भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहकारीमा ?
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहकारीमा ?

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो कार्यकालमा १ वर्षको अवधिमा भएका महत्वपूर्ण कामहरु विहिबार एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुभएको छ ।

सहकारी क्षेत्र सम्बन्धमा सार्वजनिक भएका प्रगति विवरण 

१. सहकारीको तरलताको समस्या समाधानका लागि बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ संशोधन गरी कार्यान्वयनमा ल्याईएको,

२. संघ, प्रदेश र स्थानीयतहको कार्यक्षेत्रभित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न मिति २०८१/१०/१४ मा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना गरिनुका साथै अध्यक्ष समेतको नियुक्ति भई कार्य संचालन भएको,

३. मिति २०८१/११/२२ मा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८१ जारी भई ब्यक्तिगत बचत तथा ऋणको सीमा निर्धारण, निक्षेप तथा कर्जा सुरक्षण कोषको सदस्यता लिनु पर्ने व्यवस्था तथा कर्जा सूचना केन्द्र लगायतका प्रावधानहरु समेटिएको,

४. सहकारी क्षेत्रको सहकारी कर्जा असुली न्यायधीकरण गठन भई कार्य प्रारम्भ भएको,

५. सहकारी संघ संस्थाहरुमा पारदर्शिता कायम गराउन सम्पत्ति सुद्धीकरण निवारण सम्बन्धी सहकारी संघ÷संस्थालाई निर्देशन, २०८१, मिति २०८१/०९/१९ मा संशोधन गरी कार्यान्वयनमा ल्याईएको,

६. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट सम्पादन हुने कार्यलाई छिटो छरितो र समयमै सम्पन्न गर्न पदाधिकारीको नियुक्ति गर्नुका साथै थप जनशक्तिको समेत व्यवस्था मिलाईएको, 

७. सहकारी संघसंस्थामा सुशासन प्रवर्धनका लागि १०२ बुँदे एकीकृत निर्देशन जारी गरिएको,

८. सहकारी विभाग मार्फत ४० सहकारी संघ संस्थाको सघन अनुगमन गरी देखिएका कमी कमजोरीहरु सुधारका लागि सम्बन्धित संस्थालाई निर्देशन दिइएको,

९. सहकारी सम्बन्धी एकीकृत तथ्याङ्कको लागि विकास गरिएको Cooperative & Poverty Management Information System (CoPoMIS) प्रणालीमा चालु आ.व.मा १ हजार ४ सय ९३ गरी हालसम्म जम्मा १९ हजार १ सय ८९ सहकारी संस्थालाई आबद्ध गरिएको,

१०. समस्याग्रस्त सहकारी व्यवस्थापन समितको कार्य छिटो र छरितो प्रक्रियाबाट सम्बोधन गर्न समस्याग्रस्त सहकारीका पिडितहरुको बचत रकम फिर्ता र दायित्व फरफारक गर्ने कार्ययोजना तयार गरिएको,

११. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयबाट समस्याग्रस्त घोषित २३ मध्ये राफसाफ भएका सहकारी संस्थाहरु ५ वटा रहेकोमा सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी सहकारी संस्था १८ रहेका र हालसम्म ६१ हजार ९४ कुल दावीकर्ताहरु मध्ये ४ हजार ९ सय ८८ सदस्यहरुलाई बचत फिर्ता गरिएको,

१२. समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालय मार्फत बचत कर्ता र ऋणी बीच हिसाब मिलान गरी रु. ३ अर्ब ७१ करोडको दायित्व मिलान भुक्तानी फरफारक गरिएको, 

१३.समस्याग्रस्त घोषित सहकारी संस्थाहरुका ऋणीहरुबाट रु. २९ करोड ऋण असुल भएको, ५ वटा मार्ट व्यवस्थापन भएको, सहकारी संस्थाका ४८ सेवा केन्द्रको व्यवस्थापन भएको, ८ हजार ऋणी सदस्यहरुको जनखाता र अचल सम्पत्ति रोक्का गर्ने कार्य भएको ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

१३ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

१ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप