चितवन । मर्यादित सहकारी सम्मुनत समाज भन्ने मुल नाराका साथ चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजना, भरतपुर महानगरपालिका वडा नं. १० को आर्थिक सहयोग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको प्राबिधिक सहयोगमा सदस्य संस्थाहरुका जिल्ला सहकारी संघ लिमिटेडको सभाहलमा सहकारी बिभाग, नेपाल राष्ट्र बैक र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको जारी निर्देशन सम्वन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
संघका अध्यक्ष विद्या कोइरालाको अध्यक्षतामा एव्म भरतपुर महानगरपालिका वडा न १० का अध्यक्ष परमेश्वर खनालको प्रमुख आतिथ्यता र जिल्ला सहकारी संघ लिमिटेड चितवनका कार्यवाहक अध्यक्ष प्रेमनाथ दवाडीको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
नेफ्स्कून पुर्व सञ्चालक एवम् संघका सल्लाहकार भरतप्रसाद दवाडी, जिल्ला सहकारी संघका कोषाध्यक्ष पदमपाणी सुवेदी, लेखा सुपरीवेक्षण समितिका संयोजक मीनप्रसाद सुवेदी, कोओपरेटिभ म्यानेजर्स क्लब चितवनका अध्यक्ष मेघनाथ लामिछाने समेतको उपस्थिती रहेको थियो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन) का सदस्य बिभागिय प्रमुख दुर्गा प्रसाद ढकालले सहजीकरण गर्नुभएको यस अभिमुखीकरण कार्यक्रममा वर्तमान जारी गरेको मापदण्ड अनुसार साकोसले कार्यान्वयन गनुपर्ने हाल कसरी जाने साकोसलाई पर्ने सकरात्मक प्रभाव र गुणस्तरिय सुनिश्चत कार्यक्रम स्क्यानको बारेमा जानकारी दिनुभएको थियो ।
११५ संस्थाका अध्यक्ष र व्यवस्थापक गरी जम्मा २२४ जनाको उपस्थितीमा सम्पन्न कार्यक्रमको सञ्चालन बचत संघका उपाध्यक्ष इश्वरी शर्मा ढकालले गर्नुभएको थियो । उपस्थित सम्पुर्णलाई बचत संघका संचालक सदस्य नारायण प्रसाद कंडेलले धन्यवाद व्यक्त गुर्नभएको थियो ।
६ घण्टा अगाडि
६ घण्टा अगाडि
७ घण्टा अगाडि
८ घण्टा अगाडि
८ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
६ घण्टा अगाडि
६ घण्टा अगाडि
८ घण्टा अगाडि
७ घण्टा अगाडि
८ घण्टा अगाडि
३८ दिन अगाडि
१७ दिन अगाडि