काठमाडौँ । नियोसिस टेक्नोलोजी प्रा.लि. को वार्षीक योजना तर्जुमा गोष्ठी, अल्फा हाउस, काठमाडौँको हलमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संङ्घ लिमिटेड (नेफ्स्कून) का पदाधिकारी र नियोसिस टेक्नोलोजी प्रा.लि.का प्रतिनिधिहरू विच सम्पन्न भएको छ । उक्त गोष्ठीमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट कार्यक्रमको उद्घाटन व्यानर पढेर गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले गर्नुभएको थियो ।
रारा प्रा.लि.का प्रतिनिधि मनोज घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले हामिले यो वर्ष कसरी अगाडि जान सकिन्छ हामिले चलाईरहेको प्रविधि विकल्परहित हुनुपर्छ र मिराको प्रवद्र्धनमा सवै जवाफदेही हुनुपर्छ भन्ने कुरा राख्नुभएको थियो । नेफस्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले नियोसिस प्रा.लि.को ध्येय र परिकल्पनामा हामी प्रष्ट भई यस सोचमा संघले नीतिगत व्यवस्था र व्यवस्थापन धारमा सवैले लय वनाउनु पर्नेछ ।
संङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेफ्स्कूनले अभियानको प्रविधि व्यवस्थापन गर्दै यसको प्रत्यक्ष निगरानीमा संघले व्यवस्थापनको व्यवस्था गरी सकारात्मक मार्गमा नतिजामूखी भई गति लिनुपर्छ । यसका लागि नीतिगत रुपमा महासचिवसँग समन्वय गर्न सुझाब दिनु भएको थियो ।
संघका महासचिव घनश्याम अधिकारीले काममा तिव्रता, साझा प्रविधिलाई सहकार्यको रूपमा जानुपर्ने जोखिम लिएर पनि साकोस अभियानलाई प्रविधिमा जोडन हामी सवै यसको सफल ल्याण्डिङका लागि अग्रसर सहित कार्यान्वयन भइरहेको छ भन्ने विचार पस्कनु भयो ।
नियोसिस टेक्नोलोजी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृतबाट २०८१।०८२ को प्रगती समिक्षा प्रस्तुतबाट प्रतिनिधिहरुबाट आएका जिज्ञासालाई संम्बोधन गर्नुभयो ।
गोष्ठीमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महासचिव घनश्याम अधिकारी, सदस्य देव कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा, सङ्घका उच्च व्यवस्थापन र नियोसिस टेक्नोलोजी प्रा.लि. का व्यवस्थापन सहित २० जनाको उपस्थिती भएको गोष्ठीको सहजीकरण नेफ्स्कूनका प्रशासन विभागिय प्रमुख गणेश प्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।
६ घण्टा अगाडि
७ घण्टा अगाडि
७ घण्टा अगाडि
८ घण्टा अगाडि
८ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
६ घण्टा अगाडि
७ घण्टा अगाडि
८ घण्टा अगाडि
७ घण्टा अगाडि
८ घण्टा अगाडि
३८ दिन अगाडि
३८ दिन अगाडि