अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२५ भोलि विशेष समारोहकाबीच मनाईंदै 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२५ भोलि विशेष समारोहकाबीच मनाईंदै 

ललितपुर । अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२५ भोलि अर्थात जुलाई ५ (२०८२ असार २१) का दिन (Driving Inclusive and Sustainable Solutions for a Better World) ‘समुन्नत विश्वका लागि समावेशी तथा दिगो समाधान अघि बढाउनु’ भन्ने थिमका साथ विश्वव्यापी रुपमा विशेष समारोहकाबीच मनाईंदैछ । 

आज एक पत्रकार सम्मेलन मार्फत राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२५  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा २०८२ आसर २१ गते कुपण्डोलस्थित हिमालयन होलटमा विशेष समारोहको बीच मनाईने जानकारी गराएको छ । महासंघले महिला उद्यमशीलता, युवा सहभागिता र सहकारी सुशासनलाई दिवसको मूल एजेन्डाको रुपमा प्राथमिकतामा राखिएको जनाएको छ ।

कार्यक्रममा सम्बन्धित मन्त्रालय, सरकारी अधिकारी,  सहकारीकर्मी, दातृ संस्था, उद्यमी, सञ्चारकर्मी युवा र महिलाहरु सहित देशभरबाट आमन्त्रण गरिएका करिब १५० जना सहकारीकर्मीहरुको सहभागिता रहने जनाइएको छ । दिवसले सहकारीहरुको विश्वव्यापी योगदानलाई उजागर गर्दै समावेशी, दिगो र मानवीय मूल्यमा आधारित सहकारी विकासलाई जोड दिइने जनाएको छ । 

अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२५ विशेष समारोहको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासंघकी अध्यक्ष ओमदेवी मल्लले प्रेस विज्ञप्ती वाचन गर्दै कार्यक्रमका विशेषताहरुबारे जानकारी गराउनुभएको थियो । 

अध्यक्ष मल्लले समारोहमा सहकारी विभागका रजिष्ट्रारद्वारा अन्तर्राष्ट्रिय थिममा आधारित कार्यपत्र प्रस्तुतीकरण रहने, हेफर इन्टरनेशनल नेपाल र महासंघको संयुक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरिने, उद्यमशील महिलाहरुका वास्तविक कथा उनीहरुकै आवाजमा प्रस्तुत गरिने, महिला सहकारी संस्थाहरुका उत्पादनहरुको प्रदर्शनी स्टल राखिने, नीतिनिर्माताहरुद्वारा सहकारी मैत्री नीति निर्माणप्रति प्रतिबद्धता व्यक्त हुने र सहकारी क्षेत्रका उत्कृष्ट योगदान पुर्याउने संघ संस्थाहरु, कर्मचारी, पत्रकार र व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने लगायतको कार्यक्रम रहेको जानकारी गराउनुभयो । 

कार्यक्रममा महासंघका उपाध्यक्ष द्वय डिवी बस्नेत, इन्दिरा पन्त, सञ्चालकहरुमा टेकप्रसाद चौलागाई, परितोष पौड्याल, सुमन नेपाल, लगायत महासंघका कर्मचारी र पत्रकारहरुको उपस्थिति थियो । 

सहकारी दिवस २०२५ ले नाफामुखी व्यवसायका विकल्पको रुपमा सदस्य केन्द्रीत सहकारी आन्दोलनलाई विश्वव्यापी रुपमा स्थापित गर्ने अभिप्राय लिएको र नेपालमा पनि यो दिवस सहकार्य, समावेशीकरण, सुशासन र दिगोपनका आदर्शहरुलाई जीवन्त बनाउने अवसरका रुपमा लिइएको महासंघले जनाएको छ ।

१०३औं अन्तर्राष्ट्रिय सहकारी दिवस साथै यो वर्ष ३१ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३२ औं राष्ट्रिय सहकारी महासंघ दिवस पनि एकसाथ मनाईंदै छ । 

विश्वभर सहकारीको महत्व, उद्देश्य, सिद्धान्त, सफलता र सम्भावनाहरुबारे जनचेतना, शिक्षा, जागरण र प्रवर्द्धनका कार्यक्रमहरु गरी यो दिवस मनाउने गरिन्छ । प्रदेश र स्थानीय तहमा सञ्चालित प्रारम्भिक सहकारी संघ संस्था र विषयत प्रदेश र जिल्ला संघहरुले समेत अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२५ विविध कार्यक्रम गरि आआफ्नै ठाउँमा मनाउने कार्यक्रमहरु रहेको पनि महासंघले जनाएको छ । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१४ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप