बागमती प्रोस्कूनले मनायो छैठौं स्थापना दिवसः विविध १४ विधामा सम्मान तथा पुरस्कार घोषणा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रोस्कूनले मनायो छैठौं स्थापना दिवसः विविध १४ विधामा सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(बागमती प्रोस्कून) ले आज आफ्नो पाँचौ बार्षिकोत्सव तथा छैठौं स्थापना दिवस विशेष समारोहका बीच मनाएको छ । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको स्थापना दिवस कार्यक्रमको उद्घाटन महासंघकी अध्यक्ष ओमदेवी मल्लले गर्नुभएको थियो ।

बागमती प्रोस्कूनले स्थापना दिवसको अवसरमा सहकारी क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सहकारी संघ/संस्था तथा अभियानको प्रवर्द्धनमा योगदान पुर्याउने अभियन्ता लगायत विविध विद्यामा सम्मान तथा पुरस्कारको घोषणा समेत गरेको छ ।

बागमती प्रोस्कूनबाट विभिन्न १४ विधामा सम्मान तथा पुरस्कारका लागि छनौट हुनुभएका व्यक्ति तथा संघ/संस्थाको नाम सचिव ठाकुर बास्कोटाले घोषणा गर्नुभएको थियो । 

सम्मान तथा पुरस्कार घोषणा अन्तर्गत उत्कृष्ट सहकारी अभियन्ता पुरस्कारबाट महासंघकी अध्यक्ष ओमदेवी मल्ल पुरस्कृत घोषित हुनुभएको छ । त्यसैगरी उत्कृष्ट जिल्ला बचत संघमा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून), प्रदेश उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थामा जनमुखी साकोस दोलखा घोषणा भएको छ ।

त्यसैगरी बचत तथा ऋण सहकारी संस्था–महिला तर्फ लक्ष्मी महिला साकोस पनौती र पूर्व सञ्चालक सम्मान तेजेन्द्र बहादुर खड्का चितवन घोषित हुनुभएको छ । त्यस्तै उत्कृष्ट पदाधिकारी एंव सञ्चालक सम्मान बुडोल सामुदायिक साकोस काभ्रेका अध्यक्ष कैलाश केसी, प्रदेश उत्कृष्ट व्यवस्थापक पुरुषतर्फ ग्रामिण साकोस चितवनका सिताराम सिलवाल र महिलातर्फ जागरण साकोस मकवानपुरकी मेनुका दाहाल पुरस्कृत घोषित हुनुभएको छ । त्यस्तै यो वर्षको पत्रकारिता पुरस्कार मदानी विट काभ्रेका प्रकाशक मोतीराम तिमल्सिनाले प्राप्त गर्ने हुनुभएको छ । 

त्यस्तै संघको उत्कृष्ट कर्मचारीमा व्यवसाय सहायक रामकृष्ण दुलाल, उत्कृष्ट सेवा उपयोग सम्मान नेचुरल साकोस काठमाडौं र उत्कृष्ट बचतकर्ता सम्मान दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघको नाम घोषणा भएको छ । उत्कृष्ट लगानीकर्ता सम्मान बिन्धवासिनी साकोस काभ्रे र एकीकरण गर्ने संस्थामा बज्रबाराही बचत तथा ऋण सहकारी संस्था मकवानपुरलाई प्रदान गरिने भएको छ । 

संघले उक्त पुरस्कार तथा सम्मान संघको आगामी बार्षिक साधारण सभामा वितरण गर्ने जनाएको छ ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप