नेफ्स्कूनद्वारा कर्मचारीहरूका लागि एडभान्स एक्सेल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा कर्मचारीहरूका लागि एडभान्स एक्सेल तालिम सम्पन्न

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले कर्मचारीहरूको क्षमता अभिवृद्धि र कार्यकुशलता वृद्धि गर्ने उद्देश्यले एडभान्स एक्सेल तालिम भदौ १८ गतेदेखि २१ गतेसम्म भर्चुअल माध्यम (जुम) मार्फत सम्पन्न गरेको छ।

४ दिनसम्म सञ्चालन भएको यस तालिममा कुल ४४ जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। एम.एस. एक्सेल विशेषज्ञ राम प्रसाद निरौलाद्वारा सहजीकरण गरिएको तालिममा दैनिक कार्यमा आवश्यक पर्ने डाटा विश्लेषण, सूत्रहरू,पिभोट टेबल, डेटा भिजुअलाइजेशन लगायतका एडभान्स एक्सेलका विषयहरू समेटिएको थियो।

प्रशिक्षक निरौलाले तालिमको समापनमा सहभागीहरूलाई सिकेका सीपहरूको कम्तिमा २० प्रतिशत पनि प्रयोग गर्न सके कार्यकुशलता ५० प्रतिशत सम्म वृद्धि हुने बताउनु भयो। साथै, कर्मचारीहरूको सक्रियता र जिज्ञासु सहभागिताको सराहना गर्दै आगामी दिनमा सम्भव भएमा भौतिक कक्षा सञ्चालन गर्न सकिने बताउँदै नेफ्स्कूनलाई सहजीकरणको अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो।

तालिममा सहभागी कर्मचारीहरूले सिकेका विषयहरू साकोस सुपरिवेक्षणमा डाटा विश्लेषण तथा दैनिक कार्यस्थलमा प्रयोग गर्न सकेमा उपयोगी रहने प्रतिक्रिया दिनुभएको थियो । अघिल्ला तालिमहरूभन्दा यो तालिम अझ प्रभावकारी रहेको उहाँहरुको भनाइ थियो । 

संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले एक्सेलका भर्सनहरू समयसँगै परिमार्जन भइरहने भएकाले कर्मचारीहरूले निरन्तर सीप अभिवृद्धि तथा अभ्यासमा जोड दिनुपर्नेमा बल दिनुभयो । साथै संघले कर्मचारीहरूको क्षमता विकासका लागि नियमित रूपमा यस्ता तालिमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप