साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला काठमाडौंमा सम्पन्न,सुशासन र पारदर्शितामा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला काठमाडौंमा सम्पन्न,सुशासन र पारदर्शितामा जोड

काठमाडौ । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालय चावहिलको आयोजनामा एक दिवशिय साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला धुम्बाराही, काठमाडौमा असोज २८ गते सम्पन्न भएको छ । 

नेफ्स्कून सञ्चालक समिति सदस्य सुशिल कुमार बस्न्यातको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेफ्स्कून चावहिल सदस्य सेवा कार्यालयका इन्चार्ज राधा कुमारी पोखरेल बाट भएको थियो ।
कार्यक्रममा अतिथिको रुपमा संघका सिइओ डा. शिवजी सापकोटा , चावहिल सदस्य सेवा कार्यालय व्यवस्थापन समिति सदस्य तपन पोखरेल को रहेको थियो कार्यक्रम सहजिकरण का लागि नेफ्स्कून सदस्य सेवा विभाग कार्यक्रम अधिकृत सन्दिपराज ढकाल र राजन सुवेदीले गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य दिदैँ डा. शिवजी सापकोटाले वि. सं. २०६३ सालबाट सुरुवात गरिएको साकोस गुणस्तर सुनिश्चितता कार्यक्रम   Access , probation लगाएतका स्तरिकरण कार्यको थालनिलाई संस्थागत  गर्नको लागि नयाँ अनुगमन निरिक्षणको कार्यक्रम स्क्यान अव सबै  साकोसहरुमा अनिवार्य गर्नको लागि संघको सञ्चालक बाट निति तथा कार्यक्रम र कार्यविधी निर्माण गरि सुरुवात गरिएको छ । राज्यको नियामकिय निकायबाट वित्तिय सहकारीलाई कानुन सम्मत ढंगबाट सुसासन पारदर्शि र मर्यादित बनाउनको लागि कानून बनाई मापदण्ड कार्यान्वयनमा ल्याएको परिवेशमा क्षमता पुगेका साकोसले वित्तिय परिक्षण गराउन सक्ने गरि यो कार्यक्रम ल्याएको हो र स्क्यान कार्यक्रममा जोडिन आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रम उद्घाटन ः कार्यक्रमका अध्यक्ष नेफ्स्कून सञ्चालक समिति सुशिल कुमार बस्नेतले पानसमा बत्ती बालेर गर्नुभएको थियो यसैविच नेफ्स्कून चावहिल सदस्स सेवा कार्यालयको आयोजना बाट चावहिल र गोङगबु अन्तरगत आवद्ध भएका संस्थाहरुको सहभागितामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सञ्चालन भएको र यस कार्यक्रमको सुरुवात देश भर सञ्चालित साकोस जुन नेफ्स्कूनमा आवद्ध रहेका छन् तीनिहरुको जोखिम न्यूनिकरण गर्न संस्था सुशासित र पारदर्शि बनाउनको लागि काठमाडौं भित्र सञ्चालित वचत ऋण सहकारीहरुबाट सुरुवात गरिसकेको बताउनु भएको थियो । हाल नेपालमा वचत ऋण सहकारी सञ्चालन नियमन, गर्नको लागि बनेको राष्ट्रिय सहकारी प्राधिकरणले जारि मापदण्ड र यसको पालनाको लागि कडा निर्देशन गरेको छ । यदि सोहि बमोजिम संस्था सञ्चालन नभएमा कुनै पनि समयमा कानूनले हामिलाई गल्ती वा भुल लाई स्वीकार गदैैन्  अर्को तर्फ सहकारी विभाग, राष्ट्रिय सहकारी  नियमन  प्राधिकरण ,आवद्ध रहेका संघ स्थानिय तह लगाएत स्थानमा वित्तिय प्रतिवेदन बुझाउनु पर्ने अवस्थाले पनि जटिलता सृजना भएको हुँदा संस्था स्वय सबल र सुशासित वन्नका लागि स्क्यान कार्यक्रममा आवद्धता अनिवार्य  रहेको बताउनु भयो । 

कार्यक्रमको व्यवस्थापन  लिला अम्गाई, शम्भु प्रसाद घिमिरे, वृजेश गुप्ता गंगबु सदस्य सेवा कार्यालय ईन्चार्ज प्रकाश अधिकारीले गर्नुभएको थियो भने सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत सन्दिपराज ढकाल र राजन सुवेदीले गर्नुभएको थियो । स्क्यान कार्यक्रमको उद्धेश्य,महत्व, स्क्यानमा कसरी आबद्ध हुने लगायत अनुगमनका क्रममा संस्थामा आएका समस्याहरु समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ११० भन्दा बढीको सहभागीता रहको थियो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप