सहकारी सदस्यमार्फत अब व्यावसायिक कफी खेती
सहकारी मार्फत सदस्यहरुलाई व्यावासयिक बनाउन कफीको व्यावसायिक खेती शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी मार्फत सदस्यहरुलाई व्यावासयिक बनाउन कफीको व्यावसायिक खेती शुरु

दोलखा । शेयर सदस्यलाई बचत तथा ऋण परिचालनमार्फत आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणमा कार्य गर्दै आइरहेको दोलखा चरिकोटमा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले उद्यमी तथा व्यावसायिक सदस्य बनाउने उद्देश्यले कफी पकेट क्षेत्र तयार गरेको छ । 

भीमेश्वर नगरपालिका ५ को कातिके, विरुवा, घोक्सिला र किराँतीछाप क्षेत्रमा व्यावसायिक कफी खेती विस्तारका लागि शेयर सदस्यहरुको सहभागितामा किराँतेश्वर अर्गानिक कफी समूह निर्माण गरी भीमेश्वर नगरपालिकामा दर्ता गराएको छ भने सदस्यहरुलाई कफी खेती सम्बन्धी आधारभूत तालिम भीमेश्वर नगरपालिका तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको प्राविधिक सहयोगमा सम्पन्न गरेको छ । 

तालिमपछि निर्माण गरिएको कार्य योजना अनुसार प्रारम्भीक चरणमा १४ रोपनी जग्गामा व्यावसायिक खेती गर्ने उद्देश्यले सहकारीको ५० प्रतिशत अनुदानमा किसानहरुलाई १५०० वटा कफीको विरुवा वितरण गरिएको छ । 

किसानहरुलाई कफीको विरुवा वितरण गर्दै भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानान्धरले कफीको व्यावासायिक खेती र बजारीकरणका लागि नगरपालिका सहयोग गर्न तयार भएको बताउँदै परम्परागतभन्दा आधुनिक र व्यावसायिक खेतीका लागि केही ठूलो परिमाणमा खेती गर्न किसानहरु तयार हुनुपर्ने बताउँदै पर्यटकहरुको आकर्षण बनेको दोलखाको विभिन्न स्थानहरुमा आफ्नै जिल्लामा उत्पादन भएको कफीले स्वागत गर्न पाउनु हाम्रो गर्वको विषय हुने भएकाले सहकारीले सदस्यहरुलाई उद्यमी र व्यावसायिक बनाउने कार्यको थालनी आफैमा उदाहरणीय भएको बताउनुभयो । किसानहरुलाई प्राविधिक तथा गुणस्तरीय उत्पादनमा वडाले समेत सहयोग गर्ने बताउँदै भीमेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बासु श्रेष्ठले वडाको पहिचानका रुपमा कफीलाई विस्तार गर्न प्रदेश तथा संघीय सरकारलाई समेत आग्रह गर्ने बताउनु भयो । 

सहकारीका अध्यक्ष राजन श्रेष्ठले वार्षिक योजनामा नै कम्तिमा २० जना उद्यमी बनाउने संस्थाको योजना अनुसार फरक फरक क्षेत्रमा सहयोग गर्दै आएको हाम्रो सहकारीले कफी खेतीमा आवद्ध शेयर सदस्यहरुका लागि आगामी दिनमा पनि क्षमता विकास तथा बजारीकरणमा सहजीकरण गर्ने बताउनु भयो ।

किराँतेश्वर अर्गानिक कफी समूहका अध्यक्ष रामशरण बुढाथोकीले सहकारी तथा सरकारले गर्ने सहयोगलाई उत्प्रेरणाका रुपमा लिई व्यावसायिक खेतीका लागि सबै सदस्यलाई तयार गर्ने र कफी क्षेत्र विस्तार गर्ने बताउनुभयो । 

सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले कार्य क्षेत्रलाई विभिन्न पकेट क्षेत्रका रुपमा वर्गीकरण गरी आवश्यकता अनुसार सीपयुक्त तालिम, सहुलियत दरको ऋण लगानी तथा उत्पादनको बजारीकरणमा संस्थाले सहयोग गर्दै आएको बताउँदै कफी उत्पादनमा दोलखालाई आत्मनिर्भर बनाउन सहकारीका सदस्यको भूमिका महत्वपूर्ण बनाउनका लागि स्थानीय सरकारसँगको साझेदारीमा बहुवर्षीय नगदेवालीका रुपमा कफीलाई प्रोत्साहन गर्ने योजना निर्माण गरेको बताउनुभयो ।


भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप