तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

तनहुँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सेवाकेन्द्र कार्यालय, खैरेनीटारको आयोजनामा एक दिवशिय पुँजी पर्याप्तता विश्लेषण तालिम असोज २७ गते होटल मयुर,शुक्लागण्डकी न.पा. ०४ दुलेगौंडा,तनहुमा सम्पन्न भएको छ । 

सहकारी संस्थाको हितका लागि र सहकारी संस्था बचाइराख्न समयमा प्रतिवेदन पठाउनको लागि सहजिकरण हुने बचत तथा ऋणको विषयमा पोख्त बनाएर आर्थिक समृद्धिका लागि साथै सदस्यहरुको जीवन शैलीमा परिवर्तन ल्याउन यस तालिमको आयोजना गरिएको हो । 

बजार जोखिम र सञ्चालनलाई ध्यान दिनुपर्ने सहकारीमा पुँजीकोषको पर्याप्तता सम्बन्धी कानुनी व्यवस्था,समय समसामयिक विषयवस्तुमा प्रस्ट हुँदै नेफ्स्कुनले समयसापेक्षित रुपमा परिवर्तित ऐन कानुन मापदण्डले सहकारी संस्थाहरुलाई पर्न सक्ने नकरात्मक असरहरुको बिषयमा निरन्तर बहस पैरबीको रुपमा कार्य गर्दै जाने विषयमा पनि छलफल भएको थियो । 

कार्यक्रमको समापनमा नेफ्स्कूनका सञ्चालक कमला देवी गिरिको उपस्थिति रहेको थियो ।  सिकेका कुराहरु संस्थामा लिएर जानुहुन र संस्थामा  आई परेका हरेक सुख दुखमा नेफ्स्कूनको साथ सहयोग रहने कुरा व्यक्त गर्दै नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध हुनको लागि पनि अनुरोध गर्नुभएको थियो । 
नेफ्स्कून खैरेनीटार सेवाकेन्द्र प्रमुख दिपक आचार्य र गौरव पौडेलको व्यवस्थापन तथा नेफ्स्कूनका तालिम अफिसर रबिन्द्र श्रेष्ठको सहजीकरणमा सम्पन्न कार्यक्रममा ३० भन्दा बढी साकोबाट सहभागीता रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप