सहकारी दिगोपनका लागि पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी दिगोपनका लागि पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

धनगढी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालय धनगढी र सेवा केन्द्र कञ्चनपुरको संयुक्त आयोजनामा “वित्तीय व्यवस्थापनका लागि पुँजी पर्याप्तता विश्लेषण” तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । 

तालिमले सहकारी संस्थाहरूलाई आर्थिक रूपमा अझ सशक्त र सुदृढ बनाउने दिशामा ठोस योगदान पुर्‍याउँछ। पुँजी पर्याप्तताको ज्ञानले संस्थालाई वित्तीय निर्णयहरूमा दक्ष बनाउँछ, जसले संस्थाको समग्र विश्वसनीयता र स्थायित्वमा सुधार ल्याउँछ।

कार्यक्रमको अध्यक्षता नेफ्स्कून सञ्चालक समितिका सदस्य दिप्ती शाहीले गर्नुभएको थियो। उहाँले सहकारी संस्थाहरूको दिगो विकासका लागि वित्तीय व्यवस्थापनमा पुँजी पर्याप्तताको महत्व अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै, तालिमबाट प्राप्त ज्ञान र सीपहरू व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

तालिमको सहजीकरण नेफ्स्कून तालिम विभागका प्राचार्य बल्लभ तिमल्सिनाले गर्नुभएको थियो। उहाँले सहकारी क्षेत्रका विभिन्न कोषहरू, बासलात विवरण, नाफा(नोक्सान विवरण, सन्तुलन परीक्षण लगायतका वित्तीय सूचकहरूको गहिरो विश्लेषण प्रस्तुत गर्नुभयो। साथै, उदाहरणका स्लाइडमार्फत विषयवस्तु बुझाउँदै, सहभागीहरूलाई व्यावहारिक अभ्यास गराई उनीहरूको ज्ञान र सीपमा थप निखार ल्याउने प्रयास गर्नुभयो।

उक्त तालिममा धनगढी, कञ्चनपुर र डडेल्धुरा क्षेत्रका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ३३ भन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रम सञ्चालनको जिम्मेवारी नेफ्स्कून धनगढी सदस्य सेवा कार्यालयका इन्चार्ज दीपकराज जोशीले लिनुभएको थियो भने आवश्यक व्यवस्थापन कार्य सेवा केन्द्र कञ्चनपुरका इन्चार्ज धर्मराज जोशीले गर्नुभएको थियो।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप