अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२५ भोलि विशेष समारोहकाबीच मनाईंदै 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२५ भोलि विशेष समारोहकाबीच मनाईंदै 

ललितपुर । अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२५ भोलि अर्थात जुलाई ५ (२०८२ असार २१) का दिन (Driving Inclusive and Sustainable Solutions for a Better World) ‘समुन्नत विश्वका लागि समावेशी तथा दिगो समाधान अघि बढाउनु’ भन्ने थिमका साथ विश्वव्यापी रुपमा विशेष समारोहकाबीच मनाईंदैछ । 

आज एक पत्रकार सम्मेलन मार्फत राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२५  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा २०८२ आसर २१ गते कुपण्डोलस्थित हिमालयन होलटमा विशेष समारोहको बीच मनाईने जानकारी गराएको छ । महासंघले महिला उद्यमशीलता, युवा सहभागिता र सहकारी सुशासनलाई दिवसको मूल एजेन्डाको रुपमा प्राथमिकतामा राखिएको जनाएको छ ।

कार्यक्रममा सम्बन्धित मन्त्रालय, सरकारी अधिकारी,  सहकारीकर्मी, दातृ संस्था, उद्यमी, सञ्चारकर्मी युवा र महिलाहरु सहित देशभरबाट आमन्त्रण गरिएका करिब १५० जना सहकारीकर्मीहरुको सहभागिता रहने जनाइएको छ । दिवसले सहकारीहरुको विश्वव्यापी योगदानलाई उजागर गर्दै समावेशी, दिगो र मानवीय मूल्यमा आधारित सहकारी विकासलाई जोड दिइने जनाएको छ । 

अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२५ विशेष समारोहको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासंघकी अध्यक्ष ओमदेवी मल्लले प्रेस विज्ञप्ती वाचन गर्दै कार्यक्रमका विशेषताहरुबारे जानकारी गराउनुभएको थियो । 

अध्यक्ष मल्लले समारोहमा सहकारी विभागका रजिष्ट्रारद्वारा अन्तर्राष्ट्रिय थिममा आधारित कार्यपत्र प्रस्तुतीकरण रहने, हेफर इन्टरनेशनल नेपाल र महासंघको संयुक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरिने, उद्यमशील महिलाहरुका वास्तविक कथा उनीहरुकै आवाजमा प्रस्तुत गरिने, महिला सहकारी संस्थाहरुका उत्पादनहरुको प्रदर्शनी स्टल राखिने, नीतिनिर्माताहरुद्वारा सहकारी मैत्री नीति निर्माणप्रति प्रतिबद्धता व्यक्त हुने र सहकारी क्षेत्रका उत्कृष्ट योगदान पुर्याउने संघ संस्थाहरु, कर्मचारी, पत्रकार र व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने लगायतको कार्यक्रम रहेको जानकारी गराउनुभयो । 

कार्यक्रममा महासंघका उपाध्यक्ष द्वय डिवी बस्नेत, इन्दिरा पन्त, सञ्चालकहरुमा टेकप्रसाद चौलागाई, परितोष पौड्याल, सुमन नेपाल, लगायत महासंघका कर्मचारी र पत्रकारहरुको उपस्थिति थियो । 

सहकारी दिवस २०२५ ले नाफामुखी व्यवसायका विकल्पको रुपमा सदस्य केन्द्रीत सहकारी आन्दोलनलाई विश्वव्यापी रुपमा स्थापित गर्ने अभिप्राय लिएको र नेपालमा पनि यो दिवस सहकार्य, समावेशीकरण, सुशासन र दिगोपनका आदर्शहरुलाई जीवन्त बनाउने अवसरका रुपमा लिइएको महासंघले जनाएको छ ।

१०३औं अन्तर्राष्ट्रिय सहकारी दिवस साथै यो वर्ष ३१ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३२ औं राष्ट्रिय सहकारी महासंघ दिवस पनि एकसाथ मनाईंदै छ । 

विश्वभर सहकारीको महत्व, उद्देश्य, सिद्धान्त, सफलता र सम्भावनाहरुबारे जनचेतना, शिक्षा, जागरण र प्रवर्द्धनका कार्यक्रमहरु गरी यो दिवस मनाउने गरिन्छ । प्रदेश र स्थानीय तहमा सञ्चालित प्रारम्भिक सहकारी संघ संस्था र विषयत प्रदेश र जिल्ला संघहरुले समेत अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२५ विविध कार्यक्रम गरि आआफ्नै ठाउँमा मनाउने कार्यक्रमहरु रहेको पनि महासंघले जनाएको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप