सुरक्षित ऋण लगानी र सम्पत्ति व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुरक्षित ऋण लगानी र सम्पत्ति व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

दाङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालय, दाङको आयोजनामा घोराहीमा “सुरक्षित ऋण लगानी, सदुपयोगिता निरीक्षण तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापन” एक दिने तालिम दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बिमल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ ।

अध्यक्ष अधिकारीले तालिम कार्यक्रमको उद्घाटन सत्रलाई सम्वोधन गर्दै ,सहकारी संस्थामा ऋण लगानी गर्नु अघि सुरक्षित रुपमा जोखिम मूल्याङ्कन गरी ऋण प्रवाह गर्नुपर्ने र ऋण लगानीपछि सदुपयोगिता निरीक्षण तथा नियमित अनुगमन अत्यावश्यक रहेको बताउनुभयो । यस्तो अभ्यासले सहकारीको ऋण सुरक्षा र असुली प्रक्रियालाई प्रभावकारी बनाउने धारणा राख्नुभयो । साथै, उपस्थित सबैलाई आगामी बिजया दशमी तथा शुभ दिपावली २०८२ को शुभकामना पनि व्यक्त गर्नुभएको थियो ।

सम्पन्न तालिममा दाङ, प्यूठान, रुकुमपश्चिम, सल्यान, र रोल्पा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरूका अध्यक्ष, सचिव, कोषाध्यक्ष, व्यवस्थापक, लेखा सुपरीवेक्षण समिति संयोजक÷सदस्य तथा ऋण शाखा प्रमुखहरू गरी ४६ जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कूनका तालिम अधिकृत रबिन्द्र श्रेष्ठले सहजीकरण गर्नुभएको तालिममा ऋणको परिभाषा, आवश्यक कागजातहरू, ऋण विश्लेषण, सुरक्षित ऋण लगानीका उपायहरू, ऋण असुलीका कानुनी प्रावधान, नेपाल राष्ट्र बैंक तथा सहकारी प्राधिकरणको निर्देशन, मापदण्ड तथा धितो लिलामीसम्बन्धी कानुनी प्रक्रिया लगायतका विषयमा विस्तृत जानकारी दिनुभएको थियो ।

तालिम सञ्चालन नेफ्स्कून दाङ सदस्य सेवा कार्यालयका ईन्चार्ज चन्द्रदेव जोशीले गर्नुभएको थियो भने व्यवस्थापन कार्यालय सहायक दिनेश महराले गर्नुभएको थियो।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप