विकू साकोसको ३५औं स्थापना दिवस सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकू साकोसको ३५औं स्थापना दिवस सम्पन्न 

चितवन । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य भन्ने मुल नाराका साथ विविध कार्यक्रम गरी  चितवनको गैडाकोटमा ३५औं स्थापना दिवस एवम् ३४औं वार्षिकोत्सव सम्पन्न गरेको छ  । 

विकू साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष चन्दप्रसाद ढकालले पानसमा बत्ती बालेर र खुत्रुकेमा बचत गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि एवम् अतिथिगणलाई खादा,माला र पुष्प गुछाले स्वागत गरिएको थियो भने उपाध्यक्ष एवं बार्षिकोत्सब तयारी उप–समिति संयोजक कालिदाश गौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो । 

प्रमुख अतिथी नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकूमा योगदान पुर्याउनु हुने सञ्चालक र व्यवस्थापकको टिमलाई धन्यवाद दिदै  विकू सहकारीले हाम्रो लक्ष्य खुशि एवं स्वस्थ सदस्य भन्ने मुल नाराका साथ खुशि र स्वस्थ्यलाई जोडेर जुन कार्यक्रम चलाइरहेको छ, यो सबैका लागि अपरिहार्य कुरा हो  सहकारीले गरेका सबै कामहरु उत्कृष्ठ भएको  र नमुना सहकारी बनेर अरुलाई पाठ सिकाउन सक्ने सहकारी बनिरहने शुभेच्छा सहितको शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रममा सहकारी ऐन २०७४ कार्यन्वयनमा ल्याउनका लागि नियामक निकायहरुलाई सक्रिय बनाएर कर्जा सुचना केन्द्र,प्राधिकरण,तरलता व्यवस्थापन,स्थिरीकरण कोष जस्ता विषयहरुलाई सक्रिय बनाउन नेफ्स्कूनले महत्वपुर्ण भुमिका खेलेको कुरालाई चर्चा गर्दै सहकारी नबुजीकन सहकारी अभियान भित्र नलाग्नका लागि अनुरोध गर्दै सहकारीको सदस्य चेतनशिल हुन परो सहकारीको सदस्य भइसकेपछी आफुले सहकारी संस्थालाई नुमना,मोडल र उदाहरणीय बनाउनका लागि कुनै कुनै तरीकाले सहयोग पुर्याउनु पर्छ भन्दै अभिभाबकिय भुमीका भित्र रहेका संस्थाहरुले सुरक्षा कवचको काम गर्ने कुरा बताउदै विकू सहकारीको ३५औं स्थापना दिवस कार्यक्रमको पुर्ण सफलताको कामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल सहकारी क्षेत्रमा पहिलो पटक विकू डिजिटल पार्कको पनि उद्घाटन गरिएको थियो । उक्त डिजिटल पार्कको उद्घाटन एसियाली ऋण महासंघ (ACCU) का प्रमुख कार्यकारी अधिकृत  Elenita V San Roqu ले भर्चुयल रुपमा ACCU कार्यालय बैंकवाट गर्नु भएको थियो । उद्घाटन संगै वहाँले मन्तव्य राख्ने क्रममा विकूको यो सुजनशिलता तथा प्रयासका लागि धन्यवाद दिदै विकू सबैका लागि नमुना सहकारी भएको बताउनु भएको थियो ।

संस्थाले आफ्नो ३५औं बार्षिक उत्सवको सुखद् सन्दर्भमा बृहत रक्तदान कार्यक्रम, स्कुल स्तरीय बक्तृत्वकला प्रतियोगीता, मानब सेवा सहयोग, पुर्ण विकू सदस्य वडा घोषणा, हाजीरी जवाफ प्रतियोगीता, फुटबल प्रतियोगीता, म्यूजिकल चियर, नृत्य प्रतियोगीता गरि आज समापन तथा स्थापना दिवसको विशेष समारोहको आयोजना गरेको थियो । हरेक स्थापना दिवस कार्यक्रममा केही नयाँ  सुजनशिल तथा सहकारी अभियानलाई टेवा पुग्ने गरि कार्यक्रमहरुको घोषणा तथा सञ्चालन गर्दै आईरहेको छ । 

 कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं नेफ्स्कुनका पुर्व सञ्चालक  खेमराज सापकोटा, संस्थाका पुर्व अध्यक्ष एवं नेफ्स्कुनका लेखा सुपरिवेक्षण समितिका संयोजक ईन्द्रराज ज्योति पौडेल, संंस्थाका पुर्व अध्यक्ष ओमप्रसाद सापकोटा, संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदी, नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत डा. शिबजी सापकोटा, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. नवलपुरका अध्यक्ष बद्रिनाथ नेपाल, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि.का अध्यक्ष त्रिलोचन सापकोटा, संस्थाका पुर्व उपाध्यक्ष एवं समाजसेवी यमुनाथ आचार्य, गैंडाकोट नगरपालीकाका आर्थिक विकास शाखा प्रमुख देबेन्द्र गौतम, नियामक निकायका प्रमुखहरु,सञ्चालकहरु, तथा व्यवस्थापन प्रमुखहरु, अभियानका अग्रजहरु, संञ्चारकर्मीहरु लगायत ७०० भन्दा बढी सहकारी शेयर सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रम विकु साकोसका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले सहजिकरण गर्नुभएको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

पाठकबाट थप