नेफ्स्कूनको ३८औँ स्थापना दिवस सम्पन्न, विविध विधामा सम्मान र पुरस्कार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३८औँ स्थापना दिवस सम्पन्न, विविध विधामा सम्मान र पुरस्कार

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संङ्घ लिमिटेड (नेफ्स्कून) सुरक्षित साकोस र सम्मुनत समाजका लागि सहकार्य भन्ने मुल नाराका साथ विविध कार्यक्रम गरी  अनमोल बैक्वैट, शंखमुलको सभाहलमा ३८औ स्थापना दिवस सम्पन्न भएको छ  । 

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्री माननीय बलराम अधिकारीबाट पानसमा दिप प्रज्वलन तथा खुत्रुकेमा बचत गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

प्रमुख अतिथिले विगतदेखि हालसम्म बचत तथा ऋण सहकारी अभियानमा नतिजामुखी उपलब्धिहरु हासिल गरिरहेकोमा प्रशंसा गर्दै दीर्घकालिन रुपमा सहकारी अभियानलाई व्यवस्थित गर्न र राज्यले अघि सारेको अर्थतन्त्रको ३ खम्बा मध्ये एक खम्बाको रुपमा स्थापित गर्न आवश्यक परे सरकारले ऐन संशोधन गर्ने समेत तयार रहेको बताएका थिए । सहकारी कर्मीले मागेकै कारण नेपाल राष्ट्र बैंकलाई नियमनको लागि ल्याइएको उनले बताए । त्यसैले नेपाल राष्ट्र बैंकको विधि अनुसार नियमन गर्दा सहकारीको सिद्धान्त अनुसार मेल खाएन भन्नु गलत हुने उहाको भनाई छ । राष्ट्र बैंक र सहकारीको ऐन बिच तालमेल नमिलेको भन्दै उनले अभियानले सुधार गर्दै  जाने र राष्ट्र बैंकले सहजता बनाउदै जाने उल्लेख गरे । यो क्षेत्र सुधार भएन भने अझ कडाई गर्दै जाने समेत उहाले प्रस्ट पार्नुभयो । 

सङ्घहरुमा राखेको तरलता गणनाको विषयमा समेत आवाज उठिराखेको र यस विषयमा सरकार संम्वेदनशील भएको पनि मन्त्री अधिकारीले मन्तव्य राख्नु भएको थियो । अभियानमा असल नियतबाट गरिएका अभ्यासमा विग्रेका कुरालाई सुधार गर्न तपाईहरुलाई सजग गराई क्रमशः उत्साह थप्दै जाने हो । दिएको समयमा सङ्घहरुको अवस्था सुधार भएमा फेरी छलफल गरिने सन्दर्भ राख्दै सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण, कर्जा असुली न्यायाधिकरण र समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी तीन ओटै निकायले पूर्ण रुपमा काम गर्न सक्ने अवस्थामा पुगेको विषय पनि राख्नु भयो । कतिपय नीतिगत असहज भएका विषयहरु ऐन संशोधन गरी मिलाउन आवश्यक रहेको मन्त्री अधिकारीले बताउनु भएको थियो  । 

राष्ट्रिय सहकारी महासङ्घ नेपालका पुर्व अध्यक्ष, संविधान सभा सदस्य, पुर्व मन्त्री केशब बडालले नेफ्स्कूनले सहकारीहरुलाई शुसासनमा राख्नका लागि महत्वपुर्ण योगदान गरेको चर्चा गर्दै सहकारीको साइन बोर्ड झुन्ड्याएर कसैलाई पनि कुनै किसिमको अपराध गर्न छुट छैन भन्दै यस्ता अपराध गर्नेहरुलाई राज्यले नै संरक्षण गर्नु हुदैन त्यस्ता अपराधिहरुलाई कानूनी कठघरामा उभ्याउनु पर्छ भन्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सहकारी विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले सम्पत्ति शुद्धीकरण निवारणमा नेपालका सहकारीका प्रयासहरु, निवारणका प्रमुख मुद्धाहरु, ग्रे लिष्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ र सहकारी सम्पत्ति शुद्धीकरण निवारणमा विभागको अग्रसरताका वारेमा चर्चा गरी शुभकामना मन्तव्य राख्नु भएको थियो । 

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारीको साधारण सभालाई अतिथिको सभाका रुपमा नबनाई सहकारीका सदस्यहरुकै साधारण सभाको रुपमा बनाउनलाई सुझाब दिदै शुभकामना मन्तव्य राख्नु भएको थियो ।


राष्ट्रिय सहकारी महासंङ्घ नेपालको अध्यक्ष ओमदेवी मल्लले सहकारी अभियानमा सहकारीको नेतृत्वदायी भुमिका निर्वाह गर्दै युवाहरुलाई कसरी सहकारीमा आबद्ध गराउन सकिन्छ भन्ने विषयमा सबै सरोकारवाला निकायहरु सचेत हुनु पर्छ र बचत तथा ऋण सहकारी अभियानमा नेफ्स्कूनले विगतदेखि निभाएको अतुलनीय योगदान आफैमा सराहनीय छ भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितीका अध्यक्ष श्रीमण कुमार गौतमले नेफ्स्कूनले सहकारीहरुलाई शुसासनमा राखी बचत कर्ताको बचत सुरक्षित राख्न महत्वपूर्ण भुमिका खेलेको चर्चा गर्दै अपचलन र दुरुपयोग गरेर समस्या ग्रस्त सहकारीमा परेका तिन वटा सहकारीहरुको सबै कारोवार राफसाफ गरी अरु समस्याग्रस्त सहकारीका सञ्चालक समिती र लेखा सुपरिवेक्षक समितिका सदस्यहरुको सम्पती रोक्का राखी कारबाहीको प्रक्रिया अगाडी बढाएको कुरा गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो । 

नेफ्स्कूनका निवर्तमान अध्यक्ष परितोष पौडेलले आर्थिक वर्ष ०८१/०८२ को सम्मान तथा पुरस्कार घोषणा गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो । 

संङ्घले ३८ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्य गरेवापत विभिन्न ११ विधामा तपशिलका संङ्घ संस्था तथा व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।

  सम्मान तथा पुरस्कार पाउनेहरुमा संस्थापक अध्यक्ष पुरस्कार तारा बहादुर काफ्ले नेफ्स्कून पूर्व सञ्चालक प्रारम्भिक संस्था रमाईलो जनएकता साकोस मोरङका रहेका छन् । 
नेफ्स्कून  अग्रज व्यक्तित्व सम्मान ः अभियानका अग्रजहरूको लागि गरीने सम्मान सोमराज खनिया नेफ्स्कुन पुर्व संचालक प्रारम्भिक साकोस ः हाम्रो चित्रवन साकोस, चितवन रहेको छ ।

नेफ्स्कून  राईफाईसन क्रेडिट यूनियन पुरस्कार ः संस्थापक प्रणेता
Friedrich Wilhelm Raiffeisen को सम्झना तथा सम्मानमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्ति तथा संस्थालाई साकोस अभियानमा योगदान पुर्याए वापत दिईने पुरस्कार ःMr. Mark Worthington,Director, Australian Mutual Bank, ः नेपालको बचत तथा ऋण सहकारी अभियानको विकास, प्रवद्र्धन, व्यावसायिकीकरण, सञ्जालीकरणमा अतुलनीय योगदान रहेको ।

नेफ्स्कून पत्रकारिता पुरस्कार कारोबार राष्ट्रिय दैनिक संवाददाता श्री कौशिला कुवँर रहेका छन ।
नेफ्स्कून उत्कृष्ट सङ्घ सम्मान :उत्कृष्ट प्रदेश तथा जिल्ला बचत सङ्घलाई दिईने पुरस्कार रूपन्देही जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि., रूपन्देही रहेको छ ।
नेफ्स्कून उत्कृष्ट सेवा सञ्चालन प्रशंसा (प्रविधि, मिरा सफ्टवेर) सगुन साकोस ठाकुरबाबा—५, बर्दिया
नेफ्स्कून  प्रदेशस्तरीय उत्कृष्ट साकोस : प्रदेश स्तरीय नमुना संस्थाको लागि दिईने पुरस्कारहरु
नेफ्स्कून सुदुरपश्चिम प्रदेश उत्कृष्ट साकोस :मेहना लालझाडी क्षेत्र साकोस, लालझाडी–१० कञ्चनपुर
नेफ्स्कून कर्णाली प्रदेश उत्कृष्ट साकोस : डिग्रे शाइकुमारी साकोस,
मुसीकोट–१ रूकुम पश्चिम
नेफ्स्कून लुम्बिनी प्रदेश उत्कृष्ट साकोस :लेकाली स्वाबलम्बन साकोस रेसुङ्ग, १ गुल्मी
नेफ्स्कून गण्डकी प्रदेश उत्कृष्ट साकोस : हातेमालो साकोस
बेसीशहर–७, लमजुङ
नेफ्स्कून बागमति प्रदेश उत्कृष्ट साकोस :स्रोत परिचालन साकोस, निलकण्ठ–३ धादिङ
नेफ्स्कून मधेश प्रदेश उत्कृष्ट साकोस :तामागढी साकोस कोल्हवी–१, बारा
नेफ्स्कून कोशी प्रदेश उत्कृष्ट साकोस : महाभारत साकोस केराबारी–२, मोरङ
नेफ्स्कून सर्वोत्कृष्ट साकोस : (राष्ट्रियस्तरमा सर्वोत्कृष्ट नमुना संस्थालाई दिने पुरस्कार बुडोल सामुदायिक साकोस बनेपा–६, काभ्रेपलाञ्चोक

नेफ्स्कून  प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापक (प्रदेश स्तरको) 
नेफ्स्कून कोशी प्रदेश उत्कृष्ट व्यवस्थापक : जुनुसा पुरी, प्रमुख कार्यकारी अधिकृत महिला साकोस, इटहरी–४ सुनसरी
नेफ्स्कून मधेश प्रदेश उत्कृष्ट व्यवस्थापक :  विनोद कुमार साफी 
व्यवस्थापक आइडियल साकोस, राजविराज–४, सप्तरी
नेफ्स्कून बागमति प्रदेश उत्कृष्ट व्यवस्थापक : इन्द्र घिमिरे प्रमुख कार्यकारी अधिकृत हाम्रो साकोस, ललितपुर–६, ललितपुर
नेफ्स्कून गण्डकी प्रदेश उत्कृष्ट व्यवस्थापक : डम्बर सिंह बस्नेत प्रमुख कार्यकारी अधिकृत गौरीशंकर साकोस, पोखरा–२५, कास्की
नेफ्स्कून लुम्बिनी प्रदेश उत्कृष्ट व्यवस्थापक : प्रकाश बैद्य व्यवस्थापक विजय फुलबारी साकोस, प्यूठान–३, प्यूठान
नेफ्स्कून कर्णाली प्रदेश उत्कृष्ट व्यवस्थापक : श्री छत्र बहादुर थापा प्रमुख कार्यकारी विरेन्द्रनगर साकोस, विरेन्द्रनगर–६, सुर्खेत
नेफ्स्कून सुदुरपश्चिम प्रदेश उत्कृष्ट व्यवस्थापक : श्री दुर्गा ठगुन्ना व्यवस्थापक जगन्नाथ महिला साकोस, दशरथचन्द्र– ४ बैतडी
नेफ्स्कून उत्कृष्ट व्यवस्थापक (राष्ट्रियस्तरको) सङ्घसंस्थामा आवद्ध रही विशिष्ट योगदान पु¥याई रहेका प्रमुख कार्यकारी अधिकृत वा व्यवस्थापक मध्येबाट एक जनालाई दिईने पुरस्कार श्री देवराज ज्ञवाली प्रमुख कार्यकारी अधिकृत सामुहिक विकास साकोस तिलोत्तमा–३, रूपन्देही ।
नेफ्स्कून उत्कृष्ट कर्मचारी : श्री राधा कुमारी पोख्रेल
व्यवसाय अधिकृत, इन्चार्ज सदस्य सेवा कार्यालय चावहिलले प्राप्त गर्नु भएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्वागत मन्तब्य राख्दै नेपालको बचत ऋण अभियानको अपेक्षालाई पूर्णता दिन नेफ्स्कूनले प्रविधि विस्तार र सहकारीहरुलाई शुसासन र स्वनियमनमा संचालनमा प्राथमिकताका साथ लागेको बताउनु भएको थियो   । 

सम्मानित हुनुहुने संङ्घ संस्था तथा व्यक्तिहरुलाई बधाई तथा शुभकामना व्यक्क्त गर्दै नेफ्स्कूनको परिचय र संस्थाले हालसम्म भए गरेका गतिविधहरुका बारे आगामी दिनहरुमा गर्ने कार्यक्रमका बारेमा स्लाइड मार्फत नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिबजी सापकोटाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेफ्स्कूनलाई हालको यो अबस्थासम्म ल्याउन सहयोग गर्नु हुने सञ्चालक समिति सदस्यहरु, लेखा सुपरिवेक्षक समिति, कर्मचारीहरु, सरोकारवाला निकाय प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई हार्दिक धन्यवाद दिदैँ अहिलेको सञ्चालक समिति र व्यवस्थापन समूह प्रति ढुक्क भएर बिश्वास गर्नु भन्ने विषय राख्दै यहाँहरुले हामी प्रति गर्नु भएको बिश्वास र भरोसालाई अलिकति पनि डममगाउन दिने छैनौँ भन्दै कार्यक्रममा उपस्थित सबै प्रति आभार व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा नियामक निकायका प्रमुखहरु,नेफ्स्कूनका पूर्व अध्यक्षहरु, सञ्चालकहरु, तथा व्यवस्थापन प्रमुखहरु, अभियानका अग्रजहरु, राष्ट्रिय सहकारी महासंङ्घ नेपालकी अध्यक्ष, पदाधिकारी तथा महाप्रबन्धक, संङ्घको विकास साझेदार निकायका प्रतिनिधिहरु, संञ्चारकर्मीहरु, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा लगायत ५०० भन्दा बढी सहकारी अभियन्ताहरुको सहभागिता रहेको उक्त कार्यक्रम नेफ्स्कुनका महासचिव घनश्याम अधिकारीले सहजीकरण गर्नु भएको थियो ।


भर्खरै
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

५ मिनेट अगाडि

सहकारीमा कर व्यवस्थापन तालिम सम्पन्न, सहकारीकर्मीको क्षमता अभिवृद्धिमा जोड
सहकारीमा कर व्यवस्थापन तालिम सम्पन्न, सहकारीकर्मीको क्षमता अभिवृद्धिमा जोड

२८ मिनेट अगाडि

सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण
सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

२४ घण्टा अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन

२४ घण्टा अगाडि

सहकारी क्षेत्र सुधार र विश्वास पुनःस्थापनाका लागि सरोकारवालाबीच गहन मन्थन
सहकारी क्षेत्र सुधार र विश्वास पुनःस्थापनाका लागि सरोकारवालाबीच गहन मन्थन

१ दिन अगाडि

श्री बाराही साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
श्री बाराही साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

५ मिनेट अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

श्री बाराही साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
श्री बाराही साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सहकारीमा कर व्यवस्थापन तालिम सम्पन्न, सहकारीकर्मीको क्षमता अभिवृद्धिमा जोड
सहकारीमा कर व्यवस्थापन तालिम सम्पन्न, सहकारीकर्मीको क्षमता अभिवृद्धिमा जोड

२८ मिनेट अगाडि

गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन

२४ घण्टा अगाडि

अर्थभूमि साकोसमा नेफ्स्कूनद्धारा जोखिम विश्लेषण तथा अनुगमन 
अर्थभूमि साकोसमा नेफ्स्कूनद्धारा जोखिम विश्लेषण तथा अनुगमन 

४ दिन अगाडि

पाठकबाट थप