संस्कृतिको जगेर्ना साथै महिला सदस्यहरुमा वित्तीय साक्षरताको ज्ञान दिँदै बाबियाखर्क साकोसको तीज विशेष बचत कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संस्कृतिको जगेर्ना साथै महिला सदस्यहरुमा वित्तीय साक्षरताको ज्ञान दिँदै बाबियाखर्क साकोसको तीज विशेष बचत कार्यक्रम सम्पन्न

बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि.ले साउन १७ गते, शनिबारका दिन संस्कृतिको जगेर्ना साथै महिला सदस्यहरुमा वित्तीय साक्षरताको ज्ञान दिँदै तीज विशेष बचत कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । शान्तिनगर, काठमाडौंस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रम साकोसकी सञ्चालक एवं महिला उपसमिति संयोजक श्रीभा नेपाल (न्यौपाने)को सभाध्यक्षतामा भएको थियो । 

सहभागीहरुलाई स्वागत गर्दै शिक्षा उपसमिति सदस्य कल्पना खनालले संस्थाको गुणस्तर कायम गर्ने मुख्य जिम्मेवारी सदस्यहरुको रहेको हुँदा साकोसले सदस्य मैत्री विविध कार्यक्रमहरु साथसाथै महिला सदस्यहरु लक्षित तीज विशेष बचत कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले संस्कृतिको संरक्षण साथै बचत शिक्षाको महत्वलाई समेत एकसाथ बुझेर अगाडि बढ्न सके सफल जीवनका लागि प्रभावकारी वित्तीय व्यवस्थापन सम्भव हुने  बताउनुभयो । 

सो अवसरमा साकोसका अध्यक्ष ऋषिराज घिमिरेले २०८२ सालको हरितालिका तीजको उपलक्ष्यमा शुभकामना दिनुहुदै वित्तीय साक्षरता आजको अपरिहार्य विषय भएकोले वचत र ऋण सदुपयोगीताका बारेमा सदस्यहरुले सिकेर ब्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो । ऋण लगानी भन्दा पनि अशुलीको लागि अहिले सहकारी संस्थाहरुले समय धेरै दिन परेको बताउनु हुदै यो अनुभवले आगामी दिनका ऋण लगानीका बारेमा सकारात्मक अनुभब हाँसिल भएको धारणा ब्यक्त गर्नुहुदै सदस्य संख्यामा भन्दा पनि क्रमिक प्रकृतिका बचतमा सदस्यहरुको सहभागीता बृद्धी गर्न गराउन आ.व २०८२।०८३ मा सदस्यमुखी कार्यक्रमहरुमा सदस्यहरुलाई सहभागी गराई अझ सदस्य सक्रियता बढाउने बताउनुभयो ।

उक्त कार्यक्रममा साकोसका प्रमुख कार्यकारी अधिकृत बल्देब कुमार पौड्यालले सहकारिता लगायत वित्तीय साक्षरताका विषयवस्तुहरुमा सहजीकरण गर्नुभएको थियो । सञ्चालक समितिकी सदस्य तारादेबी थपलिया (भेटवाल) ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा १९५ जना सदस्यहरुको सहभागिता रहेको थियो । सो अवसरमा तीज बिशेष बचतमा आवद्ध सदस्यहरु मध्य सबैभन्दा बढी बचत गर्ने १ जना सदस्यलाई पुरस्कृत घोषणा समेत गरिएको थियो । कार्यक्रमको अन्त्यमा दरखाने तथा नाचगानको कार्यक्रममा सहभागी भई सदस्यहरुले भरपुर मनोरञ्जन गर्नुभएको थियो । सदस्यहरुका लागि निःशुल्क दरखाने व्यवस्था साकोसले गरेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप