व्यवसायिक कुखुरा तथा पशुपालनबाट वार्षिक १५ लाख कमाउँदै रिना चौधरी
सफलताको कथा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्यवसायिक कुखुरा तथा पशुपालनबाट वार्षिक १५ लाख कमाउँदै रिना चौधरी

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को कब्स कार्यक्रममा अबद्ध सदस्य संस्था स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रपुर ९ ले अफ्ना शेयर सदस्यहरुलाई उद्यमी बनाउन सफल भएको छ ।

स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडकि रिना कुमारी चौधरी अधिकारीले व्यावसायिक कुखुरा पालन,भैँसीपालन र गाईपालनबाट आफ्नो जिविकोपार्जन चलाउँदै मनग्य आम्दानि गर्न सफल हुनुभएको छ  ।
परिवारमा सासु–ससुरा,श्रीमान–आफु, ३ जना छोरीहरु र १ जना देवर गरी  ८ जनाको परिवारं मुख्य पेशा व्यवसायिक कुखुरा पालन र पशुपालन भएको र स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्यता लिएको १५ महिना मै आफ्नो परिवार खुशि छाएको कुरा बताउनु हुन्छ, रिना स्वस्तिक साकोसले गठन गरेको तराई महिला बचत समूह, चन्द्रपुर–९ को सदस्य हुुनुहुन्छ । बचत समूहको मासिक बैठक हरेक महिनाको २४ गते बस्ने गर्दछ, सदस्यता लिए देखि रिनाले नियमित रुपमा समूह बैठकमा उपस्थित भई बचत गर्दै आइरहनु भएको छ ।

उहाँको खेतीयोग्य जमिन २८ कठ्ठामा वर्षमा एक पटक धानबाली र एक पटक मकै बाली लगाएर खेतीबाट वर्षभरीलाई पुग्ने घाँस उत्पादन हुन्छ । सहकारी संस्थाबाट  १५ लाख रुपैया“ कृषि तथा पशुपालन ऋण सापटी कर्जा लिएर व्यवसायिक रुपमा कुखुरापालन २ वटा भैंसी र १ वटा गाई किनेर व्यवसायमा होमिनु भएका रिना चौधरी  व्यवसायिक कुखुरापालन अन्तर्गत प्रति लट ९०० चल्ला पालेर वर्षमा ४÷५ लटसम्म कुखुरा उत्पादन गर्नुहुन्छ । कुखुरापालनको लागि प्रत्येक पटक चल्ला खरीद खर्च ९० हजार, दाना खरीद खर्च १ लाख २५ हजार, औषधी–उपचार, प्राविधिक र ढुवानी खर्च ५० हजार रुपैया“ जति हुन्छ । वर्षमा कुखुरापालन उत्पादनमा १३ लाख रुपैया भन्दा बढी खर्च लाग्छ । कुखुरापालनबाट वर्षमा २० लाख रुपैयाँ भन्दा बढी आम्दानी हुन्छ । खर्च कटाएर कुखुरापालनबाट वार्षिक ७ लाख रुपैयाँ भन्दा बढी बचत हुन्छ । त्यस्तै भैंसी र गाईपालनमा अन्न र घाँस आफ्नै बारीको उपयोग हुन्छ । सामान्य औषधी उपचारको लागि मासिक ५ हजार रुपैयाँ जति खर्च हुने  र गाई,भैंसी खरीद गर्न शुरुमा ३ लाख रुपैया जति खर्च गरी भैंसीको दूध विक्रीबाट १ वर्षमा करीव ४ लाख रुपैयाँ जति बचत गर्नुहुन्छ ।

कुखुरापालन, भैंसीपालन, गाईपालनबाट मासिक सरदर १,५०,००० एकलाख पचाँस हजार रुपैयाँजति बचत हुन्छ । यही बचतबाट सहकारी संस्थाको मासिक ५० हजार  रुपैयाँ किस्ता र ऋणमा लाग्ने ब्याज तिर्दै यही पेशाको कमाईले २ वटी छोरीहरुलाई बोर्डिङ स्कूलमा पढाएर घर व्यवहार चलाउनु भएको छ ।  

सहकारी संस्थाबाट ऋण लिएर सुरु गरेको यही पेशा व्यवसायलाई दीगो रुपमा सञ्चालन गरी सहकारी संस्था र गाउँटोल हुँदै देशकै एक असल र सफल उद्यमीको रुपमा परिचय बनाउने धोको उहाँको छ ।
कुखुरापालन, भैंसीपालन र गाईपालनबाट निस्केको मल खेतबारीमा लगाउदा धान र मकै उत्पादन समेत बढेको र व्यवसाय, सहकारी संस्थाले गर्ने व्यवहार र संस्थाले ल्याएको कार्यक्रमहरुबाट एकदमै खुसी लागेको बताउनु भयो ।  
स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग्रामीण क्षेत्रका आर्थिक रुपले कमजोर समुदायलाई लक्षित गरी समूह गठन गरी बचत र ऋणको कारोवार मार्फत ती व्यक्तिहरुको आयआर्जनमा टेवा पु¥याउँदै आइरहेको छ । गाउँटोलमा बचतसमूहमा बचत र ऋणको कारोवार हुँदा संस्थाको कार्यालय भन्दा टाढा रहेका सदस्यहरुले कार्यालयसम्म गई कारोवार गर्नुपर्ने झन्झटबाट मुक्त भएका छन् । त्यस्तै बाल क्लब गठन गर्ने र बालबालिकाहरुलाई बचत गर्न सिकाउने राम्रा कामहरु पनि गरिरहेको छ । सहकारी संस्थाले ऋण लगानी गर्दा अनिवार्य रुपमा ऋणको बीमा गर्ने कार्य झन् उत्तम लाग्छ ।  आफ्नो गाई भैंसीको आफ्नै पहलमा बीमा गरें । ऋण लिएर व्यवसाय गर्ने सदस्यहरुको पेशा व्यवसायको बीमा सहकारी संस्थाको पहलमा गर्ने व्यवस्था मिलाएमा अझ राम्रो हुने थियो रिन चौधरी भन्छिन । अबका दिनहरुमा हाम्रो स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले हामी जस्ता उद्यमी सदस्यहरुलाई उद्यमशीलता तालिम तथा अध्ययन अवलोकन भ्रमणको कार्यक्रम राखेर उद्यमीहरुलाई हौसला  प्रदान गर्नेछ भन्ने अपेक्षा राख्दै । आगामी दिनहरुमा समेत स्वस्तिक साकोसले यसरी नै ग्रामीण क्षेत्रका महिला, दलित, जनजाति, आर्थिक रुपले पिछडिएका व्यक्ति र समुदायलाई लक्षित गरी समूह गठन गरी बचत र ऋणको कारोवार मार्फत ती व्यक्तिहरुको आयआर्जन वृद्धिमा उल्लेख्य भूमिका खेल्दै नेफ्स्कूनसँग सहकार्य गरी व्यवसाय विकास सेवा कार्यक्रम  -BDS_ मार्फत व्यवसाय सेवा डेक्स स्थापना गरेर पाँच आधार (इच्छाशक्ति, स्थान, प्रविधि, पूँजि र बजार) लाई केन्द्रमा राख्दै निरन्तर व्यवसायिक परामर्श, वित्तीय पहुँच र बजार सञ्जालमा प्राविधिक सहजीकरण गर्न लगाई सहकारीका सदस्यहरूलाई दिगो र सफल उद्यमी वनाउन वित्तीय सहकारी संस्थाले सम्भाव्य उद्यमीहरूलाई व्यवसाय विकास सेवा -BDS_  कार्यक्रम मार्फत “उत्पादन देखि उपभोक्ता” वा “सेवा देखि ग्राहक” सम्मको सम्पूर्ण प्रक्रियामा प्राविधिक सहयोग लिदै सदस्यहरुले उत्पादन गरेको वस्तु तथा सेवाहरुलाई राष्ट्रिय तथा अन्तरािष्ट्र वजारमा सहज लान सकिने वजार व्यवस्थापन कार्यक्रममा जोड दिदैं आयआर्जन वृद्धिमा उल्लेख्य भूमिका खेल्न अपेक्षा राख्नुभएको छ । रिना भन्नुहुन्छ गरे के के हुदैन ? नेपाल सम्भाबनाहरुको खानि भएको देश हो  ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप