दिगो साकोस अभियानका लागि कर्मचारीलाई तीक्ष्ण बनाउँदै नेफ्स्कून
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दिगो साकोस अभियानका लागि कर्मचारीलाई तीक्ष्ण बनाउँदै नेफ्स्कून

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आबद्ध सदस्य संघ संस्थाहरुको वित्तीय सुरक्षा साथै दिगोपनाका लागि संघमा सम्बन्धित कर्मचारीको क्षमता विकास गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरेको छ । काठमाडौंमा आज र भोलि (श्रावण १३ र १४ गते) सञ्चालन हुने तालिममा सदस्य सेवा अन्तर्गतका र सम्बन्धित शाखाका बरिष्ठ अधिकृत र अधिकृत तहका २६ जना कर्मचारीहरुको सहभागिता रहेको छ ।

तालिम शुभारम्भ सत्रको सम्बोधन साथै कर्मचारीहरुलाई उत्प्रेरणात्मक सन्देश प्रदान गर्दै संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले कर्मचारीहरुमा नयाँ ज्ञान, सीप र धारणाको विकास गरी व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न, सहकारीमा सुशासन कायम गर्नुका साथै कार्य क्षमतामा अभिवृद्धि ल्याउन तालिम उपलब्धिमूलक रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यालयीय सफलता समूहकार्यमा निहित रहने हुँदा सामूहिक कार्यवातावरणको विकासमा जोड दिनुपर्ने बताउनुभयो । 

बरिष्ठ उपाध्यक्ष अधिकारीले समसामयिक वस्तुस्थितिमा साकोस अभियानलाई निश्चित गति प्रदान गर्नुपर्ने र सदस्यहरुलाई साकोसप्रति विश्वास कायम गराउनुपर्ने भूमिकामा संघ रहेकोले पनि कर्मचारी क्षमता विकास तालिम आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, 'नेफ्स्कूनप्रति सदस्यहरुको विश्वास अक्षुण राख्नको लागि संघले निरीक्षण सुपरिवेक्षण गर्ने मात्र नभएर सदस्य सँग सम्बन्ध स्थापना गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्छ, त्यसका लागि परिस्थितिअनुकुल मनस्थिति निर्माण गरेको जनशक्ति व्यवस्थापन आवश्यक छ ।' सहकारी क्षेत्रको विकास र विस्तार सँगसँगै सेवाको प्रभावकारिता वृद्धि र सबल संस्थागत सुशासन प्रवर्द्धनका लागि कर्मचारीको कार्यशैली, गति र क्षमता विकास पनि अनिवार्य रहेको उहाँको भनाई थियो । 

संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले संघको रणनीतिक कार्यदिशा विषयक प्रस्तुतीकरण गर्दै अभियानको शीर्ष संघमा कार्यरत कर्मचारी अभियानको एक मात्र विशिष्ट सोलुसन रहेको र आबद्ध सदस्य संस्थाको दिगोपना सुनिश्चितताका लागि पहिलो र अन्तिम समाधान हुने बताउनुभयो ।

साकोस अभियान प्रवर्द्धन, विकास, व्यावसायिकरण र सञ्जालीकरणबाट अगाडि बढिसकेको अवस्थामा अव संघ अभियानको वित्तीय सुरक्षा र दिगोपना विकासको चरणमा प्रवेश गरेको बताउँदै कर्मचारीको सक्षमता विकास अनिवार्य रहेको स्पष्ट पार्नुभयो ।

उहाँले समुह कार्य नै कर्मचारीको व्यक्तिगत एवं कार्यालयीय सफलताको अन्तिम विन्दु रहेको बताउँदै कर्मचारीको ज्ञान, सीप, धारणा, आचरण, व्यवहार र दृष्टिकोण मा समयानुकूल परिवर्तित सिकाई महत्वपूर्ण हुने बताउनुभयो । 

कार्यक्रम शुभारम्भको सञ्चालन संघका प्राचार्य वल्लभ तिमल्सिनाले गर्नुभएको थियो । दुई दिनसम्म चल्ने उक्त तालिममा सहकारीमा सुरक्षित ऋण लगानीका कानुनी र नीतिगत प्रावधान, ऋण असुली न्यायाधिकरण सम्बन्धी कानुनी प्रावधान, कार्यप्रणाली र सेवाहरु, साकोसमा वित्तीय अनुगमन रणनीति, पर्ल्स वा अन्य प्रयोग सम्बन्धी वित्तीय कार्यसम्पादन मूल्यांकन तथा उपयुक्त उपकरणहरु, जोखिममा आधारित आन्तरिक लेखापरीक्षण र कार्यात्मक जोखिम मुल्यांकन सम्बन्धी विषयहरुमा विभिन्न विषय विज्ञहरुबाट सहजीकरण गरिने कार्यक्रम रहेको संघले जनाएको छ । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

७ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप