सहकारी सदस्यमार्फत अब व्यावसायिक कफी खेती
सहकारी मार्फत सदस्यहरुलाई व्यावासयिक बनाउन कफीको व्यावसायिक खेती शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी मार्फत सदस्यहरुलाई व्यावासयिक बनाउन कफीको व्यावसायिक खेती शुरु

दोलखा । शेयर सदस्यलाई बचत तथा ऋण परिचालनमार्फत आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणमा कार्य गर्दै आइरहेको दोलखा चरिकोटमा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले उद्यमी तथा व्यावसायिक सदस्य बनाउने उद्देश्यले कफी पकेट क्षेत्र तयार गरेको छ । 

भीमेश्वर नगरपालिका ५ को कातिके, विरुवा, घोक्सिला र किराँतीछाप क्षेत्रमा व्यावसायिक कफी खेती विस्तारका लागि शेयर सदस्यहरुको सहभागितामा किराँतेश्वर अर्गानिक कफी समूह निर्माण गरी भीमेश्वर नगरपालिकामा दर्ता गराएको छ भने सदस्यहरुलाई कफी खेती सम्बन्धी आधारभूत तालिम भीमेश्वर नगरपालिका तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको प्राविधिक सहयोगमा सम्पन्न गरेको छ । 

तालिमपछि निर्माण गरिएको कार्य योजना अनुसार प्रारम्भीक चरणमा १४ रोपनी जग्गामा व्यावसायिक खेती गर्ने उद्देश्यले सहकारीको ५० प्रतिशत अनुदानमा किसानहरुलाई १५०० वटा कफीको विरुवा वितरण गरिएको छ । 

किसानहरुलाई कफीको विरुवा वितरण गर्दै भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानान्धरले कफीको व्यावासायिक खेती र बजारीकरणका लागि नगरपालिका सहयोग गर्न तयार भएको बताउँदै परम्परागतभन्दा आधुनिक र व्यावसायिक खेतीका लागि केही ठूलो परिमाणमा खेती गर्न किसानहरु तयार हुनुपर्ने बताउँदै पर्यटकहरुको आकर्षण बनेको दोलखाको विभिन्न स्थानहरुमा आफ्नै जिल्लामा उत्पादन भएको कफीले स्वागत गर्न पाउनु हाम्रो गर्वको विषय हुने भएकाले सहकारीले सदस्यहरुलाई उद्यमी र व्यावसायिक बनाउने कार्यको थालनी आफैमा उदाहरणीय भएको बताउनुभयो । किसानहरुलाई प्राविधिक तथा गुणस्तरीय उत्पादनमा वडाले समेत सहयोग गर्ने बताउँदै भीमेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बासु श्रेष्ठले वडाको पहिचानका रुपमा कफीलाई विस्तार गर्न प्रदेश तथा संघीय सरकारलाई समेत आग्रह गर्ने बताउनु भयो । 

सहकारीका अध्यक्ष राजन श्रेष्ठले वार्षिक योजनामा नै कम्तिमा २० जना उद्यमी बनाउने संस्थाको योजना अनुसार फरक फरक क्षेत्रमा सहयोग गर्दै आएको हाम्रो सहकारीले कफी खेतीमा आवद्ध शेयर सदस्यहरुका लागि आगामी दिनमा पनि क्षमता विकास तथा बजारीकरणमा सहजीकरण गर्ने बताउनु भयो ।

किराँतेश्वर अर्गानिक कफी समूहका अध्यक्ष रामशरण बुढाथोकीले सहकारी तथा सरकारले गर्ने सहयोगलाई उत्प्रेरणाका रुपमा लिई व्यावसायिक खेतीका लागि सबै सदस्यलाई तयार गर्ने र कफी क्षेत्र विस्तार गर्ने बताउनुभयो । 

सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले कार्य क्षेत्रलाई विभिन्न पकेट क्षेत्रका रुपमा वर्गीकरण गरी आवश्यकता अनुसार सीपयुक्त तालिम, सहुलियत दरको ऋण लगानी तथा उत्पादनको बजारीकरणमा संस्थाले सहयोग गर्दै आएको बताउँदै कफी उत्पादनमा दोलखालाई आत्मनिर्भर बनाउन सहकारीका सदस्यको भूमिका महत्वपूर्ण बनाउनका लागि स्थानीय सरकारसँगको साझेदारीमा बहुवर्षीय नगदेवालीका रुपमा कफीलाई प्रोत्साहन गर्ने योजना निर्माण गरेको बताउनुभयो ।


भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप