम ढकालले मिरा सफ्टवेयर प्रविधिमा One stop solution भएको, यसको विशेषता र सबल पक्षलाई हेर्दा विश्वस्त हुन सकिने पर्याप्त आधारहरु भएकोले हामी सबैलेनै ढुक्कका साथ मिरा सफ्टवेयर प्रयोग गर्न सकिने विचार व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम समापन सँगै विभिन्न १४ वटा बचत तथा ऋण सहकारी संस्थाहरुले मिरा सफट्वयर प्रयोगका लागि आफूहरु तयार रहेको विचार प्रस्तुत गर्नुभएको थियो । 

नवयुग साकोस, मोरङका व्यवस्थापक सुमन ढकालले मिरा प्रयोग गरेको १ वर्ष माथि भएको र अरु सफ्टवेयर भन्दा मिरा सफट्वयर धेरै गुणा अब्बल, सुरक्षित, पारदर्शी, सपोर्ट सर्भिस र नयाँ विषयवस्तु अपडेट र रिस्पोन्सका विषयमा जानकारी गराउँदै
उपस्थित सहभागि साकोसलाई छिटो जडान गर्न र लाभ लिन हौशला दिनुभएको थियो ।

७ वटै प्रदेश अन्तर्गत ६६ जिल्लामा विस्तार भएको मिरा सफ्टवेयरले हालसम्म ५१८ सहकारीमा एकीकृत प्रविधि सेवाको पहुँच पुर्याउन सफल भएको छ ।  

कार्यक्रमको व्यवस्थापन सुनसरी सदस्य सेवा कार्यालय प्रमुख रिसभ राज रेग्मी, लेटाङ सेवा केन्द्र प्रमुख गणेश भण्डारी र प्राविधिक सहयोग मिलन कोइरालाले गर्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२१ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप