युवा सदस्यहरुलाई फोटोग्राफी तालिम मार्फत व्यावसायिक बनाउन उत्प्रेरित गर्दै भक्तपुरको सिद्धि गणेश साकोस 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
युवा सदस्यहरुलाई फोटोग्राफी तालिम मार्फत व्यावसायिक बनाउन उत्प्रेरित गर्दै भक्तपुरको सिद्धि गणेश साकोस 

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरुलाई उद्यमी बनाउन प्रेरित गर्दै पन्ध्रदिने आधारभुत फोटोग्राफी तालिम प्रदान गरेको छ । साकोसको युवा उपसमितिको अयोजनामा सञ्चालित १५ दिने तालिम असार ६ गते सम्पन्न भएको हो । 

समाजमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित संस्थाले निरन्तर रुपमा सदस्य लक्षित सिपमूलक एवं क्षमता अभिबृद्धि तालिम सञ्चालन गरी सदस्यहरुलाई आर्थिक अवसर प्रदान गर्दै आएको साकोसका अध्यक्ष रुद्र नारायण लाखाले बताउनुभयो ।

कार्यक्रममा उपसमितिका संयोजक एवं संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले आधारभुत शिक्षा र सिपको महत्वबारे चर्चा गर्दै संस्थाबाट विद्यार्थीहरुको उज्वल भविष्यको लागि सहि विषय र सिप छनोट सम्बन्धी मार्ग निर्देशन कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले अब शिक्षण संस्थाहरुले पनि युवाहरुलाई पढ्न तथा काम गर्न विदेश जाने सल्लाह दिनुभन्दा पनि स्थानीय रुपमा काम गर्न सकिने सम्भावनाहरु देखाएर प्रयोगयात्मक शिक्षा र सिप प्रशिक्षण गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औल्याउँनुभयो ।

उहाँले अनियमितता र भ्रष्टचार नै देश समस्यामा पर्नुको मुख्य जरा हो भन्नुहुँदै हामी जस्ता कृषि प्रधान राष्ट्रमा कृषिको प्रवद्र्धन र युुवाहरुलाई उत्पादनमूलक तालिमको व्यवस्था गरी वैदेशिक रोजगारीका लागि बाहिरिने युवाहरुलाई स्वदेश मै उत्पादनशिल क्षेत्रमा सदुपयोग गरे मात्र देशको उत्पादन शक्तिमा बृद्धि भई राष्ट्रको दिगो विकास हुने बताउनुभयो । 

कार्यक्रममा तालिमका प्रशिक्षक शरद् राईले दुई सय वर्ष अगाडी देखि नै फोटोग्राफीको विकासक्रम सुरु भएको उल्लेख गर्नुहुँदै फोटोग्राफी क्षेत्रमा एआई जस्ता आधुनिक विज्ञानको विकासले सकारात्मक सँगै नकारात्मक विषयहरु भित्र्एको र त्यस प्रति सजग भएर काम गर्नुपर्ने बताउनुभयो । 

उहाँले छिमेकी राष्ट्र भारत र चीनको उदहरण दिँदै आधारभुत शिक्षालाई बलियो बनाए मात्र देशमा दक्ष जनशक्तिको उत्पादन हुने बताउनुभयो । उहाँले नेपालमा सिपमूलक एवं प्रयोगयात्मक शिक्षाको आवश्यकता रहेको औल्याउँदै दक्ष जनशक्तिले समाजलाई सफल र असल बनाउने विचार व्यक्त गर्नुभयो । सिद्धि गणेश साकोस भक्तपुर फोटोग्राफी सुरु गर्ने प्रारम्भिक संस्था रहेको जानकारी दिँदै प्रशिक्षक राईले भन्नुभयो, ‘सिद्धि गणेशबाट फोटोग्राफी तालिम लिएका प्रशिक्षार्थीहरुले फोटोग्राफीलाई व्यवसाय बनाएर आय आर्जनको राम्रो स्राते निर्माण गरेका छन् ।’ 

कार्यक्रममा उपसमितिका सचिव जसतारा कोजु, व्यवस्थापक शिला गोसाई र तालिमका प्रशिक्षार्थी तेजस्वी मानन्धरले पनि आफ्ना विचारहरु प्रस्तुत गर्नुभएको थियो ।  
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप