काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव एवं राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष केदारनाथ शर्माले सहकारी ऐन, २०७४ ले व्यवस्था गरेको बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको कार्यान्वयन ढिलो भएपनि राम्रो र प्रभाकारी कामको शुरुवात भएको बताउनुभएको छ । सुरुवाती चरण अर्थात पहिलो पाईलाकै रुपमा अगाडि बढ्ने क्रममा कोषका कार्यगतिविधिहरु प्रभावकारी दिखिएका छन्, उहाँले भन्नुभयो, ‘मन्त्रालय, विभाग, नेपाल राष्ट्र बैंक, महासंघ लगायत सबैको प्रतिनिधित्व रहेको कोषले संस्थालाई तरलता अभाव हुनबाट बचाउन सहयोग गर्ने र बचत तथा ऋण सहकारी संस्थालाई जीवन्त राख्नका लागि अभिभावको भूमिका खेल्नेछ ।’
बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको आयोजनामा आज काठमाडौंमा आयोजित वार्षिक जोखिम व्यवस्थापन कार्यशाला उद्घाटनका क्रममा बोल्दै सचिव शर्माले कोषमा आबद्ध हुन निश्चित प्रावधान पुरा गरेको हुनुपर्ने भएकोले स्तरीकृत मापदण्ड पुरा गरेका सबै संस्थाको योगदान कोषमा रहन सके राम्रो हुने बताउनुभयो । थोरै योगदानबाट तरलता अभावको समयमा कोषमार्फत तरलता सापटी पाउन सकिने र अप्ठ्यारो परिस्थितमा धेरै साथ सपोर्ट पाईने व्यवस्था कोषमा रहेको हुँदा धेरै भन्दा धेरै सहकारीको योगदान कोषमा रहनुपर्ने र हरेक संस्था सबल, सक्षम र विश्वसनीय बन्नेतर्फ लाग्नुपर्ने सचिव शर्माको भनाई थियो ।
नेफ्स्कूनका अध्यक्ष एवं कोष सञ्चालन समितिका अध्यक्ष चन्द्र प्रसाद ढकालले संघद्वारा सञ्चालित स्तरीकृत कार्यक्रममा जोडिएका सहकारीहरुमा समस्या नभएको तर पछिल्लो समय कानुनी वातावरण विग्रिँदा राम्रा बचत तथा ऋण सहकारी संस्थाहरुले समेत न्याय पाउन नसकेको बताउनुभयो । नीतिगत अन्यौलता तथा सहज कानुनी वातावरण नबन्दा राम्रो र सदस्यहरुमाझ विश्वनीय सहकारी संस्थाहरु समेत समस्यामा पर्न पुगेकोले प्राधिकरण मार्फत नीतिगत सहजीकरण गरिदिन अनुरोध गर्नुभयो ।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत एवं कोष सञ्चालन समितिका सदस्य सचिव डा. शिवजी सापकोटाले स्वागत साथै कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै स्थिरीकरण कोष संस्थालाई जीवन्त राख्न सहयोग गर्ने कोषको रुपमा रहेको बताउनुभयो । उहाँले ऐनमा स्थिरीकरण कोषको परिभाषा तथा नामको मात्र परिकल्पना गरिएको परिस्थितीबाट आज कस्ता कस्ता संस्थाले कति योगदान गर्ने र योगदान गर्ने संस्थाले के के लाभ प्राप्त गर्न सक्छन भन्ने विषयबाट कोष अगाडि बढिसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सहकारी ऐनमा मुख्यत तीन वटा व्यवस्था रहेको छ, एउटा स्थिरीकरण कोष, दोस्रो समस्याग्रस्त सहकारी व्यवस्थापन समिति र अर्को निक्षेप तथा कर्जा सुरक्षण कोष । यी तिनवटा कोष हेर्दा उस्तै उस्तै लागेपनि स्थिरीकरण कोषले संस्था जीवन्त राख्न सहयोग गर्छ, समस्याग्रस्तले विरामी भइसकेर अव उपचार नलागेको अवस्थामा यसको छिनोफानो गरिदिनुपर्यो भन्ने अवस्थामा काम गर्छ र निक्षेप तथा कर्जा सुरक्षण कोषले संस्था मरिसकेपछि अब यसको जति ऐनले तोकेको छ, त्यति व्यक्तिगत बचत फिर्ता दिनका लागि भनेर गठन हुन्छ । यसरी हेर्दा संस्थालाई जीवन्त राख्ने कुरा सबैभन्दा ठूलो हुन्छ, स्थिरीकरण कोष संस्थालाई जीवन्त राख्ने कोष हो, संस्थालाई जीवन्त राख्न नियमित अनुगमन तथा सुपरिवेक्षण जरुरी हुन्छ, त्यो काम पनि स्थिरीकरण कोष मार्फत नै गरिन्छ ।’
त्यसैगरि कोषले पहिलो कुरा त, तत्काल तरलता अभाव पर्यो, तरलताको लागि सापटी लिनुपर्यो भने सहयोग गर्छ । दोस्रो, नियमित सुपरिवेक्षण गर्न तथा जोखिमको निरोधात्मक क्रियाकलाप गर्न भन्ने व्यवस्था छ भने अर्को संस्था चल्नै नसक्ने अवस्थामा त्यसको व्यवस्थापन चलाईदिएर ह्याण्डओभर गर्ने अर्थात् व्यवस्थापन गर्ने सम्मको काम गर्न सक्ने व्यवस्था कार्यविधिमा उल्लेख रहेको उहाँले जानकारी गराउनुभयो ।
२०६७ सालमा कोषको कार्यविधि संशोधन भएको थियो । २०७९ साल जेठमा रु १० करोड रुपैंया कोषमा जम्मा भएपछि मात्र कोषले आफ्नो काम गर्न सुरु गरेको हो । हाल कोषमा १ सय ९१ वटा नियमित सदस्य छन् । ती बाहेक अन्य १३० भन्दा बढी साकोसको योगदान कोषमा रहेको छ । कोषमा योगदान गरेका साकोसहरु जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी हुने व्यवस्था छ ।
ऐनको व्यवस्था अनुरुप नेफ्स्कूनको कार्यालयमा कोषको कार्यालय छ । कोषमा ४ जना कर्मचारी कार्यरत छन्, जोखिम सुपरिवेक्षणको काममा नेफ्स्कून मातहत २६ जना कर्मचारीले जोखिम सुरपरिवेक्षणको काम गरिरहेको अवस्था छ । जोखिम सुपरिवेक्षण प्रमाणिकरणका कार्यक्रममा गएका संस्थाहरुको मासिक रुपमा तरलताको अवस्था कस्तो छ ? ती संस्थाहरुमा तरलता तोकिएको मापदण्डभन्दा घटि भएमा स्थिरीकरण कोषले तुरुन्तै तरलता सापटी दिने व्यवस्था कोषले गरेको छ । हाल कोषमा २५ करोड ५६ लाख ७३ हजार योगदान रकम पुगेको छ भने कोष निरन्तर ठूलो हुने क्रममा छ ।
संस्थाले कोषमा योगदान गरेर र नियमित जोखिम सुपरिवेक्षणमा बसेर आफ्नो संस्थालाई जीवन्तता प्रदान गर्नको लागि सम्पूर्ण साकोसहरुलाई संघका सिईओ एवं सदस्य सचिव सापकोटाले सबैमा आव्हान गर्नुभएको थियो ।
कार्यक्रममा संघका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले विश्वव्यापी रुपमा रहेका ७ वटा जोखिमहरुका विषयवस्तु प्रस्तुतीकरण सहित कार्याशालाको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारी, कोष सञ्चालन समितिका सदस्य एवं प्राधिकरणका सचिव रविन ढकाल, कोषमा योगदान गर्ने साकोसका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत एवं व्यवस्थापकहरु र व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सहभागीहरुले कार्यशालाबाट संस्थामा भएका जोखिमहरुका विषयमा विश्लेषण गर्न सक्ने र पहिचान गर्ने सक्ने अपेक्षा कोषको रहेको छ ।
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१२ दिन अगाडि
२७ दिन अगाडि
१ दिन अगाडि
२५ दिन अगाडि