पोखरा । नेपाल वचत तथा ऋण सहकारी संघ लिमिटेड लिमिटेड (नेफ्स्कून)ले तोडा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा,कास्कीमा स्थलगत अनुगमन कार्य असोज २६ र २७ गते सम्पन्न गरेको छ ।
सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्यहितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभावकारी रूपमा अघि बढाइएको छ। बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश, तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित अनियमितता, आर्थिक जोखिम वा व्यवस्थापकीय कमजोरी पहिचान गरी सुधारात्मक सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागितालाई मूल्यांकन गर्नु यस अनुगमनको उद्धेश्य रहेको छ ।
नेफ्स्कुनबाट अनुगमन मनोज खडकाले गर्नुभएको थियो । तोडा साकोसका संचालक समिती र कर्मचारीहरुको उपस्थितिमा स्थलगत अनुगमनको क्रममा विनियम,निति तथा कार्यविधि, सम्पत्ति शुद्धिकरण निवारण नितिको नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना,सस्थाको भाखा नाघेको ऋण असुली, पुँजी पर्याप्तता अनुपात विश्लेषण लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको विषयमा अनुगमन गरी कमिकमजोरीलाई सुधार गर्ने योजना सहित सुपरिवेक्षकबाट दिएका सुझाबहरूलाई संस्थाको पृष्ठपोषण ठान्दै संचालक समितीको अर्को बैठकमा बृहत छलफल गरी कार्यान्वयनमा लैजाने निर्णय सहित कार्यक्रम सम्पन्न भएको थियो ।
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
२ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
१४ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
१३ दिन अगाडि