किसान कल्याण साकोसको आयोजनामा लघु ब्यवसायी खेल तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान कल्याण साकोसको आयोजनामा लघु ब्यवसायी खेल तालिम सम्पन्न 

सुनसरी । इटहरी स्थित किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना  र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको र DSIK GERMAN  को  प्राविधिक सहयोगमा लघु ब्यवसायी खेल तालिम सम्पन्न भएको छ । 
नेफ्स्कूनले सहकारी अभियानमा नयाँ अभ्यास ल्याउने क्रममा DSIK GERMAN को सहयोगमा नेपालमा पहिलो पटक लघु ब्यवसायी खेल तालिम सुरु गरेको हो । 

संस्थाका कोषाध्यक्ष यादब प्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलका माध्यम बाट ब्यवसायीहरूलाई सिकाइ प्रदान गरिएको थियो । 
व्यवसायको अवधारणा, व्यवसायको सुरुवात गर्न आवश्यक पुँजी र सोको व्यवस्थापन,व्यवसाय विस्तार सुधार,व्यवसायमा लक्षित ग्राहक पहिचान,उत्पादित सामग्रीको बजार प्रवर्धनका साथै व्यवसायमा आईपर्न सक्ने जोखीम र सो को व्यवस्थापनका बारेमा अभ्यासद्धारा नै व्यवसायमा नाफा नोक्सान,नगद प्रवाह वासलात निर्माण गर्ने कला समेत तालिममा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले सदस्यहरूलाई प्रदान गरिएको तालिमले वास्तविक रुपमा परिवर्तन ल्याए नल्याएको मुल्याङ्कन गर्नुका साथै प्राप्त तालिमलाई स्वरोजगारमा जोड्न सदस्यहरूलाई निरन्तर सहयोग,अनुगमन तथा प्रोत्साहन गर्ने बताउनु भयो ।
सहभागी सदस्यहरूले सिकाइ सहज र नयाँ विधिबाट सन्चालन गरिएकाले तालिम निकै प्रभावकारी भएको प्रतिकृया दिनुभयो । समापनका क्रममा बोल्दै किसान कल्याण साकोसका अध्यक्ष शालिकराम ढकालले संस्थाले सदस्यहरूलाई ऋणको रूपमा पुँजी उपलब्ध गराउँदै आएकोमा अब सीप, प्रविधि र बजार ब्यबस्थापन लगायतमा समेत सहयोग गर्ने गरी BDS\ Desk  स्थापना गरिएको बताउनु भयो ।
इटहरी वडा नंं. १६ स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा २५ जना ब्यवसायीहरूको सहभागिता रहेको थियो उक्त तालिमको सहजकिरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका कार्यक्रम अधिकृत सुमनराज घिमिरे र तालिम अधिकृत रबिन्द्र श्रेष्ठले गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप