किसान कल्याण साकोसको २४ औं वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत शेयर लाभांस वितरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान कल्याण साकोसको २४ औं वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत शेयर लाभांस वितरण 

इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरी, सुनसरीको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज २२ गते देखि ७ वटा एकाईहरुमा कार्यक्रम सम्पन्न गरी प्रधान कार्यालय इटहरीले विविध कार्यक्रम गरि साधारण सभा सम्पन्न गरेको हो । 

संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा सम्पन्न गरेको साधारणसभामा विभिन्न विधामा उत्कृष्ट १२ जना सदस्यलाई सम्मान गरेको थियो । सभामा २४ हजार ४ सय ३२ जना शेयर सदस्य रहेका सहकारी संस्थाले १ अर्ब ४६ करोड ६३ लाख कूल पुँजी भएको सहकारी संस्थाले दुई करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफाबाट आफ्ना शेयर सदस्यहरूलाई शेयरमा गरेको कारोबारको आधारमा पाँच दशमलव पाँच प्रतिशतका दरले शेयर लाभासं वितरण गर्ने प्रस्ताब साधारण सभाबाट पारित गरेको छ। 

साधारणसभाले विभिन्न आठवटा नीति कार्यविधि तथा निर्देशिका पुनर्लेखन गरेको छ भने ४२ वटा निर्देशिका समायोजन गरेको छ। ६३ जना कर्मचारीहरुले सेवा दिदै आएको  सहकारी संस्थाले सदस्यहरूको बचत संकलन गर्ने देखि लिएर विभिन्न १० भन्दा बढी शिर्षकमा ऋण लगानी गर्दै आएको कुरा साधारण सभालाई जानकारी गराएका थिए । 

कार्यक्रममा इटहरी उपमहानगर पालिकाकी पूर्व उप–प्रमुख लक्ष्मी गौतम, वडा नं १६ का वडा अध्यक्ष तेजनारायण चौधरी, जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहाल, प्रमुख सल्लाहकार कृष्ण विनोद लम्साल, सल्लाहकार पेशलकुमार लम्साल तथा विभिन्न सेवा केन्द्रका प्रमुख, पदाधिकारी, शेयर सदस्यहरूको सहभागिता रहेको  थियो । कार्यक्रममा संस्थाका शेयर सदस्य पुष्पराज भट्टराईले तयार गरेको ’कृषि र पर्यटन समृद्धिका आधार नामक पुस्तकसमेत बिमोचन गरिएको थियो भने प्राध्यापक डा. दीवाकर रेग्मीले पुस्तकमाथि समीक्षात्मक टिप्पणी राखेका थिए ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप