प्रयास साकोस बुटवलद्वारा रक्तदान कार्यक्रम : ७३ युनिट रगत संकलन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रयास साकोस बुटवलद्वारा रक्तदान कार्यक्रम : ७३ युनिट रगत संकलन

रुपन्देही । प्रयास बचत तथा ऋण सहकारी संस्था लि., बुटवल १२ रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । संस्थाको १८औं स्थापना दिवसको पूर्व सन्ध्यामा आयोजित रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुबाट ७३ युनिट रगत संकलन भएको छ । साकोसले आफ्नो मध्यकालीन रणनीतिक योजनामा समेटिएको सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रम अन्तर्गत मानवीय सहयोगका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ । 

चारपाला पुर्व सैनिक कल्याणकारी क्लबको सभाहल, तामनगरमा आयोजित रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रक्तसञ्चार सेवा गृह बुटवलले गरेको थियो ।

कार्यक्रममा साकोसका अध्यक्ष भिम बहादुर थापाले प्रयास साकोस सधै समुदायमा समर्पित रहदै आएको, आफ्ना वित्तीय गतिविधिमा मात्र सिमित नरही निरन्तर समाज केन्द्रित गतिविधि संचालन गरिरहेको बताउनुभयो । रगतको अभावमा अकालमा ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य हुनुपर्ने भन्दै प्रयास साकोसले यस्ता गतिविधि निरन्तर रूपमा आयोजना गर्ने योजना रहेको उहाँको भनाई थियो । 

कार्यक्रमका प्रमुख अतिथि सुर्य बहादुर रानाले आफ्ना समाजोपयोगी पृथक गतिविधिको कारण प्रयास सहकारीले समाजमा अलग्गै स्थान बनाएकोमा प्रशंसा गर्नुभयो । कार्यक्रममा साकोसका सल्लाहकारहरु इस्वरी प्रसाद रेग्मी, होमनाथ पौडेल र हिरा कुमारी तरामुले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो । 

रक्तदान जीवनदान हो, भन्दै जे.एन.सर कोरिएन भाषा प्रशिक्षण केन्द्रमा अध्ययनरत दर्जनौं विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएका थिए । जसको समन्वय शुभेच्छुक कुश्माखर पाण्डेले गर्नुभएको थियो । कार्यक्रम संयोजन सुनिता गिरिले तथा सञ्चालन सचिव तिर्थराज काफ्लेले गर्नुभएको थियो भने उपाध्यक्ष प्रकाशमणी खनालले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै स्वागत गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप