नुवाकोटमा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया, बचत संघको सबलतामा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नुवाकोटमा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया, बचत संघको सबलतामा जोड

नुवाकोट । नुवाकोटमा बचत तथा ऋण सहकारीकर्मीहरुबीच सहकारीका समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।  नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा आइतबार सञ्चालित अन्तरक्रिया कार्यक्रम काफलगेडी बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको थियो । कार्यक्रम जिल्ला बचत संघका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुखत्वमा भएको थियो । कार्यक्रममा नुवाकोट जिल्ला सहकारी संघका लेखा संयोजक भोजराज पनेरु लगायत बचत संघ र अन्य प्रारम्भिक सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

अन्तरक्रियाका क्रममा सहभागीहरुबीच राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी निर्देशन, विभागद्वारा जारी निर्देशन, कर्जा असुली न्यायाधिकरण, स्थिरीकरण कोष र सहकारी प्रवर्द्धन कोष सम्बन्धी विषयहरुमा छलफल गरिएको बचत संघका अध्यक्ष नारायण श्रेष्ठले जानकारी गराउनुभयो । छलफलका क्रममा नेफ्स्कूनका अध्यक्ष ढकालले प्राधिकरण र विभागद्वारा जारी निर्देशनहरु बचत तथा ऋण सहकारी संस्थालाई दिगो र सुरक्षित बनाउने दिशामा निर्दिष्ट रहेको र ढुक्कका साथ निर्देशनको कार्यान्वयमा जान सकिने विचार राख्दै सुरक्षित साकोस अभियान निर्माणमा लाग्न सहभागीहरुलाई अनुरोध गर्नुभएको थियो । 

बचत तथा ऋण सहकारी संघ संस्थाहरुका सम्बन्धमा प्राधिकरणद्वारा जारी निर्देशनले समेटेका केही असहज व्यवस्थाहरुको संशोधनका लागि नेफ्स्कूनले निरन्तर वहश पैरवी जारी राखेको जानकारी गराउँदै अव बचत संघहरुले पनि आफ्नो क्षमता विकास र सबल संघ निर्माणको पहलमा अगाडि बढ्न अध्यक्ष ढकालले अनुरोध गर्नुभएको थियो ।   

त्यसैगरि ऋण असुलीका सम्बन्धमा सहकारी संघ संस्थाहरुले अधिकतम लचकता अपनाउँदै असुलीलाई प्रभावकारी ढंगले अगाडि बढाउन पनि अनुरोध गर्नुभएको थियो । उहाँले लगानीमा रहेको ऋणको अवस्था र अवधिलाई मध्येनजर गर्दै असुली गर्न तीब्रतर रुपमा लाग्न निर्देश गर्नुभएको थियो भने अटेर गर्ने सदस्यहरु भएमा कर्जा असुली न्यायाधिकरण समक्ष उजुरी गरेर अगाडि बढ्न सकिने विषयमा समेत अवगत गराउनुभएको थियो । 

छलफलका क्रममा सहभागीहरुबाट उठेका जिज्ञासाहरुको अध्यक्ष ढकालले क्रमबद्ध रुपमा सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष ढकालले नुवाकोट जिल्ला बचत संघ र विदुर न.पा. १, त्रिशुली बजारमा रहेको त्रिशुली बचत तथा ऋण सहकारी संस्थाको संस्थागत अवलोकन तथा निरिक्षण समेत गर्नुभएको थियो । 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२२ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप