प्राधिकरणमा नवनियुक्त कार्यकारी निर्देशक र निर्देशकलाई अध्यक्षद्वारा स्वागत, नतिजामुखी परिणाम ल्याउने गरि काम गर्ने प्रतिबद्धता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्राधिकरणमा नवनियुक्त कार्यकारी निर्देशक र निर्देशकलाई अध्यक्षद्वारा स्वागत, नतिजामुखी परिणाम ल्याउने गरि काम गर्ने प्रतिबद्धता 

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा.खगराज शर्माले नवनियुक्त कार्यकारी निर्देशक शेष नारायण पौडेल र निर्देशक ज्ञान नाथ ढकाललाई प्राधिकरणमा स्वागत गर्नुभएको छ ।

 प्राधिकरणमा आज आयोजित एक संक्षिप्त कार्यक्रमका बीच अध्यक्ष डा. शर्माले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठित प्राधिकरणको महत्वलाई प्रभावकारी बनाउन सवैले कार्यबोधका साथ नतिजामुखी परिणामको लागि काम गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । यससँगै प्राधिकरणमा कार्यरत कर्मचारीहरुलाई कार्यजिम्मेवारीको बोध गराउँदै मार्गनिर्देशन समेत गर्नुभएको थियो । 

त्यसैगरि नव नियुक्त कार्यकारी निर्देशक शेष नारायण पौडेलले हामीले प्राधिकरणको महत्वलाई स्थापना गरी जनमानसमा विश्वास जगाउने काम गर्नुपर्ने बताउनुभयो । प्राधिकरणको उद्देश्य पुरा गर्नका लागि कर्मचारीहरुलाई ईमान्दार, लगनशिल र अनुशासित भएर काम गर्नमा प्रोत्साहित गरिने उहाँको भनाई थियो । 

नव नियुक्त निर्देशक ज्ञान नाथ ढकालले प्राधिकरणको उद्देश्य अनुरुप सहकारी अभियानलाई सुदृढ बनाउन तत्परताका साथ काम गर्ने बचनबद्धता व्यक्त गर्नुभएको थियो । 

साउन १२ गते बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा सहसचिव पौडेललाई पठाउने निर्णय गरेको थियो । त्यसैगरि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव ज्ञान नाथ ढकालाई मन्त्रालयले केही दिन अगाडि मात्रै प्राधिकरणको निर्देशकमा पठाउने निर्णय गरेको थियो । 

प्राधिकरणले पूर्णता पाउन विज्ञ सदस्यहरु नियुक्त हुन बाँकी रहेको र अझै केही कर्मचारीहरु समेत आवश्यक भएको प्राधिकरणले जनाएको छ । 

बचत तथा ऋण सहकारी अभियानबारे जानकार रहेका प्राधिकरणका सचिव रविन ढकाललाई भने मन्त्रालयले सरुवा गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप