काठमाडौँ । सुरक्षित साकोस र समुन्नत समाजका लागि सहकार्य भन्ने मुल नाराका साथ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा पुँजी पर्याप्तता विश्लेषण तालिम सर्लाही, हेटौडा, चितवन पछि काठमाडौँको बिजुलीबजारमा भाद्र २० गते सम्पन्न भएको छ ।
कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य नवराज अर्यालले साकोसको वित्तिय र जोखिम व्यवस्थापनका लागि महत्वपुर्ण विषय पुँजी कोष हो । प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई जारी गरेको निर्देशन अनुसार पुँजी पर्याप्तता गणना तथा विश्लेषण तालिमको आवश्यकता ठानेर हाल संघको मुख्य कार्यालयले यो कार्यक्रमको आयोजना गरेको हो । सिकेका कुरा आफ्नो संस्थामा गएर तुरुन्त कार्यान्वयन गर्न अनुरोध गर्दै संस्थालाई सधै नीति,बिधि र प्रबिधिमा जोडेर सुशासन कायम गर्दै दीगो वित्तिय व्यवस्थापन गर्न पुँजीकोषको महत्व हुने बिचार व्यक्त गर्नुभएको थियो ।
तालिम सहजकर्ता नेफ्स्कूनका तालिम प्राचार्य बल्लभ तिमल्सिना र एचआर अफिसर राम प्रसाद सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन मुख्य सदस्य सेवा कार्यालय व्यवसाय अधिकृत बिदुर खड्का र व्यबस्थापन व्यवसाय विभागबाट ईश्वर राज घिमिरेले गर्नुभएको थियो ।
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
१४ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
१३ दिन अगाडि