रौतहट जिल्ला बचत संघद्वारा सचेतनामूलक तीज विशेष कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रौतहट जिल्ला बचत संघद्वारा सचेतनामूलक तीज विशेष कार्यक्रम सञ्चालन

चन्द्रनिगाहपुर, रौतहट । “मितव्ययिताका साथ चाडपर्व मनाऔं, फजुल खर्चलाई बचतमा रुपान्तरण गरौं भन्ने मुल सन्देश दिँदै रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले सचेतनामुलक तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको पूर्व सन्ध्यामा श्रावण १७, गते शनिबार साकोसले आवद्ध सदस्य संस्थाका महिला सञ्चालक र कर्मचारीहरुलाई लक्षित गरी तीज विशेष कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रमको उद्घाटन चन्द्रपुर वडा नं. ६ का अध्यक्ष सहदेव के सि ले गर्नुभएको थियो । कार्यक्रममा चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख शेख नसरे आलम, हातेमालो सामुदायिक बनका अध्यक्ष रामलाल ठोकर, संघका सल्लाहकार र सञ्चालकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संघका सदस्य दुर्गा दाहालले स्वागत गर्नु भएको थियो । कार्यक्रम सञ्चालन महासचिव देव बहादुर सापकोटाले गर्नु भएको थियो भने तीज सम्बन्धी कविता बाचन सचिब वसन्त आचार्यले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष बिभु पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा महिला सहकारीकर्मी र कर्मचारीहरु गरि १ सय १६ जना को सहभागिता रहेको थियो । 

कार्यक्रमको दोस्रो सत्रमा सहभागीहरुबिच नृत्य प्रतियोगिता र सामुहिक नृत्य गरिएको थियो । सो कार्यक्रमको सञ्चालन अस्मिता आलेले गर्नु भएको थियो  कार्यक्रममा प्रथम दितिय र तृतीय हुनेलाई प्रोत्साहन स्वरुप सामान्य पुरस्कारको व्यवस्था गरिएको थियो । कार्यक्रमको अन्त्यमा उल्लेखित स्लोगनलाई व्यवहारमा उतार्न अनुरोध गर्दै मुख मिठा गर्ने कार्यक्रम समेत राखिएको थियो ।

कार्यक्रम सफल बनाउन तीज बिशेष कार्यक्रमका संयोजक कल्पना दाहाल, मुल्यांकनकर्ता दुर्गा आचार्य, शुभद्रा नेपाल र बिमला ढकाल रहनुभएको थियो । 

तीज गीत तथा नृत्य प्रतियोगितामा क्रमशः सत्यभामा अधिकारी, इन्दिरा गेलाल र सम्झना बोगटी प्रथम, द्धितीय र तृतीय हुनुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप