जनकल्याण साकोसको स्थापना दिवसमा क्यान्सर पिडितलाई सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकल्याण साकोसको स्थापना दिवसमा क्यान्सर पिडितलाई सहयोग

सिन्धुली । नेफ्स्कुनमा आबद्ध जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.सुनकोशी गाँउपालिका वडा नं ३ ,सिन्धुली ले क्यान्सर पिडित शेयर सदस्यहरुलाई आर्थिक सहयोग गरि १९औं स्थापना दिवस मनाएको छ । संस्थाले आफ्नै कार्यालयको सभाहलहलमा १९औँ स्थापना दिवस सम्पन्न गरेको हो । 

स्थापना दिवसको अवसर पारेर साकोसले २ जना क्यान्सर पिडित सदस्यहरुलाई दशहजारका दरले आर्थिक सहयोग गरेको छ ।

साकोसले १८ वर्षमा हासिल गरेका महत्वपुर्ण उपलब्धि र भावी दिनमा सहकारीले सदस्यहरुलाई दिने सेवा सुविधा तथा रणनितिहरु समेत समेटिएको प्रस्तुतीकरण संस्थाका व्यवस्थापक सम्झना आचार्यले प्रस्तुत गर्नु भएको थियो । 

साकोसका अध्यक्ष अच्युत प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गाउँपालिकाका उपाध्यक्ष कपिल कुमार कोईरालाले गर्नु हुँदै यसपटक पालिका अन्तर्गत रहेका सहकारीका समस्या हरुलाई आवश्यक सहयोग गरि समस्याको समाधान गर्न सहजिकरण गर्ने बताउनु भएको थियो ।

सस्थाका संस्थापक अध्यक्ष मिठाराम आचार्यले सस्थाको स्थापना कालमा एउटा कापी बाट सुरु गर्दै यहाँ सम्म आइपुग्दा भोग्नु परेका समस्याहरुलाई स्मरण गर्दै सस्थालाई अझ बलियो बनाउन सबैले आ आफ्नो भुमिका निर्बाह गर्दै जानू पर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

संस्थाका निवर्तमान अध्यक्ष चक्र बहादुर श्रेष्ठले सम्पुर्ण शेयर सदस्य हरुले दुख सुख गरेर बचत गरि राखेको बचत लाई व्यवस्थित वनाउदै जानका लागि नयाँ प्रविधिसंग जोडिदै तरलतालाई ध्यान दिई युबा तथा बृद्धलाई लक्षित गरी अरुले भन्दा फरक प्रकृतिको कार्यक्रम ल्याउनु पर्ने भनाई व्यक्त गर्नु भएको थियो ।
राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धक पुजा पान्दनले बास्तबमा आर्थिक मन्दिका कारणले बजारमा पैसाको चल्ती कम भएको विषयलाई सबैले ध्यानमा राखी आवश्यक तरलता राखी बाकी बचतलाई लगानी गर्नु पर्ने धारणा  राख्नु भएको थियो ।

लक्ष्मी सनराइज बैंकका प्रबन्धक उज्ज्वल तिमल्सिनाले बैंक तथा सहकारी मा देखिएको तरलता कम गर्न युवा लक्षित आयआर्जन तथा ब्यवसाय ल्याइ लगानी गर्दै युवा स्वरोजगर लाई ध्यानमा राखी बैदेशिक रोजगारमा जाने युवा रोक्न सक्ने बताउनु भएको थियो ।

कार्यक्रमका सभाध्यक्ष अच्युत प्रसाद आचार्यले  गत बर्ष झै स्थापना दिबसमा सरसफाई, रक्तदान, बृक्षारोपण,  बिपन्न परिवारका बिधार्थीहरुलाई कलम कापी वितरण कार्यक्रम विभिन्न  सामाजिक काम गर्दै आएको र यस वर्ष पनि क्यान्सर रोगी २ जना शेयर सदस्यहरुलाई आर्थिक सहयोग चेक हस्तान्तरण गरिएको बताउनु भएको थियो । 
साथै यस संस्थालाई सहयोग तथा हातेमालो गर्दै आउनु भएका सम्पुर्ण सल्लाहकार ,समिती ,उपसमिती,प्रमुख अतिथी तथा उपस्थित सबै प्रति कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्दै  सबैले हातेमालो गरि  सस्थालाई अगाडि बढाउनु पर्ने कुरा बताउदै कार्यक्रमको समापन गर्नु भएको थियो ३४ जनाको सहभागितारहेको उक्त कार्यक्रमको सहजिकरण संस्थाका सचिव कमल बहादुर राउतले गर्नु भएको थियो । 

भर्खरै
नेफ्स्कूनको नियमित अनुगमनअन्तर्गत शुभ श्री साकोसको मूल्याङ्कन
नेफ्स्कूनको नियमित अनुगमनअन्तर्गत शुभ श्री साकोसको मूल्याङ्कन

४ घण्टा अगाडि

खैरहनी नारी चेतना साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
खैरहनी नारी चेतना साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

४ घण्टा अगाडि

प्रोवेसनका सूचकमा केन्द्रित नेफ्स्कूनको सुपरिवेक्षण हिमाली ब्राह्मी महिला साकोसमा
प्रोवेसनका सूचकमा केन्द्रित नेफ्स्कूनको सुपरिवेक्षण हिमाली ब्राह्मी महिला साकोसमा

४ घण्टा अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

४ घण्टा अगाडि

सहकारीमा कर व्यवस्थापन तालिम सम्पन्न, सहकारीकर्मीको क्षमता अभिवृद्धिमा जोड
सहकारीमा कर व्यवस्थापन तालिम सम्पन्न, सहकारीकर्मीको क्षमता अभिवृद्धिमा जोड

५ घण्टा अगाडि

सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण
सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

१ दिन अगाडि

पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनको नियमित अनुगमनअन्तर्गत शुभ श्री साकोसको मूल्याङ्कन
नेफ्स्कूनको नियमित अनुगमनअन्तर्गत शुभ श्री साकोसको मूल्याङ्कन

४ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

४ घण्टा अगाडि

श्री बाराही साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
श्री बाराही साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप