उत्पादन, रोजगार र आय बृद्धिमा नेफ्स्कूनको व्यवसाय विकास सेवा कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उत्पादन, रोजगार र आय बृद्धिमा नेफ्स्कूनको व्यवसाय विकास सेवा कार्यक्रम

काठमाडौँ । नेफ्स्कूनले व्यवसाय विकास सेवा अर्थात् Business Development Service (BDS) लाई समेटेर साकोसका सदस्यहरूको उत्पादन, सीप र श्रमलाई एकीकृत गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने अभ्यासको थालनी गरेको छ । यस क्रममा यही श्रावण १५ गतेबाट नवलपरासीको गैडाकोट नगरपालिका ८, विजयनगरमा रहेको किसान साकोसले नेपालमा पहिलो पटक  व्यवसाय विकास सेवा डेक्स सञ्चालनमा ल्याएको छ ।

Business Development Service (BDS) भन्नाले व्यवसाय विकास सेवा भन्ने बुझिन्छ, जुन सहकारीका सदस्यहरूको उत्पादन देखि उपभोक्ता सम्म र सेवा देखि ग्राहकसम्मको व्यवसायिक नाफामूखी यात्रा हो । नेफ्स्कूनले यस सेवामार्फत प्रविधि, पूँजि र वजारमा साकोसका सदस्यहरूलाई उद्यमी वनाउने अभ्यास शुरु गरेको छ । यस अभ्यासले साकोसमा भएको लगानीको गैर उत्पादनमूलक अभ्यासलाई सङ्गलो वनाउने प्रयास गरेकोछ । यसले उत्पादन, रोजगार र आय सिर्जनामा प्राविधिक तथा समन्वयकारी कार्य निरन्तर गर्नेछ । साकोसले व्यवसाय विकास सेवा डेक्स स्थापना गरी उक्त डेक्समार्फत सदस्यहरूलाई उद्यमी वनाउनमा सहजीकरण तथा परामर्शको कार्य गर्नेछ । आजको उद्यमी दश वर्ष पछी उद्योगी हुने यात्रामा सहजीकरण गर्ने छ । साथै एक उद्यमी बीस वर्षमा उद्योगपती वन्ने अनुकरणीय अभ्यासका लागि व्यवसाय विकास सेवा कार्यक्रमले निरन्तर प्राविधिक सहयोग गरी सदस्यहरूमा धन सिर्जना गर्ने र सदस्यहरूको जीवनमा रूपान्तरण ल्याउने कार्य गर्नेछ । साकोसले यस अभ्यासमार्फत तीन वर्षमा सदस्यलाई उद्यमशिल वनाउने र दश वर्षमा उद्यमशिलताको सँस्कार अध्यायमा निरन्तर सहयोग, सहकार्य र हातेमालोको एक अनुकरणीय व्यवस्थापन गरिनेछ । यसै अभ्यासमा नेफ्स्कूनले प्राविधिक र समन्वयकारी भुमिकामा किसान साकोसलाई निरन्तर सहयोग तथा सहकार्य गर्नेछ । 

हाल यस व्यवसाय विकास सेवा डेक्समार्फत सम्भाव्य उद्यमीलाई कुशल उद्यमी वनाउने सँस्कारमा निरन्तर मेन्टोरिङ र कोचिङ गरिरहेको छ । यस डेक्सले व्यावसायको पूर्ण समाधानको विषयमा निरन्तर परामर्श सेवा र समन्वय गर्ने कार्य गरिरहेको छ । यस व्यवसाय विकास सेवा कार्यक्रमले कृषि, पर्यटन, सेवा, निर्माण तथा डिजिटल सवै प्रकारका उद्यमहरूलाई प्रविधि, पूँजि र वजारमा प्राविधिक सहयोग तथा निरन्तर सहयोग गर्नेछ । 

व्यवसाय दर्ता देखि उद्यम सफलता सम्म प्राविधिक सहयोग गर्नेछ । नेफ्स्कूनले यस आर्थिक बर्ष २०८२।०८३ देखि ३० वटा बचत तथा ऋण सहकारी संस्थाहरूमा लागतमा साझेदारी गरी यस व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन गरिरहेको छ । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप