किसान कल्याण साकोसको आयोजनामा लघु ब्यवसायी खेल तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान कल्याण साकोसको आयोजनामा लघु ब्यवसायी खेल तालिम सम्पन्न 

सुनसरी । इटहरी स्थित किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना  र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको र DSIK GERMAN  को  प्राविधिक सहयोगमा लघु ब्यवसायी खेल तालिम सम्पन्न भएको छ । 
नेफ्स्कूनले सहकारी अभियानमा नयाँ अभ्यास ल्याउने क्रममा DSIK GERMAN को सहयोगमा नेपालमा पहिलो पटक लघु ब्यवसायी खेल तालिम सुरु गरेको हो । 


संस्थाका कोषाध्यक्ष यादब प्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलका माध्यम बाट ब्यवसायीहरूलाई सिकाइ प्रदान गरिएको थियो । 
व्यवसायको अवधारणा, व्यवसायको सुरुवात गर्न आवश्यक पुँजी र सोको व्यवस्थापन,व्यवसाय विस्तार सुधार,व्यवसायमा लक्षित ग्राहक पहिचान,उत्पादित सामग्रीको बजार प्रवर्धनका साथै व्यवसायमा आईपर्न सक्ने जोखीम र सो को व्यवस्थापनका बारेमा अभ्यासद्धारा नै व्यवसायमा नाफा नोक्सान,नगद प्रवाह वासलात निर्माण गर्ने कला समेत तालिममा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले सदस्यहरूलाई प्रदान गरिएको तालिमले वास्तविक रुपमा परिवर्तन ल्याए नल्याएको मुल्याङ्कन गर्नुका साथै प्राप्त तालिमलाई स्वरोजगारमा जोड्न सदस्यहरूलाई निरन्तर सहयोग,अनुगमन तथा प्रोत्साहन गर्ने बताउनु भयो ।
सहभागी सदस्यहरूले सिकाइ सहज र नयाँ विधिबाट सन्चालन गरिएकाले तालिम निकै प्रभावकारी भएको प्रतिकृया दिनुभयो । समापनका क्रममा बोल्दै किसान कल्याण साकोसका अध्यक्ष शालिकराम ढकालले संस्थाले सदस्यहरूलाई ऋणको रूपमा पुँजी उपलब्ध गराउँदै आएकोमा अब सीप, प्रविधि र बजार ब्यबस्थापन लगायतमा समेत सहयोग गर्ने गरी BDS\ Desk  स्थापना गरिएको बताउनु भयो ।
इटहरी वडा नंं. १६ स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा २५ जना ब्यवसायीहरूको सहभागिता रहेको थियो उक्त तालिमको सहजकिरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका कार्यक्रम अधिकृत सुमनराज घिमिरे र तालिम अधिकृत रबिन्द्र श्रेष्ठले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप