नुवाकोटमा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया, बचत संघको सबलतामा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नुवाकोटमा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया, बचत संघको सबलतामा जोड

नुवाकोट । नुवाकोटमा बचत तथा ऋण सहकारीकर्मीहरुबीच सहकारीका समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।  नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा आइतबार सञ्चालित अन्तरक्रिया कार्यक्रम काफलगेडी बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको थियो । कार्यक्रम जिल्ला बचत संघका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुखत्वमा भएको थियो । कार्यक्रममा नुवाकोट जिल्ला सहकारी संघका लेखा संयोजक भोजराज पनेरु लगायत बचत संघ र अन्य प्रारम्भिक सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

अन्तरक्रियाका क्रममा सहभागीहरुबीच राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी निर्देशन, विभागद्वारा जारी निर्देशन, कर्जा असुली न्यायाधिकरण, स्थिरीकरण कोष र सहकारी प्रवर्द्धन कोष सम्बन्धी विषयहरुमा छलफल गरिएको बचत संघका अध्यक्ष नारायण श्रेष्ठले जानकारी गराउनुभयो । छलफलका क्रममा नेफ्स्कूनका अध्यक्ष ढकालले प्राधिकरण र विभागद्वारा जारी निर्देशनहरु बचत तथा ऋण सहकारी संस्थालाई दिगो र सुरक्षित बनाउने दिशामा निर्दिष्ट रहेको र ढुक्कका साथ निर्देशनको कार्यान्वयमा जान सकिने विचार राख्दै सुरक्षित साकोस अभियान निर्माणमा लाग्न सहभागीहरुलाई अनुरोध गर्नुभएको थियो । 

बचत तथा ऋण सहकारी संघ संस्थाहरुका सम्बन्धमा प्राधिकरणद्वारा जारी निर्देशनले समेटेका केही असहज व्यवस्थाहरुको संशोधनका लागि नेफ्स्कूनले निरन्तर वहश पैरवी जारी राखेको जानकारी गराउँदै अव बचत संघहरुले पनि आफ्नो क्षमता विकास र सबल संघ निर्माणको पहलमा अगाडि बढ्न अध्यक्ष ढकालले अनुरोध गर्नुभएको थियो ।   

त्यसैगरि ऋण असुलीका सम्बन्धमा सहकारी संघ संस्थाहरुले अधिकतम लचकता अपनाउँदै असुलीलाई प्रभावकारी ढंगले अगाडि बढाउन पनि अनुरोध गर्नुभएको थियो । उहाँले लगानीमा रहेको ऋणको अवस्था र अवधिलाई मध्येनजर गर्दै असुली गर्न तीब्रतर रुपमा लाग्न निर्देश गर्नुभएको थियो भने अटेर गर्ने सदस्यहरु भएमा कर्जा असुली न्यायाधिकरण समक्ष उजुरी गरेर अगाडि बढ्न सकिने विषयमा समेत अवगत गराउनुभएको थियो । 

छलफलका क्रममा सहभागीहरुबाट उठेका जिज्ञासाहरुको अध्यक्ष ढकालले क्रमबद्ध रुपमा सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष ढकालले नुवाकोट जिल्ला बचत संघ र विदुर न.पा. १, त्रिशुली बजारमा रहेको त्रिशुली बचत तथा ऋण सहकारी संस्थाको संस्थागत अवलोकन तथा निरिक्षण समेत गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप