‘स्क्यान’ कार्यक्रमको सुरुवात ॐ साईराम साकोसबाट
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘स्क्यान’ कार्यक्रमको सुरुवात ॐ साईराम साकोसबाट

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा प्रारम्भ गरिएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम ‘स्क्यान’  को औपचारिक सुरुआत नेपालमै पहिलोपटक ॐ साईराम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बालाजु, काठमाडौँले गरेको छ ।

नेफ्स्कूनको ३८औं स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको यस कार्यक्रमको उद्देश्य सदस्य सहकारी संस्थाहरूमा सुशासन, पारदर्शिता तथा उत्तरदायित्व सुनिश्चित गर्नु रहेको छ।  सहकारी ऐन २०७४ बमोजिम प्रारम्भ गरिएको यो कार्यक्रमले सहकारी संस्थाहरूमा आन्तरिक व्यवस्थापन सुदृढीकरण, नियमन तथा मूल्यांकनमा सहयोग पुर्‍याउने अपेक्षा राखेको छ । 

संघका सञ्चालक समिती तथा अन्तरलगानी उपसमिती सदस्य शुसिल कुमार बस्न्यातले “सुशासनको अभ्यास आफैँबाट सुरु गर्नुपर्ने” आवश्यकता औंल्याउँदै ॐ साईराम साकोससँग गरिएको सम्झौताले उदाहरणीय पहलको संकेत गरेको उल्लेख गर्नुभयो ।

संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्क्यान कार्यक्रमअन्तर्गत पहिलोपटक सम्झौता गर्न तयार भएकोमा ॐ साईराम साकोसप्रति आभार प्रकट गर्दै संस्थाको समग्र उन्नति र स्थायित्वको शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त सम्झौता कार्यक्रममा संघका अधिकृतहरू सुमनराज घिमिरे, प्रकाश अधिकारी, शौभाग्य भट्टराई, साथै साकोसका व्यवस्थापक राजाराम बस्नेत र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप