सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम  सम्पन्न

धनगढी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को धनगढी सदस्य सेवा कार्यालय र कञ्चनपुर सेवा केन्द्रको संयुक्त आयोजनामा “सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण तालिम” धनगढी, कैलालीमा सम्पन्न भएको छ ।

तालिमको उद्घाटन नेफ्स्कून सञ्चालक समिति सदस्य दिप्ती शाहीको अध्यक्षतामा भएको थियो। सहजीकरण तालिम विभागका प्राचार्य बल्लभ तिमल्सिनाले गर्नुभएको थियो। तालिममा सम्पत्ति शुद्धिकरणका चरणहरू, सहकारीमा जोखिमका सम्भावित माध्यमहरू र नियन्त्रणका उपायहरूबारे व्याख्या गरिएको थियो ।

सहकारी संस्थामा पारदर्शिता, सुशासन र वित्तीय अनुशासन कायम राख्न सम्पत्ति शुद्धिकरण निवारण तालिम आवश्यक रहेको छ। तालिमको मुख्य उद्देश्य सहकारीहरूमा अवैध धन भित्रिने सम्भावनाबारे चेतना अभिवृद्धि गर्नु, जोखिम व्यवस्थापनका उपायहरू सिकाउनु र सम्बन्धित कानुनी प्रावधानहरूको जानकारी दिनु रहेको थियो ।

सहजीकरणका क्रममा सम्पत्ति शुद्धिकरणको अर्थ, प्रक्रिया र सहकारी संस्थामार्फत कसरी अवैध सम्पत्ति भित्रिन सक्छ भन्ने विषयमा व्याख्या गरिएको थियो। साथै, अवैध क्रियाकलाप पहिचान गर्ने उपायहरू, सदस्यको पहिचान, संकास्पद कारोबारको रिपोर्टिङ प्रक्रिया र नियामक निकायहरूद्वारा तोकिएको मापदण्डहरूको जानकारी प्रदान गरेको थियो ।

नेपालको सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसार सहकारीहरू वित्तीय संस्था भएकाले ऐनको दायरामा पर्छन्। त्यसैले सम्पत्ति शुद्धिकरणको जोखिम न्यूनीकरण गर्न सहकारी सञ्चालक र कर्मचारीहरूलाई तालिम दिई सजग बनाउनु अत्यावश्यक मानिएको छ ।

धनगढी, कञ्चनपुर र डडेल्धुरा जिल्लाका विभिन्न साकोसका अध्यक्ष, सचिव, कोषाध्यक्ष, व्यवस्थापक, ऋण अधिकृत तथा शाखा प्रमुखहरू गरी ३५ भन्दा बढीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन दिपकराज जोशी र व्यवस्थापन धर्मराज जोशीले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप